भौतिक व्यवस्थापनको सिकाइ उपलब्धिमा प्रभाव {Impact on Learning Achievement of Physical Management}

dc.contributor.authorश्रेष्ठ Shrestha, टेकनारायण Teknarayan
dc.date.accessioned2022-03-04T07:33:41Z
dc.date.available2022-03-04T07:33:41Z
dc.date.issued2011
dc.description.abstractभौतिक व्यवस्थापनले सिकाइ उपलब्धिमा पारेको प्रभावको विश्लेषण गर्ने उद्येश्यले यो अध्ययन सम्पन्न गरिएको छ । यस अध्ययनको मूल उद्येश्य प्राथमिक तहमा भौतिक व्यवस्थापनको वर्तमान अवस्थाको पहिचान गर्नु, भौतिक व्यवस्थापनको समस्या न्यूनीकरण गर्ने उपायहरु सुझाउनु र भौतिक व्यवस्थापनले सिकाई उपलब्धिमा पारेको प्रभावको खोजी गर्नु रहेको छ । यस अध्ययनको लागि उद्येश्यमूलक ढङ्गले गुणात्मक तथा परिमाणात्मक ढाँचालाई अनुसन्धानको आधार मानेर २ वटा विद्यालयलाई नमूनाको रुपमा छनौट गरिएको छ । सामुदायिक विद्यालयको प्रधानाध्यापक, व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरुलाई नमूनाको रुपमा लिएर प्राथमिक स्रोतको रुपमा तथ्याङ्क सङ्कलन गरिएको छ भने विद्यालयको अभिलेख, पूर्व शोधपत्रहरु, लेख÷रचना तथा विद्यालयको स्मारिकालाई द्वित्तीय स्रोत मानेर तथ्याङ्क सङ्कलन गरिएको छ । अवलोकन फारम तथा प्रश्नावली जस्ता अनुसन्धानका साधनहरु प्रयोग गरी छनौटमा परेका सामुदायिक विद्यालयहरुको भौतिक व्यवस्थापनको सम्बन्धमा विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्रमा फ्रेडरिक विन्स्लो टेलरले प्रतिपादन गरेको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र हेनरी फेयोलले प्रतिपादन गरेको प्रशासनिक व्यवस्थापनको सिद्धान्तलाई सैद्धान्तिक खाकाको रुपमा लिएर सामुदायिक विद्यालयको प्राथमिक तहमा भौतिक व्यवस्थापनले सिकाइ उपलब्धिमा पारेको प्रभावको बारेमा अध्ययन गर्ने काम गरिएको छ । अध्ययन क्षेत्रका सामुदायिक विद्यालयहरुको प्राथमिक तहमा भौतिक व्यवस्थापनको वर्तमान अवस्थालाई हेर्दा अधिकांश विद्यालयहरुमा कक्षा कोठा, खानेपानी, खेल मैदान, शौचालय, प्रयोगशाला, पुस्तकालय, स्वास्थ्य उपचार कक्ष, चमेना गृह, बेन्च÷डेस्क, पूmलबारी, सञ्चारका साधन, छात्रवास, यातायातका साधन आदि पर्याप्त नभएको र कक्षा कोठामा शिक्षण सामग्रीहरुको कमी रहेको पाइयो । सामुदायिक विद्यालयहरुमा भौतिक स्रोत र साधनहरुको जहिले पनि कमी नै हुने भएकोले भएका स्रोत र साधनहरुको अधिकतम उपयोग गर्न, स्रोत जुटाउने सम्बन्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कक्षाकोठा र फर्निचरको व्यवस्थापन गर्न तथा व्यवस्थापन पक्ष चुस्त, दुरुस्त राख्न मुख्य रुपमा विद्यालयको प्र.अ. ले नै पहल गर्नुपर्ने धारणा शिक्षक तथा वि.व्य.स. अध्यक्षहरुले राखेका थिए । यसको साथै विद्यालयको उन्नयन हुने हरेक असल कामका लागि शिक्षक तथा वि.व्य.स. पदाधिकारीहरुले प्र.अ. लाई भरपुर साथ र सहयोग दिइरहने प्रतिबद्धता जाहेर गरेको पाइयो । सामुदायिक विद्यालयमा भौतिक व्यवस्थापनको समस्या तथा चुनौतीहरुको सवालमा शिक्षक नियुक्तिमा विविधता, पुनर्ताजगी तालिमको अभाव, विद्यार्थी अनियमितता, कर्मचारीको अभाव, भौतिक स्रोत साधनको अभाव, कक्षाकोठाको अपर्याप्तता, भौतिक सुविधाको कमी रहेको पाइयो । विद्यालयको सिकाइ उपलब्धि अभिवृद्धि गर्नका लागि राज्यले शिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था, शिक्षक सेवा प्रवेशमा एकद्वार प्रणालीको व्यवस्था, कर्मचारी नभएको विद्यालयमा कर्मचारीको नियुक्ति, विद्यार्थीहरुलाई नियमित गराउँन सरोकारवालहरुबीच छलफल, न्यूनतम भौतिक सुविधाको व्यवस्था जस्ता विविध कार्यक्रमहरु सञ्चालन गर्न सुझावको रुपमा यस अध्ययनमा समेटिएका छन् ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8729
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectभौतिक व्यवस्थापन Physical managementen_US
dc.subjectसिकाइ उपलब्धि Learning achievementen_US
dc.titleभौतिक व्यवस्थापनको सिकाइ उपलब्धिमा प्रभाव {Impact on Learning Achievement of Physical Management}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
77.09 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
264.44 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: