काठमाडौंमा प्रचलित यःसिं परम्पराको साँस्कृतिक अध्ययन

dc.contributor.advisorसन्ध्या खनाल
dc.contributor.authorबज्राचार्य सन्ध्या
dc.date.accessioned2026-04-27T10:34:35Z
dc.date.available2026-04-27T10:34:35Z
dc.date.issued2081
dc.description.abstractत्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर उपाधि प्राप्तिका लागि तयार पारिएको यो शोधपत्रको शीर्षक “काठमाडौंमा प्रचलित यःसिं परम्पराको संस्कतिक अध्ययन” हा । यसमा काठमाडौंका विभिन्न स्थानमा प्रचलित विभिन्न जात्रापर्वहरूसँग जाडिएको यःसिं परम्पराको ऐतिहासिक पृष्ठभूमि, यःसिं उठाउनुका उद्देश्य तथा यस परम्परासँग सम्बन्धित विभिन्न जाति र गुठी प्रणालीका पक्षहरूको अध्ययन गरिएको छ । जात्रा पर्वहरूमा यःसिं उठाउनुको धार्मिक, सांस्कृतिक महत्वका बारेमा पनि यसमा चर्चा गरिएको छ । यो अनुसन्धान विशेषतः यःसिं परम्पराको ऐतिहासिकता के हो ? काठमाडौंका विभिन्न स्थानमा यःसिं उठाउँदा पालना गर्नुपर्ने विधिविधान के हो ? यःसिं परम्पराका लागि के कस्ता गुठी व्यवस्थाहरू गरिएका छन भन्ने खोजमा केन्द्रित रहेको छ । काठमाडौंमा मनाइने विभिन्न जात्रापर्वहरूका बारेमा थुप्रै पुस्तक लेखिएका छन भने फुटकर रचनाहरू पनि धेरै नै प्रकाशित छन । तर ती पर्वहरूसँगै उठाइने यःसिंका बारेमा भने चर्चा गरिएको पाइँदैन । यसबारे छुट्टै अध्ययन आजसम्म भएको छैन । काठमाडौंका जात्रापर्वहरूमा यःसिं उठाइँदा यःसिं उठाउने आफै पनि एक पर्वका रूपमा सम्पन्न गर्ने भएकोले यसको महत्वबारे छुट्ट अध्ययन हुनु आवश्यक महसुस गरी यो शोध गरिएको हा । यो शोध अनुसन्धान विश्लेषणात्मक ढंगले तयार गरिएको छ, जसमा अन्तर्वार्ता र अवलोकन विधिहरूको उपयोग गरिएको छ । शोधका क्रममा जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्ति, सम्बन्धित गुठीका पदाधिकारी, यःसिंबारे जानकार प्रबुद्धवर्घ आदिसँग अन्तर्वार्ता गरिएको छ । द्वितीय सोतका रूपमा विभिन्न जात्रापर्वसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, ऐतिहासिक दस्तावेज र सामाजिक सञ्जालमा विज्ञहरूद्वारा सम्प्रेषित सामग्रीहरूको अध्ययन गरिएको छ । काठमाडौंमा यःसिं उठाउने प्रशंग आउँदा धेरैले इन्द्रजात्रा ताका हनुमानढोका दरवार परिसरमा उठाइने यःसिंलाई मात्रै सम्झेका हन्छन । तर काठमाडौंमा यो भन्दा बाहेक अरू पनि धेरै जात्राहरूमा यःसिं उठाउने गरिन्छ । इन्द्रजात्राकै बेला पनि हनुमानढोका बाहक टेबहाल, भद्रकाली मन्दिर, पशुपति क्षेत्रमा पनि यःसिं उठाउने गरिन्छ । पाहांचः¥हे, गहना खोज्ने जात्रा, आदिका बेला पनि यःसिं उठाउने चलन रहेको छ । यःसिंका बारेमा विभिन्न पुराण, उपनिषद, आदिमा पनि प्रशस्तै वर्णन गरिएका छन । ठूला जात्राहरूको एक सहायक पक्ष मात्र भए पनि यःसि उठाउनका लागि पनि पहिले पहिले विभिन्न व्यवस्था गरिएको पाइन्छ । कतिपय क्षेत्रमा भने आर्थिक स्रोतको अभावका कारण यो पर्व हराउँदै गएको पनि पाइन्छ । शोधको निष्कर्षमा के भन्न सकिन्छ भने काठमाडौंमा मनाइने विशेष गरी ठूला जात्राहरूमा यःसिं उठाउने गरेको पाइन्छ । यःसिंल ती जात्राको गरिमा उजागर गर्दछ । यःसिं विशेष गरी ठूला जात्रामा स्वर्घ र अन्तरिक्षमा रहेका देवीदेवताहरूलाई समेत जात्रामा सहभागी हुन आह्वान गर्नका लागि उठाउने गरिन्छ । यो उपत्यकाका नेवार समुदायले मनाउने ठूला जात्रा पर्वको मौलिक सांस्कृतिक कर्म हा । केही ठाउँमा यःसिं उठाउने प्रचलन हराएर पनि गइसकेको छ । जात्राको मौलिकता र काठमाडौंको सांस्कृतिक पहिचान कायम गर्न यःसिं परम्परालाई जीवन्त राख्न आवश्यक छ । यसको लागि संघीय, प्रदेश र स्थानीय सरकार लगायत स्थानीय जनताको चासो रहनु जरूरी छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26466
dc.language.isone
dc.subjectसाँस्कृतिक अध्ययन
dc.subjectकाठमाडौंमा प्रचलित
dc.titleकाठमाडौंमा प्रचलित यःसिं परम्पराको साँस्कृतिक अध्ययन
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleCentral Department of Nepalese History, Culture and Archaeology

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
5.14 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: