कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित नमुना शब्दकोश {Sample Dictionary Based on Nepali Textbook for Class Ten}
| dc.contributor.author | थपलिया Thapaliya, कमला Kamala | |
| dc.date.accessioned | 2022-05-12T06:41:29Z | |
| dc.date.available | 2022-05-12T06:41:29Z | |
| dc.date.issued | 2018 | |
| dc.description.abstract | प्रस्तुत कक्षा दशको नेपाली किताबमा आधारित नमुना शब्दकोश नामक शोधको प्रमुख उददेश्य कक्षा दशका बालबालिकाको स्तर सुहाउदो नमुना कोशको निमार्ण गर्नु रहेको छ । पाँच अध्यायमा विभाजित प्रस्तुत शोधकका अध्यायमा एकमा परिचय, अध्याय दुईमा पूर्वकार्यको समीक्षा र सैदधान्तिक अवधारणा, अध्याय तिनमा अनुसन्धान विधि, चार अध्यायमा कक्षा दशको नेपाली किताबमा आधारित नमूना कोशको प्रस्तुति र पाँच अध्यायमा निष्कर्ष र सुझाव रहेको छ । अध्ययनको मूल भाग वा चार अध्यायमा कक्षा दशको नेपाली किताबमा रहेका सोह्रओेटा पाठमा प्रयुक्त सातसय कठिन शब्दहरुलाइ पाठगत रुपमा वर्णानुक्रममा राखी तिनको स्रोत, व्युत्पत्ति, शब्दवर्ग र अर्थ समावेश गरिएको छ । नेपाली भाषा नेपालको राष्ट्रभाषाका साथै शिक्षा, सञ्चार, स्वास्थ्य र प्रकाशन तथा प्रसारणको प्रमुख र प्रभावकारी माध्यम भाषा हो । भाषाको मानकीकरण र स्तरीकरणका लागि गरिएका विविध प्रयास मध्ये एक मह्त्वपूर्ण प्रयास हो । भाषाको विकास र मानक रुपसगँ सबैलाई परिचत गराउन नमूना शब्दकोश निमाणर््ा कार्य सारपर्ण छ । विविध विषय र क्षेत्रसँग सम्बन्धित कोश निर्माण कार्य धेरै भइसक्दा पनि तहगत र कक्षागत रुपमा विद्यार्थीको स्तर र आवश्यकतालाई ध्यानमा राखेर कोश निर्माण नगरिएको अवस्थामा यस शोधकार्यमा कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित रहेर सम्बन्धित तहका विद्यार्थीको स्तर र आवश्यकतालाई ध्यानमा राखेर नमूना कोशका निमार्णका प्रयास गरिएको छ । यस कोशको प्रयोगले सम्बन्धित तहमा अध्ययन अध्यापन गर्ने सबै पक्षमा लाभ हुने अपेक्षा गरिएको छ । नेपाली भाषा प्रयोगमा आएको खिचडी प्रवृतिलाई निरुत्साहित पार्न, सही, शुद्ध र मानक रुपको भाषाको प्रयोगमा सक्षम बनाउन शब्दकोश अति आवश्यक छ । विद्यालय तहबाट नै विद्यार्थीमा शब्दकोश प्रयोग क्षमता बढाएर सही र मानक भाषा प्रयोगमा सक्षम बनाउन जरुरी छ । यस लक्ष्यमा सफलता प्राप्त गर्नका लागि विद्यार्थीमा शब्दकोश प्रयोगमा अग्रसर र प्रोत्साहन गराउनु पर्नेमा हालसम्म कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित भएर कोश निर्माण भएको पाइदैँन भने विविध अध्ययन अनुसन्धान र शोधकार्यको उददेश्य पूर्तिका लागि भने हुने गरेको छ । विद्यालय स्तरमा तहगत र कक्षागत रुपमा कोश निमार्ण गर्नु आजको आवश्यकता भएको छ । यसरी हेर्दा कक्षा दशको नेपाली किताबमा आधारित शब्दकोशहरु निमार्ण गर्न सकिन्छ । विद्यालय तहमा तहगत वा विषयगत शब्दकोश निमार्ण गर्दा शिक्षणसिकाइ क्रियाकलापमा उपयोगी हुने देखिन्छ । यसले भाषाको मानक प्रयोगमा सक्षम बनाउन, कठिन शब्दको अर्थ, स्रोत, व्युत्पत्ति आदि पत्ता लगाउन, वाक्यमा प्रयोग गर्न सहयोग गर्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10279 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली केन्द्रीय सङ्काय | en_US |
| dc.subject | नेपाली पाठयपुस्तक Nepali textbook | en_US |
| dc.subject | शब्दकोश Dictionary | en_US |
| dc.title | कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित नमुना शब्दकोश {Sample Dictionary Based on Nepali Textbook for Class Ten} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | कनकाई बहुमुखी क्याम्पस, झापा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
