स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयन प्रक्रिया

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

यस शोध अध्ययनको शीर्षक “स्थानीय पाठ्यक्रमको विकास कार्यान्वयन प्रक्रिया” रहेको छ । यो अध्ययनका लागि उद्देश्यहरू विभिन्न विषयमा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया, स्थानीय आवश्यकता र पाठ्यक्रम बीचको तादात्म्यता र स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था पहिचान गर्नु राखिएको छ । यस अध्ययनको क्षेत्र सल्यान जिल्लाको थारमारे गा.वि.स. अन्तर्गत शान्ति प्राथमिक विद्यालय रात्पहरा, अमरज्योति प्राथमिक विद्यालय चौरपानी र सरस्वती प्राथमिक विद्यालय ठिङ्गवाङ्ग गरी जम्मा ३ वटा विद्यालयहरू रहेका थिए । अध्ययनका उद्देश्यहरू पूरा गर्नका लागि सूचनाका स्रोतहरूमा अध्ययन क्षेत्रका प्र.अ., शिक्षक, विद्यार्थी, वि.व्य.स., छनोट गरिएको थियो भने सूचनाका साधनहरूमा प्रश्नावली, अन्तर्वार्ता समूह छलफल, कक्षा समूह छलफल र कक्षा अवलोकन जस्ता साधनको निर्माण गरिएको थियो । अध्ययनका क्रममा प्राप्त भएका सूचना अनुसार अध्ययन क्षेत्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम स्थानीय विषयको मात्र निर्माण गरी पठन पाठन गरेको पाइयो । यस विषयको पाठ्यक्रम स्रोत व्यक्तिको नेतृत्वमा निर्माण गर्ने गरेको पाईयो । निर्माण कार्यमा प्रअ., शिक्षक, वि.व्य.स. विद्यार्थी, स्रोत व्यक्ति र विद्यार्थीका अभिभावकलाई मात्र संलग्न गराएको पाइयो भने अध्यनय क्षेत्रमा बसोवास गर्ने अन्य व्यक्तिहरू जस्तै : महिला, वृद्धवृद्धा, विभिनन संघसंस्थाका व्यक्तिहरू, वुद्धिजिवि र जातजातिका व्यक्तिहरू र पाठ्यक्रमविद आदि व्यक्तिहरूलाई संलग्न गराएको पाईएन । स्थानीय विषयको स्थानीय पाठ्यक्रम प्रक्रियाका सबै चरणहरूको प्रयोग गरेर निर्माण गरेको पाईएन । निर्माण प्रक्रिायका चरणहरूमा आवश्यकता पहिचान विषयवस्तुको छनोट, शिक्षण सिकाई प्रक्रिया र समय निर्धारणलाई मात्र प्रयोग गरेको पाईयो । अन्य चरणहरू उद्देश्यको निर्धारण, कक्षागत सिकाई उपलब्धि र विद्यार्थी मूल्याङ्कन जस्ता चरणहरूको प्रयोग गरेको पाईएन । स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गरे पनि पूर्ण रूपले निर्माण प्रक्रिया समबन्धी थाहा नपाएको र तालिम प्राप्त नभएको पाईयो । त्यसै गरी स्थानीय विषय बाहेक अन्य विषयहरू सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको पाठ्यक्रम निर्माण गरेको पाईएन । यी विषयको स्थानीय विषयवस्तु केन्द्रीय पाठ्यक्रमलाई आधार मानेर पाठ्यक्रम निर्माण गरी केही स्थानीय विषयवस्तु पढाउने गरेको पाइयो । यी विषयहरूको विषयवस्तु छनोट विद्यालय तहको नेतृत्वमा छनोट गर्ने गरेको पाईयो भने छनोट कार्यमा शिक्षक, विद्यार्थीहरू र केहि विद्यालयमा वि.व्य.स. लाई मात्र संलग्न गराउने गरेको पाईयो । विषयवस्तु छनोटका चरणहरू कुनै पनि प्रयोग नगरेको तर संयोगवस केही चरणहरू छनोट प्रक्रियामा मिल्न गएको पाईयो । अध्ययनका क्षेत्रका स्थानीय आवश्यकताहरू स्थानीय विषय अनतर्गतका आवश्यकताहरूमा अदूवा खेति, सून्तला खेति, चोयाको काम, धान, कमै खेति र व्यापार तथा बैदेशिक रोजगार रहेको पाईयो भने सामाजिक विषयका स्थानीय आवश्यकताहरू खैरावाङ्ग मन्दिर, कुमाखको सिद्धनाथ बाबाको मन्दिर, सोरटि नाच, मयुर नाच, कुपिण्डे दह, विभिन्न जातजातिका जातिय आवश्यकता र शौचालय, पिउने पानी, प्राथमिक उपचार जस्ता स्थानीय आवश्यकता रहेको पाईयो । त्यसै गरी शारीरिक शिक्षा सम्बन्धी स्थानीय रूपमा कुनै आवश्यकता नरहेको पाईयो भने सिर्जनात्मक कला विषयमा मयूर नाच र सोटरी नाच लगायत अन्य सिलाई बुनाई सम्बन्धी आवश्यकता रहेको पाईयो । तर अध्ययन क्षेत्रका स्थानीय पाठ्यक्रम र विषयवस्तुमा यी सबै आवश्यकतालाई नसमेटेर अदूवा बाली, खैराबाङ्ग दुर्गामाता मन्दिर, कुमाखको सिद्धनाथ बाबा मन्दिर र आवश्यकताभन्दा बाहिरका विषयवस्तु सम्बन्धी मात्र पठनपाठन गर्ने र गराउने भएकाले स्थानीय आवश्यकता र पाठ्यक्रमबीचको तादात्म्यता प्रभावकारी नभएको पाइयो । अध्ययन क्षेत्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम कार्यान्वयन प्रभावकारी रूपमा भएको पाईएन । स्थानीय पाठ्यक्रम अनुसारको पाठ्पुस्तक उपलब्ध नभएको, स्थानीय पाठ्यक्रम उल्लेख गरे अनुसारका शिक्षण विधि र सामाग्री प्रयोग गरेको पाईएन । स्थानीय पाठ्यक्रमको मर्म अनुसारको प्रक्रिया अनुसार पाठ्यक्रम निर्माण नभएको, निर्मण गरेको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गर्न नसकेको कारणले विद्यार्थीहरूले घरमा गएर पढ्न नपाउने, विद्यालयमा पढाई भए पनि क्रमिकता अर्थात् क्रबद्धता अनुसार पढाई नहुने, शिक्षण सामाग्री प्रयोग गरेर मात्र पठनपाठन गर्ने पाठलाई पनि व्याख्या विधिबाट मात्र पढाएको पाईयो । शैक्षिक भ्रमण गराउनै पर्ने विषयवस्तुमा शैक्षिक भ्रमण नगराएको पाईयो । विद्यालय स्थानीय पाठ्यक्रम अनुसारको दक्ष शिक्षकको अभाव रहेको शिक्षकहरूलाई स्थानीय पाठ्यक्रमसमबन्धी तालिमको अभाव भएको आदि कारणले कार्यान्वयन प्रभावकारी नभएको पाईयो त्यसैगरी विद्यार्थी मूल्याङ्कन पनि स्थानीय पाठ्यक्रमको मर्म अनुसार नगरी अर्धवार्षिक र बार्षिक परीक्षाको माध्यमबाट मूल्याङ्कन गर्ने त्यसमा पनि अन्य विषयमा ल्याएको प्राप्ताङ्कको आधारमा विद्यार्थीलाई अंक प्रदान गर्ने नाजूक मूल्याङ्क प्रक्रियाले स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था प्रभावकारी नभएको पाईयो । यी माथि उल्लेखित राम्रा नराम्रा पक्षहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन र कार्यान्वयन गर्नको लागि विद्यालयमा शिक्षण गर्ने शिक्षक, स्रोत व्यक्तिलाई स्थानीय पाठ्यक्रम सम्बन्धी तालिमको व्यवस्था, विद्यालयहरूलाई जिल्ला शिक्षा तथा केन्द्रबाट र सबै सम्बन्धित निकायबाट सहयोग, विद्यालयको आर्थिक अवस्थालाई बलियो पार्ने, सूचना तथा सञ्चार माध्यमबाट व्यापक रूपमा कार्यान्वयन गर्न र गराउन लगाएमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने गराउने तथा बनाउने, केन्द्र र जिल्ला तहबाट सबे विद्यालयहरूमा निरीक्षण परामर्श र निर्देशन तथा नीति, नियम र योजनालाई व्यापक पारेमा निर्माण प्रक्रियादेखि कार्यान्वयन प्रक्रियासम्म सुधार हुने सम्भावना देखियो ।

Description

Citation