शैक्षिक गुणस्तर प्रवद्र्धनमा स्थानीय शिक्षकको भूमिका{Role of local teachers in promoting educational quality}

dc.contributor.authorकोइराला Koirala, नारायणदत्त Narayandatt
dc.date.accessioned2022-05-05T10:24:54Z
dc.date.available2022-05-05T10:24:54Z
dc.date.issued2018
dc.description.abstractशैक्षिक गुणस्तर प्रवद्र्धनमा स्थानीय शिक्षकको भूमिका शीर्षक मा अध्ययन गरिएको प्रस्तुत शोधपत्रलाई स्थानीय शिक्षकले खेलेको भूमिकाको वर्तमान अवस्था पहिचान गनुर्, शैक्षिक गुणस्तर प्रवद्र्धनमा शिक्षकको स्थानीयताले पार्ने प्रभावहरु विश्लेषण गर्नु, स्थानीय शिक्षकको परिचालनबाट शैक्षिक गुणस्तर प्रभावकारी बनाउने उपायहरु सुझाउनु जस्ता उद्देश्यहरुमा केन्द्रित गरिएको छ । यो अध्ययन मुलतः गुणात्मक ढाँचामा आधारित छ । अनुसन्धान कार्यका लागि निश्चित योजना तथा रणनीतिको आवश्यकता पर्दछ । कुनै पनि शोधकार्य सम्पन्न गर्न पूर्व योजना तथा तयारी बिना लक्ष्यसम्म पुग्न सकिँदैन । अध्ययनलाई उद्देश्य अनुसार पूर्ण रुप प्रदान गर्नका लागि सम्भावनारहित नमुना छनोट विधिका आधारमा यस अध्ययनको अनुसन्धानको जनसंख्याका रुपमा चितवन जिल्ला लंकू स्रोतकेन्द्र अन्तर्गत रहेका श्री प्रेमवस्ती मा.वि, प्रेमवस्ती, श्री राष्ट्रिय मा.वि, कृष्णपुर, श्री मा.वि., गौरिगन्ज र श्री नारायणी नमुना मा.वि., भरतपुरलाई लिइएको छ । तथ्यांक संकलनका साधनमा अन्न्तरवार्ता प्रश्नावली तथा अवलोकन रहेको छ । छनोटमा परेका विद्यालयमा अनुसन्धानकर्ता स्वयम् उपस्थित भएर अन्तरवार्ता प्रश्नावलीको आधारमा छलफल तथा अनुसन्धान गर्नुका साथै आजभन्दा अगाडिका पत्रपत्रिका तथा लेख रचनालाई समेत आधार बनाएर तथ्यांक संकलन गरी आवश्यकता अनुसार प्रशोधन गरेर प्रयोगमा ल्याइएको छ । छनोटमा परेका विद्यालयमा शिक्षकको स्थानीयताले विद्यालयमा सकरात्मक र नकराात्मक दुवै किसिमको प्रभाव परेको पाइयो । छनोटमा परेका विद्यालयमा शैक्षिक गुणस्तर प्रवद्र्धनमा शिक्षकको स्थानीयताले सकरात्मक भूमिका निर्वाह गर्दै आएको भए पनि एकाद नकरात्मक प्रभावहरु पनि पर्न गरेको भन्ने जस्ता उत्तरहरु अध्ययनका क्रममा जानकारी प्राप्त भएको थियो । शैक्षिक गुणस्तर प्रवद्र्धनमा स्थानीय शिक्षकको भूमिकालाई प्रभावकारी बनाउनका लागि कार्यरत शिक्षकलाई प्रोत्साहनको व्यवस्था गर्नु आवश्यक रहेको पाइयो । त्यसैगरी शिक्षक नियुक्ति तथा सरुवा गर्दा राम्रो शिक्षकलाई प्राथमिकता दिन सकेका खण्डमा दक्ष शिक्षकको नियुक्ति हुन सकि शैक्षिक गुणस्तर प्रवद्र्धनमा थप सहयोग पुग्ने तथ्य प्राप्त भएको छ । विद्यालयमा बढ्दो राजनीतिक अवस्थाले गर्दा शैक्षिक गुणस्तर प्रभावकारी हुन नसेको, स्थानीय शिक्षकले आफ्नो पेशाप्रति निराशा व्यक्त गरेको जस्ता उत्तरहरु अध्ययनका क्रममा जानकारीहरु प्राप्त भएका छन् । विद्यालयमा शिक्षकलाई रहेको अत्याधिक पिरियड भारका कारण शिक्षकले अन्य अतिरिक्त समय दिन नसकेको भन्ने जस्ता उत्तरहरु प्राप्त हुनुका साथै स्थानीय शिक्षकहरुले अन्यत्रबाट आउनु भएका शिक्षकको तुलनामा बढी समय दिएको, घरवरपरका अभिभावकहरुलाई परामर्श दिने तथा शैक्षिक गुणस्तरका लागि छलफल अन्तरक्रिया गर्ने गरेको भन्ने जस्ता उत्तर पनि अध्ययनका क्रममा विद्यालय प्र.अ.बाट जानकारी प्राप्त भएको थियो । साथै भोलिका दिनमा स्थानीय शिक्षकलाई प्रोत्साहन गरी उनीहरुले प्रदान गरेको अतिरिक्त समय स्वरुप थप पारिश्रीमक प्रदान गर्ने र शिक्षक, अभिभावक, अभिावक, विद्यार्थी बिचमा छलफल तथा अन्तरक्रिया गरी शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गर्न थप जिम्मेवारी दिने जस्ता क्रियाकलाप गर्न सकेको खण्डमा शैक्षिक गुणस्तरमा थप सहयोग पुग्न सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10127
dc.language.isoneen_US
dc.publisherशिक्षा योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectशैक्षिक गुणस्तरen_US
dc.subjectशैक्षिक व्यवस्थापनen_US
dc.titleशैक्षिक गुणस्तर प्रवद्र्धनमा स्थानीय शिक्षकको भूमिका{Role of local teachers in promoting educational quality}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Thesis.pdf
Size:
273.86 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: