माध्यमिक विद्यालय तहका शिक्षकका पेशागत अनुशासनको अवस्था Madhyamik Biddhyalaya tahaka Shikshakka Peshagat Anushasanko Awastha

dc.contributor.authorखपांगी Khapangi, किशोरकुमार Kishorkumar
dc.date.accessioned2021-04-04T06:37:23Z
dc.date.accessioned2021-07-23T04:28:00Z
dc.date.available2021-04-04T06:37:23Z
dc.date.available2021-07-23T04:28:00Z
dc.date.issued2073
dc.description.abstract‘माध्यमिक विद्यालय तहका शिक्षकको पेशागत अनुशासनको अवस्था’ शीर्षकमा प्रस्तुत अनुसन्धान कार्य केन्द्रित छ । माध्यमिक तहका शिक्षकहरुको पेशागत अनुशासनको अवस्था पत्ता लगाउनु, पेशागत अनुशासनमा प्रभावपार्ने तत्वहरुको खोजी गर्नु, पेशागत अनुशासनमा समस्या उत्पन्नहुने कारणहरुको खोजीगर्नु र यसमाभोग्नु परेका समस्याहरुको समाधानका उपायहरुको खोजीगर्नु अनुसन्धानको मुख्य उद्देश्यहो । प्रस्तुत अनुसन्धान गुणात्मक ढाँचामा आधारित छ । झापा जिल्लाको शनिश्चर े , बुधबारे र अनारमनी स्रोतकेन्द अन्तर्गतका ३० वटा सामुदायिक विद्यालयहरुबाट गोलाप्रथा गरी छ वटा विद्यालयहरु छनोट गरी उक्त विद्यालयहरुबाट फेरी गोलाप्रथा प्रक्रियाबाट नै प्रत्येक विद्यालयबाट कम्तिमाएकजना र बढीमा तीनजनासम्म पर्ने गरी जम्मा १५ जनाशिक्षकहरुलाई नमुना जनसंख्याको रुपमा छनोट गरिएको छ । तथ्यांकको प्राथमिक स्रोतको रुपमा प्रधानअध्यापक, शिक्षक, विद्यार्थी, वि.व्य.स. र पि.टि.ए.काअध्यक्षहरुको र तथ्यांकको द्धितीय स्रोतको रुपमा विद्यालयमा उपलब्ध दस्तावेजहरुको प्रयोग गरिएको छ । तथ्यांक संकलनको साधनको रुपमाप्रश्नावली, कक्षाकोठा अवलोकन, अन्तर्वार्ता, रुजुसुची र दस्तावेज अध्ययनको प्रयोग गरिएको छ । तथ्यांक संकलनप्रक्रियाको रुपमाप्र.अ., शिक्षक, वि.व्य.स. र पि.टि.ए.का अध्यक्षहरुलाई निश्चित समयावधी प्रदान गरी पूर्व निर्धारित प्रश्नावलीको ढाँचाको प्रयोग गरी उनीहरुबाट लिखित प्रतिक्रियाहरुका रुपमा तथ्यांकको संकलन गरिएको छ । प्रत्येक विद्यालयमा सहभागि शिक्षकहरुसँग बसेर सामुहिक अन्तर्वार्ता सम्पन्नगरिएको छ । निजहरुले कक्षाकोठाभित्र अध्यापनगरिरहेको समयमाअनुसन्धानकर्ता निष्क्रिय अवलोकनकर्ताको रुपमा कक्षाकोठाको अवलोकन गरिएको छ । प्रत्येक विद्यालयका सम्बन्धित पक्षहरुबाट पाँचजना विद्याँर्थीहरु माथि रुजुसूचीको प्रयोग गरिएको छ । विद्यालयमा उपलब्ध दस्तावेज अध्ययनका लागि निश्चित ढाँचाका फारामहरु तयार गरी फाराममा उल्लेखित तथ्यांकहरु संकलन गरिएको छ । तथ्यांक विश्लेषणका रुपमा गुणात्मक रुपमासंकलिततथ्यांकलाई अति राम्रा े , राम्रो , सामान्य र नराम्रो जस्ता चारवटा रेटिङ् स्केलको मापदण्ड तयार गरी तथ्यांकको विश्लेषण गरिएको छ । अध्ययन, अनुसन्धानबाट माध्यमिक विद्यालय तहका शिक्षकको पेशागत अनुशासनको अवस्था राम्रो नै देखिएको छ । थोरै कमि, कमजोरीहरु पाइएको छ । प्रस्तुत अनुसन्धानले उनीहरुलाई आफुमा निहित कमिकमजोरीहरुको पहिचान गर्न मद्दत पु¥याएको पाइयो । यस दिशातर्फ उनीहरुलाई थप सचेत बनाएको पाइयो साथै थप प्रगति र सुधारको दिशातर्फ उनीहरुलाई मार्गदर्शन गरेको पाइएको छ । अन्तमा, नीति–निर्माण तह कार्यान्वयन तह र अनुसन्धान तहमा आवश्यक सुझावहरु दिई अनुसन्धानकार्य समाप्त गरिएको छ । थपअ नुसन्धानगर्न सकिने केही शोध शीर्षकहरु पनि नयाँ अनुसन्धानकर्ताहरुका लागि सुझाव गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/3180
dc.publisherत्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, कन्काई बहुमुखी क्याम्पसen_US
dc.subjectEmployee Disiplineen_US
dc.subjectपेशागत अनुशासनen_US
dc.subjectSecondary levelen_US
dc.titleमाध्यमिक विद्यालय तहका शिक्षकका पेशागत अनुशासनको अवस्था Madhyamik Biddhyalaya tahaka Shikshakka Peshagat Anushasanko Awasthaen_US
dc.typeThesisen_US

Files

Original bundle

Now showing 1 - 3 of 3
Loading...
Thumbnail Image
Name:
Kishor Kumar Khapangi ko Cover.pdf
Size:
158.33 KB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Kishor Kumar Khapangi Thesis.pdf
Size:
1015.52 KB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Kishor Kumar Khapangi Anusuchi.pdf
Size:
97.73 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Plain Text
Description:

Collections