शिक्षण सिकाई वातावरणले विद्यार्थी भर्नामा पारेको प्रभाव {Impact of Teaching-learning Environment on Student Enrollment}

dc.contributor.authorसाह Shah, डोमी Domi
dc.date.accessioned2022-03-06T05:42:29Z
dc.date.available2022-03-06T05:42:29Z
dc.date.issued2012
dc.description.abstract“शिक्षण सिकाई वातावरणले विद्यार्थी भर्नामा पारेको प्रभाव” शीर्षक सम्बन्धी विषयमा यो अध्ययन केन्द्रित गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य शिक्षण सिकार्ई वातावरणले विद्यार्थी भर्नामा पारेको प्रभावको विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययनको क्रममा मोरङ्ग जिल्लाको पथरी स्रोत केन्द्रमा आवद्ध भएका ४ गा.वि.स का ४१ वटा सामुदायिक विद्यालयहरुमध्ये यादृच्छिक नमूना छनौट र उद्देश्यमूलक छनौट विधिवाट ६ विद्यालयहरुका प्राथमिकतहरुको कक्षा १–३ सम्मलाई प्रस्तुत अध्ययनका लागि छनौट गरिएको छ । यो अध्ययनमा गुणात्मक र परिमाणात्मक मिश्रित ढाँचाको प्रयोग गरिएको छ । यस शोध अध्ययनका लागि विद्यार्थीको भर्ना अवस्था र सिकाई उपलब्धि सम्बन्धित विद्यालयको विद्यार्थीको भर्ना अभिलेख, मार्क लेजरबाट उनीहरूका अभिभावक, उनीहरूलाई अध्यापन गराउने शिक्षकहरू र प्रधानाध्यापकहरूसँग अन्तर्वार्ता र छलफलका आधारमा तथ्याङ्क सङ्कलन गरिएको थियो । यी तथ्याङ्कहरूको आधारमा विश्लेषण गर्दा विद्यार्थी भर्नाको अवस्था बर्षेनी घट्दो क्रममा रहेको देखिन्छ । यस बाट सामुदायिक प्राथमिक विद्यालयहरूमा शिक्षक दरवन्दी प्रभावित हुने देखिन्छ । सामुदायिक प्रा.वि.हरूमा पूर्व प्राथमिक कक्षाको व्यवस्था नभएको, निःशुल्क शिक्षा प्रति अभिभावकको आत्मविश्वास कम भएको, सामुदायिक प्रा.वि.हरूमा राजनैतिक हस्तक्षेप बढेको र विद्यालय व्यवस्थापन कमजोर भएको पाइयो । साथै प्र.अ., शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीहरूलाई निजी विद्यालयमा पढाउने गरेको पाइयो । सामुदायिक विद्यालयको कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पठन–पाठनको व्यवस्था गर्नुपर्ने, अभिभावकलाई हरेक विद्यालयमा हुने कार्यक्रममा सरिक गराउनु पर्ने, अभिभावकलाई विद्यालय प्रति उत्तरदायित्व बहन गर्न प्रोत्साहित गर्नुपर्ने, विद्यालयमा प्रतिस्पर्धाको वातावरण निर्माण गरी ब्यापारीकरण गरिएको निजी विद्यालयहरूलाई निरूत्साहित गर्नुपर्ने, विद्यार्थी केन्द्रित सिकाई अन्तर्गत बालमैत्री शिक्षण विधी लागु गर्नुपर्ने, तालिम प्राप्त शिक्षकहरूलाई पुनर्ताजगी तालिमको ब्यवस्था गर्नुपर्ने, प्र.अ., शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने, विद्यालयको स्रोत र साधनमा अभिभावकको सहभागिता बढाउनु पर्ने जस्ता सुझावहरू यस अध्ययनले दिएको छ । समग्रमा यो शोध अध्ययनले विद्यार्थी भर्नामा देखिएका समस्याहरू र उक्त समस्याको समाधानका उपाय सम्बन्धमा अध्ययन गर्न चाहने जो कोहीलाई थोरै भएपनि सहयोग पुग्ने आशा गर्दछु ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8763
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectसिकाई उपलब्धि Learning achievementen_US
dc.subjectविद्यार्थी भर्ना Student admissionen_US
dc.titleशिक्षण सिकाई वातावरणले विद्यार्थी भर्नामा पारेको प्रभाव {Impact of Teaching-learning Environment on Student Enrollment}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
54.79 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
316.9 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: