निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले कक्षा छोड्ने दरमा पारेको प्रभाव {Nirntar bidyarthi mulyankan pranalile kaksha chodne darma pareko prabha}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले कक्षा छोड्ने दरमा पारेको प्रभाव शीर्षकको
शोधपत्रमा अध्ययन क्षेत्रका सामुदायिक विद्यालयहरुको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले विद्यार्थीहरुको कक्षा छोड्ने दरमा पारेको प्रभावलाई विश्लेषण गर्ने मूख्य उद्देश्य राखी तयार पारिएको छ ।
यस शोध अध्ययनलाई झापा जिल्लाको पथरिया श्रोतकेन्द भित्र रहेका सामुदायिक विद्यालयहरुमा सीमित गर्दै सामान्य सयोगिक नमुना छनौट विधिद्वारा संकलित सूचनाहरुको आधारमा व्याख्यात्मक र परिमाणात्मक रुपको अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । तथ्याङ्क संकलनका लागि प्राथमिक तथ्याङ्क संकलनमा प्रश्नोत्तर, अन्तरर्वर्ता, समुह छलफल तथा क्षेत्र अवलोकन विधिहरुको प्रयोग गरिएको छ भने द्वितीय तथ्याङ्क संकलनमा विद्यालयको शैक्षिक अभिलेख श्रोतकेन्द्र स्तरीय शैक्षिक अभिलेख, विभिन्न लेख, रचना तथा शोधपत्रहरुलाई प्रयोग गरिएको छ ।
यस शोध अध्ययन कार्यमा संलग्न गराइएको विद्यालयहरुको प्राथमिक तहको खुद भर्ना दर निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुनु पूर्व (शै.स. २०६१) र लागु भए पश्चातका अवस्थामा कक्षा १ को औषत वृद्धिदर क्रमशः २८.५ जना बाट वृद्धि भई ४१.५ जना गरी औषत वृद्धि ३०% पुगेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुनुपूर्व र निरन्तर विद्यार्थी मुल्याङ्क प्रणाली लागु भए पश्चात कक्षा छोड्ने विद्यार्थी विवरणलाई हेर्दा कक्षा १ र २ मा औषत रुपमा क्रमशः १६.१६% र १५.१६% बाट क्रमशः ४.१६% र ३.८३% मा झरेको पाइएको छ । यसबाट निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले विद्यार्थीको कक्षा छोडने दरमा सकारात्मक प्रभाव पारेको पाइएको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागुहुनु पूर्व कक्षा १ र २ को उत्तीर्ण प्रतिशत सरदर ८५% रहेकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चात उत्तीर्ण दरको अवस्थासतप्रतिशत पुगेको पाइयो । कक्षा १ र २ को आषत शैक्षिक उपलब्धी क्रमशः ३६% र ३९%रहेकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चात कक्षा १ र २ मा क्रमशः ५२% र६०% पुगेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुुनुपूर्व अध्ययन क्षेत्रमा रहेको विद्यालयहरुको कक्षा १ र २ को विद्यार्थी औषत उपस्थिति १४० दिन र १४२ दिन रहेकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चात क्रमशः १८० दिन र १७९ दिन पुगेका
पाइयो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुनुपूर्व कक्षा १ र २ का अभिभावकहरुको उपस्थिति २ देखि ४ दिन सम्म हुने गरकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चातयो उपस्थिति दिन वृद्धि भइ ७ देखि १२ दिन सम्म पुगेको छ ।
यस शोध अध्ययनबाट आएको निष्कर्षको आधारमा कक्षा छोड्ने दर कम गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले पारेको प्रभावलाई अझ व्यापक र प्रभावकारी बनाउनको लागि सम्बन्धित पक्षहरुलाई सुझाव पेश गर्न आवश्यक ठानिएको छ । केन्द्रिय तहबाट न निरन्तर विद्यार्थी मूल्याङ्कनमा आधारित निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको लागि अभिलेख व्यवस्थापनलाइ अनिवार्य गरी व्यवस्थित र नियमित गरउन समय समयमा अनुगमनको आवश्यकता महशुस गरिएको छ । शिक्षकहरुलाई अभिलेख व्यवस्थापन सम्बन्धी छोटो अवधीको तालिमको व्यवस्था समेत गरिनु पर्छ निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको उद्देश्य र महत्व प्रष्टयाउन व्यापक रुपमा प्रचार प्रसार गरिनु पर्छ । साथै शिक्षक प्र.अ., अभिभावक र सरोकारवाला सबैले यसका कार्यान्वयनमा सहयोग पु¥याउनु पर्ने देखिन्छ ।