प्राचार्यको व्यवस्थापकीय भूमिकामा नेतृत्व शैलीको प्रभाव {The Influence of Leadership Style on the Principal's Managerial Role}
| dc.contributor.author | खतिवडा Khatiwada, दिपेन्द्र Dipendra | |
| dc.date.accessioned | 2022-12-15T08:41:16Z | |
| dc.date.available | 2022-12-15T08:41:16Z | |
| dc.date.issued | 2013 | |
| dc.description.abstract | प्राचार्यको व्यवस्थापकीय भूमिकामा नेतृत्व शैलीको प्रभाव शीर्षकको यो शोधपत्रमा विद्यालय व्यवस्थापनमा प्राचार्यले निर्वाह गरेको भूमिकाको विश्लेषण र लेखाजोखा गरी देखिएका समस्याहरूलाई सुझाव दिनु मुख्य उद्देश्य रहेको छ । यस अध्ययनका लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । २६ वटा उ.मा.वि.मध्ये तीनवटा मात्र र तीनवटा विद्यालयका तीनजना प्राचार्य, तीनजना प्रधानाध्यापक वाह्रजना शिक्षक, दुईजना स्रोतव्यक्ति र नौजना अभिभावक उद्देश्यमूलक नमुना छनौट विधिबाट र नौजना विद्यार्थीलाई सम्भावनायुक्त नमुना छनौट विधिबाट नमुना छनौट गरिएको छ । व्यवस्थापकीय भूमिकालाई विश्लेषण गर्न विद्यालयको भौतिक, शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक पक्षलाई अवलोकन, छलफल, प्रश्नावली, अनुसन्धानका साधन प्रयोग गरी प्राप्त तथ्याङ्कलाई तालिकामा राखेर विश्लेषण गरिएको छ । प्राचार्य, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, स्रोतव्यक्तिहरूसंगको सम्वन्धलाई प्रश्नोत्तर, अन्तरवार्ता निर्देशिकाको प्रयोग गरिएको छ । प्राचार्यको व्यवस्थापकीय भूमिकामा नेतृत्व शैलीको प्रभाव विद्यालयको भौतिक, शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक क्षेत्रमा न्यून रहेको देखिन्छ । सकारात्मक प्रभावले विद्यालयको शिक्षण सिकाईमा सुधार भई शैक्षिक उपलब्धि र विद्यालयको अवस्था उच्च रहेको छ भने नकारात्मक प्रभावले विद्यालयको उपलव्धिस्तर र अवस्था कमजोर भएको देखिन्छ । विद्यालयको भौतिक, शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरूलाई प्राथमिकताका आधारमा समाधान गर्नुपर्ने देखिन्छ । विद्यालयको शैक्षिक प्रशासन चुस्त दुरूस्त बनाउनपर्ने, विद्यालयको स्रोत साधनलाई अधिकतम् परिचालन गर्नुपर्ने, आर्थिक स्रोत जुटाउन पहल गर्नुपर्ने, भौतिक पुर्वधार विकासमा जोड दिने, विद्यालय र समुदायवीचको सम्वन्ध सुमधुर बनाई विद्यालय सञ्चालन गर्नुपर्ने, विद्यालयको प्राचार्य राजनितिवाट अलग रही विना राजनीति विद्यालय चलाउर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/13796 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन संकाय | en_US |
| dc.subject | विद्यालय व्यवस्थापन School management | en_US |
| dc.subject | नेतृत्व शैली Leadership style | en_US |
| dc.title | प्राचार्यको व्यवस्थापकीय भूमिकामा नेतृत्व शैलीको प्रभाव {The Influence of Leadership Style on the Principal's Managerial Role} | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस कोसीहरैँचा, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
