गाउँ शिक्षा योजनाको निर्माण र कार्यान्वयन {Construction and Implementation of Village Education Plan}

dc.contributor.authorधमला Dhamla, गंगाप्रसाद Ganga Prasad
dc.date.accessioned2022-06-10T10:26:35Z
dc.date.available2022-06-10T10:26:35Z
dc.date.issued2017
dc.description.abstractप्रस्तुत शोधपत्रको शीर्षक गाउँ शिक्षा योजनाको निर्माण र कार्यान्वयन रहे को छ । यस अध्ययनको मुख्य उद्देश्यको रूपमा गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयनको अवस्था पहिचान गरेर योजना कार्यान्वयनमा देखापरेका समस्याहरू पत्ता लगाई कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने उपायहरूको खोजी गर्नु रहेको छ । प्रस्तुत शोध अध्ययनका लागि मोरङ जिल्लाका ६५ वटा गाउँ विकास समितिहरूमध्ये कटहरी गाउँ विकास समिति, अमरदह गाउँ विकास समिति र ले टाङ गाउँ विकास समितिका सचिवहरू, भूतपूर्व गा.वि.स. अध्यक्षहरू, गा.वि.स. अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षासँग सरोकार राख्ने सरोकारवाला महानुभावहरूलाई नमुना जनसंख्याको रूपमा छनोट गरिएको छ । नमुना जनसंख्याको रूपमा छनोट भएका व्यक्तिहरूसँग बन्द तथा खुल्ला प्रश्नावली भराई अन्तर्वार्ताको माध्यमबाट आएका प्रतिक्रियाका आधारमा अध्ययनलाई सार्थक बनाउन नमुना छनोट, आकार छनोट गर्दा सम्भावनायुक्त र उद्देश्यमूलक नमुना छनोट विधि अपनाइएको छ । प्राप्त तथ्याङ्कलाई गुणात्मक र परिमाणात्मक दुवै तरिकाले व्याख्या गरिएको छ । यस शोधपत्रको अध्ययनले देखाएअनुसार गा.वि.स. स्तरमा निर्माण गरिएका गाउँ शिक्षा योजनाको निर्माण र कार्यान्वयनको अवस्था योजनाको उद्देश्य अन ु रूप आशातीत रूपमा नतिजामा पुग्न सफल हु न नसकेको, स्थानीय निकाय, विद्यालय र सम ु दायका बीचमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्म पुग्दा आपसी समन्वय र तालमेल नभएको, सरोकारवाला सेवाग्राहीहरूको चेतनास्तर, अशिक्षा, गरिबी, अन्धविश्वास र परम्परावादी सोचका कारण उनीहरूलाई सशक्तिकरणद्वारा क्षमता अभिवृद्धि गराउन नसकिएको हुँदा योजनाप्रति जिम्मेवारी र स्वामित्वको भावना विकास नभएको पाइयो । त्यससँगै स्थानीय निकाय लामो समयदे खि जनप्रतिनिधिविहीन हुँदा कर्मचारीको भरमा चलाउनुपर्ने, कर्मचारीको प्रशासनिक कार्य बोझका कारणले गर्दा समयमा आवश्यकता पहिचान गरेर योजना निर्माण गरी लागू गर्न कठिनाइ भएको देखिन्छ । प्रस्तुत योजनामा बजेट विनियोजन गर्दा पाँच वर्षभित्रमा कतिकति बजे ट खर्च गर्ने भनेर नछुट्याइ एकमुष्ठ बजेट छुट्याइएको छ । जसले गर्दा योजनामा राखिएका कार्यक्रमहरू कुनकुन वर्ष कतिकति गर्ने भनी नछुट्याइएकाले समाविष्ट भएका कार्यक्रमहरू समयसीमाभित्र कार्यान्वयन हुन नसकेको देखिन्छ । कार्यक्रमका लागि विनियोजित बजेट रकम ठूलो भएकाले ती कार्यक्रम कार्यान्वयन गर्न गा.वि.स.सँग बजेट अभाव भएको देखिन्छ । स्थानीय स्तरका संघसंस्था तथा अन्य सरोकारवाला व्यक्तिहरूको योजनामा सक्रिय सहभागिताका लागि समन्वयको कमी देखिन्छ । त्यसैगरी गाउँ यो जना निर्माण गरी कार्यान्वयन गर्दा यायेजनाले सामना गर्नु परेको समस्या तथा कठिनाइहरूलाई प्रभावकारी ढङ्गले समाधान गर्न योजनाले अपनाएका उपायहरू पर्याप्त नदेखिएकाले शोध अध्ययनले सुझाएका सुझावहरू यस प्रकार छन् ः – योजना तर्जुमा गर्नुपूर्वनै सेवाक्षेत्रभित्रका आवश्यकता र समस्याहरूको वस्तुगत ढङ्गले पहिचान गर्नुपर्ने र स्थानीय सरोकारवालाहरूलाई योजनाको आवश्यकता पहिचान, तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा सरिक गराउनुपर्ने । – योजनालाई सफल कार्यान्वयन गर्न गराउन आर्थिक र प्राविधिक सहयोग सल्लाह भरपर्दो र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्ने साथै निर्माण र कार्यान्वयनको तहमा रहेको योजनाको जिम्मेवारी, निर्णय क्षमता, सान्दर्भिकता, अपनत्वको भाव जागरणका लागि जनशसक्तिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । सरोकारवालाहरूको चेतना स्तर उकासेर जनसहभागिता सुनिश्चित गर्न विभिन्न प्रकारका शिक्षामूलक, सीपमूलक कार्यक्रमहरू समावेशी आधारमा सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ । विद्यालयहरूमा बालमैत्री सिकाइ वातावरणमा निर्माणमा सहयोग पु¥याउन विद्यालय व्यवस्थापन समितिलाई नेतृत्व विकास, प्र.अ.लाई तथा शिक्षकलाई व्यवस्थापकीय र पेशागत सीप अभिवृद्धि र आवश्यकताअनुसार तालिम दिनुपर्ने । त्यसैगरी स्थानीयस्तरका शिक्षासँग सरोकार राख्ने संघसं स्थाहरूबीच गाउँ विकास समितिले शैक्षिक सञ्जाल निर्माण गरी समन्वयात्मक तबरले यो जना निर्माण गरी कार्यान्वयन तथा अनुगमनको तहसम्म सक्रिय सहभागिताको आवश्यकता देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11087
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectगाउँ शिक्षा योजना Village education planen_US
dc.subjectगाउँ शिक्षा निर्माण Village education constructionen_US
dc.titleगाउँ शिक्षा योजनाको निर्माण र कार्यान्वयन {Construction and Implementation of Village Education Plan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
564.69 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
399 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: