पुस्तकालय व्यवस्थापन र सिकाइ उपलब्धि बीच अन्तरसम्बन्ध {Correlation between library management and learning achievement}

dc.contributor.authorआचार्य Acharya, श्रीराज Shreeraj
dc.date.accessioned2022-02-01T10:27:06Z
dc.date.available2022-02-01T10:27:06Z
dc.date.issued2010
dc.description.abstractआजको युग विज्ञान र प्रविधिको युग हो । प्रभावकारी सिकाइ भएकै कारणले आज विश्वमा धेरै राष्ट्रहरू निकै चाँडै आफ्नो मुलुकलाई विकसित राष्ट्रको स्थानमा पु¥याउन सफल भएका छन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा ज्ञानको विस्तार भर्खरै अगाडि बढ्न लागिरहेको अवस्था छ । यस्तो परिवेशमा “पुस्तकालय व्यवस्थापन र सिकाइ उपलब्धि बीच अन्तरसम्बन्ध” शीर्षकको शोधपत्रमा पुस्तकालय व्यवस्थापन र सिकाइ उपलब्धी बीच अन्तरसम्बन्ध पहिचान गर्न, पुस्तकालय व्यवस्थपानका समस्याहरु पत्ता लगाउन एवम् पुस्तकालय व्यवस्थापनलाई सुधार गर्ने उपायहरु के–के हुन सक्छन् भन्ने उद्देश्यमा केन्द्रित रही अध्ययन तथा अनुसन्धान गरिएको थियो । यस अध्ययनलाई सरल एवम् सहज बनाउन माथि उल्लेखित उद्देश्य पूरा गर्नाका लागि संभावना रहित नमूना छनोट विधिका आधारमा दाङ जिल्लाका विभिन्न परिवेशमा रहेका विद्यालयहरू र क्याम्पसलाई छनोट गरिएको छ । छनोटमा परेका प्रत्येक विद्यालयहरू र क्याम्पसबाट व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, प्राचार्य, प्राध्यापक, पुस्तकालयमा काम गर्ने कर्मचारी र विद्यार्थीसँग विश्वसनीयता र वैधता स्थापित भएका अन्तर्वार्ता, अवलोकन, प्रश्नावली, विद्यालयमा रहेका अभिलेखहरूलाई अनुसन्धान उपकरणहरूको प्रयोग गरी प्राथमिक एवम् द्वितीय तथ्याङ्कमा विभिन्न लेख, रचना, साहित्य, दस्तावेजहरू प्रस्तुत तथ्याङ्कहरू सङ्कलन गरिएको थियो । यसरी अनुसन्धान क्रममा प्राप्त प्राथमिक तथा द्वितीय स्रोतहरूलाई तथ्याङ्कको आधारमा शोधपत्र व्याख्या र विश्लेषण गरिएको छ । विद्यालयहरू र क्याम्पसमा पुस्तकालयप्रति अभिरूचि पैदा हुन नसक्नुमा पुस्तकालय व्यवस्थापनमा देखा पर्ने गरेको वातावरण, आर्थिकता, भौतिक व्यवस्थापन, योग्यता जनशक्ति, सामाजिक अवस्था जस्ता आदि पक्षहरूलाई अध्ययन गरी व्याख्यात्मक विश्लेषण गरिएको छ । यस शोधपत्रमा विद्यालयहरू र क्याम्पसमा रहेका पुस्तकालयबाट सिकाइ उपलब्धिमा रहेको अन्तरसम्बन्धलाई प्रस्टाउन सरोकारवालासँग अवलोकन, प्रत्यक्ष भेटघाट, प्रश्नावलीबाट विचारहरू समेटी अध्ययन गरिएको छ । पुस्तकालय व्यवस्थापन रहेका समस्याहरूमा भवन, स्थान व्यवस्थापन, बजेट, सामग्रीको संरक्षण र सम्वद्र्धनमा फर्निचर, नियम–विनियम सूचना प्रविधि, पत्रपत्रिका सङ्कलन र व्यवस्थापन, पुस्तकको वैज्ञानिक वर्गीकरण, दक्ष, योग्य र तालिम प्राप्त जनशक्ति, सूचीकरण पुस्तकालयका प्रमुख समस्याहरूको रूपमा रहेको पाइयो । पुस्तकालय व्यवस्थापनमा सुधारका लागि उपयुक्त वातावरण, आर्थिक, सामाजिक अवस्था, सरोकारवाला पक्षहरू आपसी अन्तरक्रिया, तालिम प्राप्त दक्ष एवं योग्य कर्मचारी व्यवस्थाका साथै पुस्तकालयलाई विकास गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था मिलाई नियमित अनुगमन, मूल्याङ्कन र निरीक्षण परिपाटी उपायहरू पत्ता लगाइएको छ । यस शोधपत्रको अन्त्यमा अध्ययनबाट प्राप्त प्राप्ति, निष्कर्ष र सुझावहरू पुस्तकालयको प्रयोजनका लागि निकालिएका छन् । जसमा अभिभावक, प्राध्यापक, विद्यार्थी पुस्तकालयमा काम गर्ने कर्मचारी, प्राचार्य, वि.व्य.स. का पदाधिकारी लगायत सरोकारवाला भूमिका सम्बन्धमा सुझावहरु प्रस्तुत गरिएको छ । साथै यस विषयसँग सम्बन्धित अन्य क्षेत्रहरूको अध्ययन गर्नको लागि समेत सिफारिस गरिएको छ । उपरोक्त सबै कुराहरूलाई समेटिएको छ । त्यसैले यस अध्ययन पुस्तकालय व्यवस्थापन र सिकाइ उपलब्धिबीच अन्तरसम्बन्धमा देखा परेका समस्याहरू समाधानको लागि थप योगदान पुग्ने विश्वास लिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8005
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापनen_US
dc.subjectपुस्तकालय व्यवस्थापन Library managementen_US
dc.subjectसिकाइ उपलब्धि Learning achievementen_US
dc.titleपुस्तकालय व्यवस्थापन र सिकाइ उपलब्धि बीच अन्तरसम्बन्ध {Correlation between library management and learning achievement}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(6).pdf
Size:
59.41 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
258.05 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: