प्राथमिक विद्यालयको शैक्षिक व्यवस्थापनमा महिला र पुरुष प्र.अ. को भूमिकाको तुलना {Prathamik bidhyalayako saichik bebasthapanma mahila ra purus Pra.A.ko bhumikako tulana}

dc.contributor.authorलक्सम Laksam, रामबहादुर Ram Bahadur
dc.date.accessioned2022-02-25T04:54:59Z
dc.date.available2022-02-25T04:54:59Z
dc.date.issued2009
dc.description.abstract. प्रस्तुत शोधपत्र “पाँचथर जिल्लाका प्राथमिक विद्यालयको शैक्षिक व्यवस्थापनमा महिला र पुरुष प्र.अ. हरुको भूमिकाको तुलना” शीर्षकमा आधारित अध्ययन हो । यस शोधपत्रमा प्राथमिक विद्यालयको शैक्षिक व्यवस्थापनमा पुरुष प्र.अ. र महिला प्र.अ. को भूमिकाको तुलनात्मक अध्ययन गर्ने मुख्य उद्देश्य राखिएको छ । यो शोधपत्र सर्वेक्षणमा आधारित विश्लेषणात्मक अध्ययन विधि हो । यसमा महिला र पुरुष प्रधानाध्यापकहरुको भूमिकाको बारेमा तुलनात्मक रुपमा अध्ययन गरिने भएकोले यो अनुसन्धान परिमाणात्मक र गुणात्मक दुबै हो । यस शोधपत्रमा प्राप्त भएका तथ्याङ्कहरुको विश्लेषण तथा व्याख्या गर्न ज्भलचथ ँबथय िको व्यवस्थापनको प्रशासनिक सिद्धान्त, ःबकयिध को अभिप्रेरणाको सिद्धान्त, ँष्भमबिच को संयोगिक सिद्धान्तलाई आधार मानिएको छ । अध्ययनको लागि प्राप्त भएका तथ्याङ्कहरुलाई तालिका, प्रतिशत, औसत आदिमा प्रस्तुत गरी विश्लेषण गरिएको छ भने व्यवस्थापनको सिद्धान्त, शिक्षा ऐन तथा नियमावली, स्थापित मूल्य मान्यता तथा सर्वमान्य तथ्य आदिको आधारमा व्याख्या गरिएको छ । अध्ययनमा प्राप्त तथ्याङ्कहरुको विश्लेषण तथा व्याख्यालाई नियान्दा पुरुष प्र.अ. भएका र महिला प्र.अ. भएका विद्यालयहरुको शैक्षिक उपलब्धि समान देखिएको छ । शैक्षिक उपलब्धिलाई आधार मानी यी दुई थरीका विद्यालयहरुको तुलना गर्दा विद्यार्थीहरुको उत्तीर्ण प्रतिशत पुरुष प्र.अ.भएका विद्यालयहरुको तुलनामा महिला प्र.अ. भएका विद्यालयहरुको उच्च रहेको, बीचैमा कक्षा छाड्ने दर पुरुष प्र.अ. भएको विद्यालयको तुलनामा महिला प्र.अ. भएको विद्यालयमा न्यून रहेको, दुबै थरीका विद्यालयहरुमा ३२% भन्दा कम अङ्क ल्याउनेलाई पनि कक्षा चढाउने व्यवस्था रहेको, कक्षा चढाउने व्यवस्था पुरुष प्र. अ. भएको विद्यालय भन्दा महिला प्र.अ. भएको विद्यालयमा उच्च भएको, कक्षा चढाउने व्यवस्थाले शैक्षिक क्षति न्यून गरेको तर शिक्षाको गुणस्तमा कमी ल्याएको देखिएको छ । विद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलापलाई आधार मान्दा शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने अतिरिक्त क्रियाकलापहरु सन्तुलित रुपमा सञ्चालन भएको, पुरुष प्र.अ. भएको विद्यालयको तुलनामा महिला प्र.अ. भएको विद्यालयको अतिरिक्त क्रियाकलापको प्रभावकारिता उच्च रहेको, अतिरिक्त क्रियाकलापहरु मध्ये प्रथम स्थानमा खेलकुद, द्वित्तीय स्थानमा हाजिरीजवाफ र तृत्तीयमा नृत्य रहेको देखिएको छ । वि.व्य.स.को भूमिकामा दृष्टि लगाउँदा, वि.व्य.स.को बैठक, छलफल, विद्यालय स्तरीय विनियमको निर्माण, निर्माण कार्यको अनुगमन तथा निरीक्षण जस्ता कार्यहरुमा महिला प्र.अ. हरुको तुलनामा पुरुष प्र.अ. हरु रहेको विद्यालय अग्रस्थानमा रहेको देखिएको छ भने विद्यार्थीहरुलाई उ.पु हेर्न दिएर पृष्ठपोषण दिने, पुरस्कार प्रदान गरी उत्प्रेरण प्रदान गर्ने, प्रप्ताङ्कको आधारमा सुधारात्मक शिक्षण गर्ने साथै निर्माण कार्यको सम्पन्नता पछि दीर्घकालीन संरक्षणको कार्यक्रम बनाउने जस्ता कार्यमा पुरुष प्र.अ. को तुलनामा महिला प्र.अ. भएको विद्यालयहरु उच्च स्थानमा रहेका छन् । बीचैमा कक्षा छाड्ने दरलाई न्यून गर्न र उत्र्तीण प्रतिशतमा बृद्धि गर्न बालमनोविज्ञान तथा बालमैत्रीपूर्ण सिकाइ अवलम्बन गर्नुपर्ने, कक्षा चढाउने कार्यमा विद्यार्थीहरुलाई थप कार्यक्रम दिएर मात्र चढाउनुपर्ने, अतिरिक्त क्रियाकलापहरु विद्यालयमा सञ्चालन गर्दा सबै विकल्पहरुलाई समान रुपमा सञ्चालन गर्न पहल गनुपर्ने, वि.व्य.स. को भूमिकालाई अझ प्रभावकारी बनाउन गोष्ठी तथा तालिमको व्यवस्था गर्नुपर्ने, गोष्ठी तथा तालिम पुरुष प्र.अ. रहेको विद्यालयमा भन्दा महिला प्र.अ. रहेको विद्यालयलाई प्राथमिकता दिनु पर्ने जस्ता सुझावहरु दिइएको छen_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8508
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectप्राथमिक विद्यालय Prathamik bidyalayaen_US
dc.subjectशैक्षिक व्यवस्थापन saishik bebasthapanen_US
dc.subjectसाहित्यको पुरावलोकन Sahitya purabolakanen_US
dc.titleप्राथमिक विद्यालयको शैक्षिक व्यवस्थापनमा महिला र पुरुष प्र.अ. को भूमिकाको तुलना {Prathamik bidhyalayako saichik bebasthapanma mahila ra purus Pra.A.ko bhumikako tulana}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
76.43 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
822.44 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: