शिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव

dc.contributor.advisorधर्मराज सिह
dc.contributor.authorशाह, प्रेमलता
dc.date.accessioned2026-03-23T05:00:41Z
dc.date.available2026-03-23T05:00:41Z
dc.date.issued2015
dc.description.abstractशिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव शोध शीर्षकमा गरिएको यो अध्ययनको मुख्य उद्देश्य शिक्षकमा पेशागतउत्तरदायित्व सम्बन्धी दक्षताको अवस्था र शिक्षण सिकाइमा त्यसको असर पत्ता लगमउनु हो । यस अध्ययनमा लागि मिश्रित अनुसन्धानात्मक ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा सङ्ख्यात्मक तथा गुणात्मक दुबै विधिको तथ्याङ्क प्रयोग गरिएको छ । नमुना छनोट उद्देश्यमूलक नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनलाई सम्बन्धित सरोकारवालाहरुबाट प्राथमिक तथ्याङ्क सं कलनकाे लागि प्रश्नावली, अन्तर्वार्ता र समूह छलफललाई साधनको रुपमा प्रयोग गरिएाको छ । द्वितीय तथ्याङ्कको रुपमा विद्यालयको अभिलेखलाई प्रयोग गरिएको छ । यस अध्ययनमा तथ्याङ्कको विश्लेशण सङ्ख्यात्मक तथा गुणात्मक दुवै रुपमा गरिएको छ । यस अध्ययनबाट आएकाे तथ्याङ्कहरुको नतिजा विश्ले षण गर्दा शिक्षकको पेशागत दक्षताको अवस्थाको प्रतिबिम्बन , सम्पूर्ण शिक्षण प्रक्रियाको अभिलेख र पेशागत दक्षता प्रदर्शन न्यून रहेको पाईयो । पेशागत दक्षतामा अभिलेखको अभावमा प्रतिबिम्बन गर्न नसके को, शिक्षक–विद्यार्थी को अनुपात बढीे र शिक्षकको शिक्षण सिकाई पद्धति सकारात्मक सोचको कमी भएको । शिक्षकको पेशागत उत्तरदायित्व सम्बन्धी दक्षतामा अभाव देखिएकोले सिकाई दिगो र प्रभोवकारी हुन सके को छैन् । विद्यार्थी केन्द्रित सुधारात्मक र उपचारात्मक शिक्षण सिकाई हुन सके को पाईएन् । सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन हुुन नसके कोले विद्यार्थी सिकाइ पद्धति उत्प्रेरित हुन नसके को देखिन्छ जसले गर्दा उत्तीर्ण प्रतिशत घटेको छ । विद्यार्थीको सहभागिता र सक्रियता न्यू न भएको छ । विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन हुन सकेको छैन । शिक्षण सिकाइमा शैक्षिक सामग्रीको कम प्रयोग भएको देखिन्छ । सबै विद्यार्थीले समान अवसर पाएको देखिएन् । विद्यार्थीले अभ्यासको अवसर पाउन नसके कोले सिकाइ दिगो हुन नसके को जस्ता असरहरु परेको पाईयो । यस अध्ययनबाट निष्कर्षमा देखिएका चुनौतीहरु तथा असरहरुको समाधान गर्न सक्षम एवं दक्ष शिक्षकको नियु क्तिको व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ । आवश्यकतामा आधारित तालिमको व्यवस्था गरी शिक्षकमा सकारात्मक मनोवृति विकास गराउन सकियो भने शिक्षण सिकाईको स्तरलाई सुधार गर्न सकिन्छ । अनुगमन एवं सुपरिवेक्षणकाे प्रभावकारी व्यवस्था मिलाई सोको आधारमा दण्ड
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26048
dc.language.isone
dc.subjectविद्यार्थी सिकाइ
dc.titleशिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleS.S.M.Yadhav Multiple Campus, Siraha

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
386.59 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: