छात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव (Impact of Scholarships on Girls' Education)
| dc.contributor.author | गुरुङ Gurung, सुमन Suman | |
| dc.date.accessioned | 2022-02-01T07:42:24Z | |
| dc.date.available | 2022-02-01T07:42:24Z | |
| dc.date.issued | 2017 | |
| dc.description.abstract | यो शोधपत्र “छात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव” शीर्षक अन्तर्गत एक समाजशास्त्रीय अध्ययन हो । यो तनहुँ जिल्लाको शुक्लागण्डकी–४, दुलेगौडामा अवस्थित श्री पञ्चमुनिदेव मा.वि. मा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका माध्यमबाट America Himalayan Foundation को सहयोगमा छात्रवृत्ति प्राप्त छात्राहरूलाइ उत्तरदाताका रूपमा छनौट गरिएको छ । यस विद्यालयमा कक्षा (१–१०) सम्मका छात्राहरू ९९५ जना छन जसमध्ये रेष्टबाट छात्रावृत्ति पाएका जम्मा ७८ जना छात्राहरूलाई मात्र अध्ययनमा समेटिएको छ । आर्थिक अवस्था कमजोर भएको कारण छात्राहरू रेष्टको छात्रावृत्ति छनौटमा परेको पाइयो । यो अध्ययन वणनात्मक र विश्लेषणात्मक दुवै प्रकारको अनुसन्धान ढाँचामा आधारित छ । प्राथमिक र द्वितीय दुवै स्रोत प्रयोग गरिए तापनि प्राथमिक स्रोतलाई मुख्य जोड दिइएको छ । प्राथमिक स्रोतहरूमा छात्रावृत्ति प्राप्त छात्राहरू मुख्य हुन भने अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्गहरूसँग प्रत्यक्ष भेट गरी सामूहिक छलफल, अवलोकन, अन्र्तवार्ता अनुसूचीको माध्यमबाट तथ्याङक संकलन गरिएको छ । द्वितीय स्रोतहरूमा शीर्षकसँग सम्बनिधत लेख, रचना, पुस्तकहरू, रेष्टबाट प्रकाशित पुस्तकहरू, विभिन्न वेबसाइटहरू, पत्रपत्रिका, सोसँग सम्बन्धित शोधपत्रहरूबाट पनि तथ्याङक संकलन गरिएको छ । प्राप्त तथ्याङकहरूलाई तालिकीकरण गरी आवश्यकताअनुसार व्याख्या गरिएको छ । समग्रमा छात्रावृत्तिको प्रभाव सकारात्मक देखिन्छ । छात्रावृत्ति पाउने छात्राहरू धेरै जनजाति रहेका छन । उनीहरूको पारिवारिक अवस्था कमजोर देखिएको कारण उनीहरू रेष्टको छात्रावृत्ति छनोटमा परेका हुन । छात्रावृत्तिले छात्राहरूलाई विद्यालय पढन अवसर प्रदान गर्नुका साथै उनीहरूलाई शिक्षाप्रति सचेत गरी उज्वल भविष्यतर्फ डोहो¥याउन सहयोग गरेको पाइयो । छात्राहरू आफनो पढाइमा मात्र सचेत नभई दैनिक बानीव्यवहार, क्रियाकलाप, स्वास्थ्य, सरसफाई, पोषण लगायत बालविवाह, हिंसा, नियम कानून, बेचविखन सम्बन्धी कुराहरूमा समेत सचेत भएको पाइयो । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7991 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | मानविकी तथा सामाजिकशास्त्र सङकाय, समाजशास्त्र तथा ग्रामीण विकास विभाग | en_US |
| dc.subject | छात्रावृत्ति Scholarship | en_US |
| dc.subject | शैक्षिक अवस्था Educational status | en_US |
| dc.subject | महिला सशक्तिकरण Women empowerment | en_US |
| dc.title | छात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव (Impact of Scholarships on Girls' Education) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Prithivi Narayan Campus, Pokhara | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
