विद्यार्थीबीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा विद्यार्थी बीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव शीर्षकमा तयार पारिएको हो । विद्यार्थीहरु बीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव विश्लेषण गर्नु यो अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन मिश्रित अनुसन्धनात्मक ढाँचामा तयार गरिको छ । डकाहा स्रोत केन्द्र अन्तर्गतका सामुदायिक विद्यालयहरुलाई जनसंख्याको रुपमा लिइ उद्देश्यमूलक नमूना छनौट विधिबाट नमूना छनौट गरिएको छ । अध्ययनका लागि प्रश्नोत्तर, अन्तर्वार्ता, समूह छलफल तथा कक्षा अवलोकनलाई साधनको रुपमा प्रयोग गरि तथ्याङ्कक संकलन गरिएको छ । यसका लागि अध्ययन क्षे त्रसँग सम्वन्धित स्रोतव्यक्ति, नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक एवं विद्यार्थीहरुसँग भेटी प्रश्नावली वितरण गरी अवस्थाको अवलोकन गर्नु का साथै समूह छलफल तथा अन्तर्वार्ता द्धारा प्राथमिक श्रोतबाट तथ्याङ्कप्राप्त गरिएको छ । गुणात्मक तथ्याङ्कलाई वर्णनात्मक विधिर परिमाणात्मक तथ्याङ्कलाई कम्प्युटरको प्रयोग मार्फत वर्गीकरण तथा साधारण तालिकाको सहायताले विश्लेषण गरिएको छ । यसैगरी सूचनाको सहायक श्रोतका रुपमा विद्यालय तथ्याङ्क, पत्रपत्रिकामा प्रकाशित लेख, जिल्ला शिक्षा कार्यालय, विद्यालय, स्रोतकेन्द्र आदिद्धारा प्रकाशन गरेका पुस्तक सन्दर्भ सामग्री, आदिको अध्ययनबाट संकलन गरिएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुमा विद्यार्थी बीचमा पाइएको लैङ्गिक विभेदको अवस्थालाई हेर्दा विद्यार्थीहरुकाबीचमा गरिने व्यवहारमा कक्षाकोठा भित्रको बसाइ, अतिरिक्त क्रियाकलाप, कक्षाकोठा भित्र र बाहिरको अवस्थामा प्रभाव परेको देखिन्छ । त्यस्ता प्रभावहरुमा कक्षाकोठाभित्र छात्रछात्राहरु छुट्टाछुट्टै बस्ने, अतिरिक्त क्रियाकलापमा छात्राहरु भाग नलिने, नाचगानमा छात्राहरु बढी सहभागी हुने गरेको अध्ययनले देखाएको छ । लैङ्गिक विभेदको कारण शिक्षण सिकाइमा छात्राहरु बीचैमा कक्षा छोडेका छात्राहरुमा नकरात्मक शैक्षिक दृष्टिकोण सिर्जना भएको पाइयो । विद्यार्थीबीचमा हुने लैङ्गिक असमानताका कारणहरुमा घरायसी वातावरण, विद्यालयको वातावरण, चेतनाको स्तर आदि पक्षहरु रहेको पाइयो । निष्कर्षको आधारमा अध्ययन क्षेत्रमा सम्वन्धित निकायबाट जनचेतनामूलक कार्यक्रम लागुगर्नु पर्ने, विभेद न्यूनीकरण सम्वन्धी कानून निर्माण तथा कार्यान्वयनको अवस्था सिर्जना गर्नुपर्ने देखिन्छ । विद्यालयमा छात्रछात्राहरुबीच हुने लैङ्गिक विभेदलाई व्यवस्थापन गर्नमा सामाजिक जागरण सञ्चालन गर्न पर्ने, शिक्षा व्यवहारबादी हुनुपर्ने, छात्राहरुलाई कार्यमूलक दिशामा समाविष्ट गर्नु पर्ने देखिन्छ । त्यसैगरी सामाजिक र परम्परागत व्यवहारको परिवर्तन, छोरीलाई हेर्ने दृष्टिकोणमा सकरात्मकता, छोरीलाई पनि छोरा सरहको महत्व र अनिवार्य शिक्षा प्रदान गर्नु पर्ने देखिन्छ ।

Description

Citation