नेपाली छापामा राजनीतिक प्रभावः एक दशकको अध्ययन (वि.सं. २०५० – २०६०)

dc.contributor.authorDulal दुलाल, Devi Prasad देवी प्रसाद
dc.date.accessioned2018-09-26T07:07:37Z
dc.date.accessioned2021-07-23T03:40:43Z
dc.date.available2018-09-26T07:07:37Z
dc.date.available2021-07-23T03:40:43Z
dc.date.issued2066
dc.description.abstractनेपालको राजनीतिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रको विकासमा छापा सञ्चारको महइभ्वपूर्ण भूमिका रहिआएको छ । नेपाली सूचना तथा सञ्चारको विकास गिद्धे प्रेसबाट सुरु भई वर्तमान अवस्थामा वेभअफसेट प्रविधिमा रूपान्तरण भएको छ । पहिले गिद्धे प्रेसबाट छापिने साधा अखबारहरू अहिले वेभअफसेटबाट बहुरङ्गी साजसज्जामा छापिन थालेका छन् भने विद्युतीय सञ्चारको क्षेत्रमा अरू महइभ्वपुर्ण विकास भएको देखिन्छ । यसैकारण एक्काइसौं शताब्दीलाई सूचना तथा सञ्चारको युग पनि भनिन्छ । आधुनिक राजनीतिक शास्त्रको विकास ग्रिसबाट भएको पाइन्छ भने छापाखानाको विकास जर्मनीबाट भएको हो । यस कार्यको श्रेय क्रमः प्लेटो र जोहन गुटेनवर्गलाई जान्छ । अखबार ९लभधक उबउभच० को प्रथम प्रकाशन चौधौं शताब्दीमा चिनको ‘पेकिङ गजेट’ नामको अखबारबाट सुरु भएको देखिन्छ । नेपालमा आधुनिक राजनीतिक विकास वि.सं. १८३१ बाट भए पनि छापा सञ्चारको विकास वि.सं. १९५८ बाट भएको हो । श्री ३ देव सम्सेरले गोरखापत्र प्रकाशन प्रयोजनका लागि वि.सं. १९५८ वैशाख वदी रोज २ का दिन ‘सनद’ जारी गरेका थिए । सोही सनदका आधारमा गोरखापत्र साप्ताहिक १९५८ साउन ३ गते प्रकाशन भयो । नेपाली छापाको इतिहासमा नै गोरखापत्र पहिलो छापासञ्चार हो भने प्रथम छापा कानुन देवसमसेरद्वारा जारी ‘सनद’ नै हो । २००७ सालको जनक्रान्तिले नेपालको जहानीया राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापनासँगै नेपाली छापाको संस्थागत एवम् सङ्ख्यात्मक विकास भयो । यस अवधिमा निजि क्षेत्रबाट नेपाली भाषाको अतिरिक्त नेवारी, हिन्दी र अंग्रेजी भाषामा पनि अखवार प्रकाशन भएको देखिन्छ । यस अवधिमा प्रकाशित छापाले नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सहयोग पु¥याउने प्रयास गरेको देखिन्छ । वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले दलीय व्यवस्थाको अन्त्य गरी नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरे । पञ्चायती व्यवस्थाको स्थापनासँगै दलीय चरित्र बोकेका सबै अखबार प्रतिबन्दित भए । पञ्चायती व्यवस्थाको पृष्ठपोषण गर्ने पञ्चायती मिसन छापा मात्र सञ्चालन हुन थाले । यसलाई नेपालको संविधान २०१९ तथा त्यस अन्तर्गत बनेका ऐन कानुन बमोजिम छापा सञ्चालन हुँदै आयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्थापनासँगै एकदलीय पञ्चायती व्यवस्थाका पक्षधर छापा पनि धरासायी बन्दै गयो भने दलीय चरित्रका नयाँ नेपाली छापाको प्रकाशन सुरु भयो । नेपाल अधिराज्यको संविधान २०४७ को घोषणा तथा कार्यान्वयनसँगै नेपाली छापाको सङ्ख्यात्मक एवम् गुणात्मक विकास सुरु भयो । नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम छापाखाना तथा प्रकाशन सम्बन्ध्ी ऐन २०४८ नियमावली २०४९ अन्तर्गत नेपाली छापा सञ्चालन भएको देखिन्छ । नेपाली छापा र राजनीतिको विचमा अन्योन्याश्रित भनिए तापनि विवादास्पद सम्बन्ध रहेको देखिन्छ एकातिर भने अर्कातिर राजनीतिको प्रभाव निरन्तर रहेको पाइन्छ । नेपाली छापाको विकाससँगै राजनीतिको निरन्तर प्रभाव रहँदै आएको छ । छापा स्वतन्त्र हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राख्ने राजनीतिक पार्टी, घ तिनका नेता, सरकार र छापाको विचमा विवाद कायम छ । नेपाल अधिराज्यको संविधान २०४७ ले व्यावहारिक रूपमा नेपाली छापालाई राज्यको चौथो अङ्गको रूपमा आत्मसात गरेको देखिन्छ । नेपालका हरेक राजनीतिक दलले नेपाली छापालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउने मान्यता राखेको देखिन्छ । प्रजातन्त्र र छापाको विचमा विवाद हुन नहुने दृष्टिकोण रहेको देखिन्छ । तर जब तिनै राजनीतिक दल सत्तामा पुग्छन् तब प्रेसको स्वतन्त्रतामा धावा बोलेको आरोप पे्रसजगतबाट लाग्ने गरेको छ । यस अध्ययनमा यिनै विषयको वस्तुपरक अध्ययन गरिएको छ । (क) नेपाली छापाको विकासक्रमको अध्ययन गर्नु । (ख) नेपाली छापा र राजनीतिबीचको अन्तरसम्बन्धको अध्ययन गर्नु । (ग) नेपाली छापामा राजनीतिक प्रभावका कारणहरूको खोजी गर्नु । र (घ) नेपाली छापामा प्रकाशित राजनीतिक समाचारको विश्लेषण गर्नु शोधको उद्देश्य रहेको छ । यस्तै, (क) नेपालका राजनीतिक दल र नेपाली छापाबीचको सम्बन्ध कस्तो छ ? (ख) नेपाली छापामा राजनीतिक प्रभाव पर्नुका कारणहरू के के हुन् ? (ग) नेपाली छापामा किन राजनीतिक समाचार बढी छापिन्छन् र तिनै समाचारको विषयमा छापा र राजनीतिक दलको बीचमा किन विवाद हुन्छ ? (घ) के नेपालका राजनीतिक दल, तिनका नेता, सरकार र छापा स्वयम्बाट कानुनको उल्लङ्घन हुने गरेको छ, छ भने त्यसका कारण के हुन् ? (ङ) छापा स्वतन्त्रताको अर्थ उन्मुक्ति हो या कानुनी बन्धनसहितको हो ? (च) के नेपाली राजनीति र छापा बीचमा प्रेस स्वतन्त्रता सम्बन्धी बुझाइमा भिन्नता छ ? आदि शोध समस्या रहेका छन् । प्रस्तुत शोधकार्यमा प्राथमिक ९एचष्mबचथ० र द्वितीय ९क्भअयलमबचथ० स्रोतको प्रयोग गरिएको छ । शोधकार्य सम्पन्न गर्न वर्णनात्मक ९म्ष्कअचष्उतष्खभ० र विश्लेषणात्मक ९ब्लथष्तिष्अब०ि शोधविधिलाई अपनाइएको छ । अध्ययनको अर्थापनका लागि प्रेसका चार सिद्धान्त (निरङ्कुशतावादी सिद्धान्त ९ब्गतजयचष्तबचष्बल तजभयचथ०, उदारवादी सिद्धान्त ९ष्दिभचब ितजभयचथ०, सामाजिक उत्तरदायित्वको सिद्धान्त ९क्यअष्ब िचभकउयलकष्दष्ष्तिथ तजभयचथ० र सोभियत साम्यवादी सिद्धान्त ९क्यखष्भत ऋयmmगलष्कत तजभयचथ० सँग नेपाली प्रेसको तुलनात्मक विश्लेषण गरिएको छ । प्रस्तुत शोधप्रबन्धलाई सात परिच्छेदमा विभाजन गरिएको छ । परिच्छेदहरूको सारांश निम्नानुसार बेग्लाबेग्लै परिच्छेदमा प्रस्तुत गरिएको छ । तेश्रो परिच्छेद ः यस परिच्छेदमा नेपालको संविधानमा प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था, छापा कानुन र नियमावली, राज्यको तीन अङ्गको भूमिका, पत्रकार र पत्रकार आचारसंहिताको बारेमा विश्लेषण प्रस्तुत गरिएको छ । चौथो परिच्छेदः यस परिच्छेदमा नेपालका राजनीतिक दलको छापानीति तथा छापासँगको अन्तरसम्बन्ध शीर्षकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टीको छापा नीतिको तुलनात्मक अध्ययन गरिएको छ । ङ पाँचौ परिच्छेदः यस परिच्छेदमा नेपाली छापामा राजनीतिक प्रभावका कारण शीर्षकमा राजनीतिक दलको नीति र व्यवहार सरकारको नीति र व्यवहार, छापाको अधिकार, कर्तव्य तथा भूमिका, छापामा राजनीतिक प्रभावका अन्य विशिष्टीकरणहरूका बारेमा प्रकाश पारिएको छ । छैटौं परिच्छेद ः यस परिच्छेदको शीर्षक छापमा राजनीतिक प्रभाव रहेको छ । यसमा ६.१ र ६.२ उपपरिच्छेदमा विभाजन गरी नेपाली छापामा प्रकाशित समाचार तथा विवादका विषयमा अध्ययन गरिएको छ । वि.सं. २०५०–२०६० बीचमा नेपाली छापामा प्रकाशित राजनीतिक समाचारको विश्लेषण प्रस्तुत गरिएको छ । सातौं परिच्छेद ः यस परिच्छेदमा अध्ययनको सारांश, निष्कर्ष, परिशिष्ट र सन्दर्भ सामग्री समावेश गरिएको छ । प्रस्तुत शोधकार्यबाट निम्न निष्कर्ष प्राप्त भएका छन् ः ज्ञ। सिद्धान्ततः नेपाली छापा र राजनीनिका विचमा अन्योन्याश्रित सम्बन्ध रहन्छ भनिए तापनि व्यवहारिक रूपमा राणा शासनकालदेखि वर्तमानसम्म विवादास्पद सम्बन्ध रहेको देखिन्छ । द्द। नेपाली राजनीतिमा राजनीतिक संस्कारको विकास हुन नसक्नु, राजनीतिक नेतृत्व सक्षम नहुनु, राजनीतिक दलका नेता तथा स्वयम् प्रेसकर्मीमा प्रेसका सिद्धान्त, मूल्यमान्यताको अभाव देखिनु, छापाका पाठक स्वयम् पनि दलगत समाचार रुचाउने प्रवृत्तिका कारण नै नेपाली छापामा राजनीतिक प्रभाव पार्ने मुख्य कारण रहेको देखिन्छ । घ। नेपाली छापाका पाठकहरूमा आ–आप्mना पार्टीगत आस्था रहेको समाचार पढ्ने प्रवृत्ति हुनु, छापा मालिक (प्रकाशक) ले नाफामुखी छापा सञ्चालन गर्नु र पार्टीगत समाचारले छापामा बढी स्थान पाउनु पर्छ भन्ने मानसिकता राजनीतिक दलका नेता तथा कार्यकर्तामा रहनु अर्को कारण रहेको देखिन्छ । द्ध। राजनीतिक दल र छापा स्वयम्ले अधिकार मात्र खोज्ने, कर्तव्य बिर्सिने, कानुनको व्याख्या आप्mनो हित अनुकूल मात्र गर्ने, स्वतन्त्रको नाममा स्वच्छन्दता बनेर विषयगत ज्ञान सिपको अभावका कारणले राजनीतिक दल, दलका नेता तथा प्रेसकर्मी स्वयम्बाट मौजुदा कानुनको उल्लंघन भएको देखिन्छ । छ। नेपाली छापाको स्वतन्त्रताको अर्थ स्वच्छन्दता नभइ कानुनी सीमा र मूल्य मान्यता सहितको हो भन्ने कानुनी प्रष्टता भए तापनि दुवै पक्षले आ–आप्mनो स्वार्थ अनुकूलको व्याख्या गर्ने, बुझ्ने प्रवृत्ति छ । यस प्रवृत्तिको अन्त्य नभएसम्म प्रेस स्वतन्त्रता सम्बन्धी बुझाइमा विवाद कायम रहने र छापामा राजनीतिक प्रभाव रहिरहने देखिन्छ । ट। नेपाल अधिराज्यको संविधान २०४७ ले व्यवहारिक रूपमा नेपाली प्रेसलाई राज्यको चौथो अङ्गको रूपमा मान्यता दिएको पाइन्छ तर स्वयम् छापा जगतले प्रेसकर्मी कुनै विशिष्ट दर्जाको नागरिक आपूmलाई ठान्ने स्वयम् छापाले राजनीतिक समाचारलाई प्राथमिकता दिने प्रवृत्तिको अन्त्य हुन जरुरी छ । ठ। नेपालमा राजनीतिक प्रभावमुक्त प्रेस (छापा) सम्भव देखिँदैन । जबसम्म प्रेस स्वतन्त्रताको अर्थ पूर्ण स्वतन्त्रता या उन्मुक्ति नभई कानुनी सीमा सहितको “कानुनी प्रेस” हो भन्ने मान्यता सथापित हुँदैन तबसम्म नेपाली छापा राजनीतिक प्रभावमुक्त हुन सक्दैन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/1992
dc.subjectनेपाली छापा Nepali Newspaperen_US
dc.subjectराजनीति Politics in Nepalen_US
dc.subjectराजनीतिक प्रभाव २०५०-२०६०en_US
dc.subjectPh.D. Thesisen_US
dc.subjectPolitical Scienceen_US
dc.titleनेपाली छापामा राजनीतिक प्रभावः एक दशकको अध्ययन (वि.सं. २०५० – २०६०)en_US
dc.typeThesisen_US

Files

Original bundle

Now showing 1 - 4 of 4
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
98.99 KB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Contens.pdf
Size:
41.23 KB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Chapter .pdf
Size:
1.1 MB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Appendix.pdf
Size:
156.43 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Plain Text
Description: