सामाजिक अध्ययनका लागि प्रभावकारी शिक्षण विधि {Effective teaching methods for social studies}
| dc.contributor.author | प्रधान Pradhan, विमलकुमार Bimal Kumar | |
| dc.date.accessioned | 2022-12-11T08:56:37Z | |
| dc.date.available | 2022-12-11T08:56:37Z | |
| dc.date.issued | 2013 | |
| dc.description.abstract | यस सामाजिक अध्ययनका लागि प्रभावकारी शिक्षण विधि शीर्षकमा गरिएको अनुसन्धानात्मक कार्यको मुख्य उद्देश्य सामाजिक अध्ययन विषय शिक्षणमा प्रभावकारी शिक्षण विधिको खोजी गर्नु रहेकाछ । यस अनुसन्धान गुणात्मक तथा परिमाणात्मक दुवै विधिमा आधारित रहेको छ । त्यसै गरी यसअनुसन्धान कार्यमा छनौटमा परेका जनसंख्याको छनौट उद्देश्यमूलक विधिको आधारमा स्रोतव्यक्ति,विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरुको छनौट गरिएको छ साथै यसअनुसन्धानमा प्रश्नावली, अन्तरवार्ता प्रश्नावली, अवलोकन फारम प्रयोग गरी प्राथमिक स्रोत अन्तरगतको तथ्याङ्क सङ्कलन गरिएको छ । यसैगरी विद्यालयका विभिन्न अभिलेखहरुका अध्ययनबाट द्वितीय स्रोतको माध्यामबाट समेत तथ्याङ्क सङ्कलन गरिएको छ । यस अनुसन्धानबाट सामाजिक अध्ययन विषयमा प्रयागमा आइरहेका शिषण विधिहरुका पहिचान गर्ने क्रममा विद्यालयहरुमा परम्परागत रुपमा चली आएका व्यख्यान, प्रश्नोत्तर विधिहरुको वढीप्रयोग भइरहेको पाइयो । विद्यलयहरुमा सामाजिक अध्ययन शिक्षणलाई प्रभावकारी वनाउने विधिहरुक्षेत्रगत भ्रमण विधि, छलफल विधि, क्रियाकलाप विधि, अभिनय विधि, प्रयोगात्मक विधि हुने रहेको पाइयो । यसरी परम्परागत विधिहरुको प्रयोगका कारण विद्यार्थीहरुमा प्रभावकारी रुपमा ज्ञान, सीप र धारणाको विकास हुन नसकेको पाइयो । यसका साथै विद्यालयहरुमा शैक्षिक सामग्रीको अभाव तथान्युन रुपमा रहेका सामग्रीहरुको समेत प्रयोग नभएको पाइयो । यसले विद्यार्थीले प्राप्त गर्ने नतिजामा औषत प्राप्ताङ्क मात्र प्राप्त गरिरहेको पाइयो । अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा सामाजिक अध्ययन विषयको शिक्षण कार्यमा उपयुक्तविधि प्रयोग गर्ने क्रममा कार्यान्वयन तहमा परम्परात्मक विधिलाई कम गर्दै विषय वस्तु अनुसारउपयुक्त विधिको प्रयोग गर्नुपर्ने, जसका लागि कार्यान्वयन पक्ष सँग सम्बन्धित रहेका सबैसरोकारवालाहरुले सो वातावरण वनाउनुपर्ने, नीति निर्माण तहले समयमा सम्बन्धित निकायहरुमाभइरहेका क्रियाकलापहरुको सुपरिवेक्षण गरी पृष्ठपोषण प्रदान गर्नका साथै नया–नयाँ सीपको विकासगराउँदै लैजानपर्ने र थप अनुसन्धानकर्ताहरुले यस सामाजिक अध्ययन विषयमा समय अनुसार नया– घ नयाँ विधि तथा प्रविधिहरुको प्रयोग हुन सक्ने भएकाले त्यस्ता नया–नयाँ विधिहरुको खोजी गर्न पनदेखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/13583 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय | en_US |
| dc.subject | सामाजिक अध्ययन Social studies | en_US |
| dc.subject | शिक्षण विधि Teaching method | en_US |
| dc.title | सामाजिक अध्ययनका लागि प्रभावकारी शिक्षण विधि {Effective teaching methods for social studies} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ्ग | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
