विद्यालय तहमा दण्ड र पुरस्कारको व्यवस्थापन {Administration of Punishments and Rewards at School Level}

dc.contributor.authorदाहाल Dahal, देवप्रसाद Devprasad
dc.date.accessioned2022-12-11T09:53:10Z
dc.date.available2022-12-11T09:53:10Z
dc.date.issued2013
dc.description.abstractप्रस्तुत अध्ययन विद्यालय तहमा दण्ड र पुरस्कारको व्यवस्थापन विषयमा केन्द्रित रही तयार गरिएको हो । यस अध्ययनको मुख्य उद्दश्य विद्यालय तहमा दण्ड र पुरस्कारका व्यवस्थापनमा देखिएका समस्या पत्ता लगाउनु रहेको छ । यस अध्ययनलाई प्रभावकारी बनाउनको लागि वर्णनात्मक र विश्लेषणात्मक पद्दतिको अबलम्बन गरिएको छ । यो अनुसन्धान जिल्लाको लाम्पनटार गा.वि.स. अन्तर्गतपर्ने ३ ओटा विद्यालयहरुबाट प्रधानाध्यापक १÷१ जना, शिक्षक ६÷६ जना, विद्यार्थी ८÷८जना र प्रत्येक छनोटमा परेका विद्यार्थीका अभिभावकहरु गरी जम्मा ६९ जनालाइ उद्देश्यमूलक नमुना छनाट गरी अनुसन्धान गरिएको छ । अध्ययनको साधनका रुपमा अन्तर्वार्ता प्रश्नावली, अवलोकन फारम, अभिलेख अध्ययन, घटना अध्ययनलाई आधार बनाइएको छ । अध्ययनका लागि विभिन्न तथ्याङकका स्रोतहरु आवश्यक पर्दछ । खासगरी तथ्याङकका स्रोतहरु प्राथमिक र द्वितीय दुई पकारका हुन्छन । यी दबै स्रोतको प्रयोग गरी तथ्याङक सङकलन गरिएको छ । अध्ययनका क्रममा दण्ड र पुरस्कारको अवस्थामा विद्यालयमा विध्वांसात्मक कार्यगर्न विद्यालय ढिलो आउने, कक्षाकार्य , गृहकार्य नगर्ने, शिक्षकले भनेको नमानमा शान्त र अनुशासित राख्न दण्ड दिने गरेको प्रतिक्रिया पाइयो भने पढाइमा उत्कृष्ट र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएमा कक्षाकार्य शिक्षकल भनेको मानेमा पुरस्कार दिने गरेको पाइयो । शिक्षा नियमावलीमा तोकिए बमोजिम बालबालिकालाई कुन पनि प्रकारको दण्डनदिने व्यवस्था भएपनि उक्त विद्यालयहरुमा शारीरिक तथा मानसिक किसिमका दण्डहरुदिने गरेको पाइयो भने पुरस्कारमा आर्थिक पुरस्कार नभई भौतिक पुरस्कार(कापी, कलम, पेन्सिल, विmताव, पोशाक, झोला, प्रमाणपत्र) दिन गरेको पाइयो । साथै शाब्दिक रुपमाउत्प्रेरणात्मक र हौसलामखी शब्दहरु बढी प्रयोग गर्ने गरेको पाइयो । शिक्षण सिकाइक्रियाकलाप गर्दा सुधारात्मक तथा सचेततात्मक रुपबाट दिएको दण्डले विद्यार्थीहरुलपठनपाठन कार्यदेखी अन्य बानी व्यवहारमा सकारात्मक प्रभाव पार्छ । साथै नकरात्मकप्रभावमा शिक्षकसँग डराउने, विद्यालय छोडने , हिनतावोध जस्ता थुप्रै कुरामा नकरात्मक प्रभावमा पठनपठानमा उत्साहित, हरेक क्रियाकलापमा भाग लिने, गृहकार्य सधै गर्ने, हरेककुरामा चासो राख्ने गरको पाइयो भने नकरात्मक पक्षमा साथिलाई हेप्ने, घमण्ड गर्ने गरेका पाइयो । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन गर्दा दखिएका समस्याहरु क्रमशः विद्यालय छोडने तथा मानसिक समस्या पति शोध को भवना , द्वन्द्वको सिर्जना असमताकाभावना जस्ता समस्या देखियो । दण्ड र पुरस्कारको बारेमा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी,अभिभावक सबैले दण्ड अनुचित कार्य र पुरस्कार उचित कार्य भएको कुरामा सहमतजनाएका छन । दण्डमुखी शिक्षणभन्दा पुरस्कार मुखी शिक्षण सिकाई, शिक्षक, विद्यार्थी समन्वय,समझदारी, अभिभावक, विद्यालय परिवार सम्बन्ध अन्तरक्रिया हुनु अति आवश्यक देखिन्छ । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन प्रभावकारी तुल्याउन स्थानीय स्तरकासुझाव÷सल्लाह सहित माथिल्लो निकायबाट नीति बनाउनुपर्छ, अझ सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समितिको अधिकारमा निहीत भएकोले दण्ड र पुरस्कारका व्यवस्थापनगर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई दिन पर्ने साथै विभिन्न सरोकावालाहरु रविज्ञको सम्र्पक र समन्वय गर्नुपर्ने कुरा यस अध्ययनको सुझावहरुको रुपमा प्रस्तुतगरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13605
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectबालमैत्री विद्यालय Child friendly schoolen_US
dc.subjectपुरस्कार व्यवस्थापन Awards managementen_US
dc.titleविद्यालय तहमा दण्ड र पुरस्कारको व्यवस्थापन {Administration of Punishments and Rewards at School Level}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
63.62 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
250.98 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: