सामुदायिक प्राथमिक विद्यालयमा निरन्तर विधार्थी मूल्याङ्कन प्रणालीकाे प्रयाेग (Application of continuous student assessment system in community primary schools)
| dc.contributor.author | कार्की Karki, योगेन्द्र बहादुर Yogendra Bahadur | |
| dc.date.accessioned | 2024-01-22T06:03:16Z | |
| dc.date.available | 2024-01-22T06:03:16Z | |
| dc.date.issued | 2009 | |
| dc.description.abstract | यो शोधसारको शीर्षक सामुदायिक प्राथमिक विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रयोग रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य विराटनगर उपमहानगरपालिकाका सामुदायिक प्रथामिक विद्यालयको निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन प्रणालीमा देखिएका समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पत्ता लगाउने रहेको छ । परीक्षण गरिने साधनको माध्यमले विद्यार्थीका सबै उपलब्धिहरूको ठीकस“ग मापन पनि नहुने र विद्यार्थीहरूलाई परीक्षाको सन्त्रासबाट बचाउन तथा शिक्षा क्ष्ँेत्रमा भएको शैक्षिक लगानीको सही सदुपयोग गर्न, अनुत्तीर्ण हुने र विचैमा कक्षा छाड्ने दर कम गर्न तथा शैक्षिक क्षतीलाई कम गर्नका लागि यो कार्यव्रmम सञ्चालन गरिएको छ । यो अध्ययन स्टफलबिमको ऋक्ष्एए मूल्याङ्कन नमुना, हेमण्डको मूल्याङ्कन नमुना र टायलरको मूल्याङ्कन नमुनामा आधारित छ । यस अध्ययनको महŒव र औचित्यलाई निम्नानुसार प्रष्ट्याउन सकिन्छ । यस विषयमा आगामी दिनमा अध्ययन गर्न चाहनेहरूको लागि एक स्रोत सामग्रीको रूपमा रहनसक्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीमा देखिएका समस्याहरूलाई निराकरण गर्न सहयोग पुग्नेछ । अध्ययन, अनुसन्धानकर्ता र नीति निर्मातालाई एक स्रोत सामग्रीको रूपमा प्रयोग हुन सक्छ । यो अध्ययन अनुसन्धानका लागि विराटनगर उपमहानगरपालिकाका ४५ वटा सामुदायिक विद्यालयहरू मध्ये ६ वटा प्राथमिक विद्यालयहरू र चारवटा माध्यमिक विद्यालयहरू नमुना छनौटमा लिइएको छ । यिनै विद्यालयका प्र.अ. शिक्षक, शिक्षिका, वि.व्या.स. पदाधिकारीहरूलाई प्रश्नावली गराई अध्ययन कार्य अघि बढाइएको छ । यसका अतिरिक्त अध्ययनका अन्य साधनहरूमा अभिलेख, अन्तर्वार्ता, छलफल, प्रश्नावली आदि राखिएका छन् । यिनै साधनका आधारमा प्राप्त सूचनाहरूलाई व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनबाट आएका प्राप्तीहरू र निष्कर्षहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । कक्षा १–३ को उत्तीर्ण दर २०६३, २०६४ र २०६५ मा व्रmमशः ९५.१७ प्रतिशत, ९५ प्रतिशत र ९३.१७ प्रतिशत रहेको छ । पुनः सोही कक्षा दोहो¥याउने दर २०६३, २०६४ र २०६५ मा व्रmमशः ९.३४ प्रतिशत, १५.७ प्रतिशत र ८.६ प्रतिशत रहेको छ । २०६४ मा कक्षा ३ मा सबैभन्दा बढी १४.२२ प्रतिशत विद्यार्थीहरू अर्को विद्यालयबाट स्थानात्रण भई आएको पाइयो । कक्षा १ मा एउटै सेक्सनमा ८१ जना विद्यार्थीसम्म राखी अध्यापन गराएको पाइयो । ४० प्रतिशत विद्यार्थीको एयचतायष्यि बाकसमा राखेको पाइयो । यस कार्यव्रmमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कार्यसञ्चयिका ९एयचतायष्यि० लाई व्यवस्थित रूपमा प्रयोग गर्नको तालिम आवश्यक छ । नियमित रूपमा निरीक्षण अनुगमनको व्यवस्था हुनुपर्दछ । कार्यसञ्चयिका Portfolio राख्नका लागि प्रत्येक कक्षामा कम्तिमा एक दराज राख्न आवश्यक देखिन्छ । विद्यालयलाई सेक्सन खोल्न प्रोत्साहित गर्दै शिक्षक दरबन्दी थप्नु आवश्यक देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/21343 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन विभाग | en_US |
| dc.subject | सामुदायिक विद्यालय Samudayik bidyalaya | en_US |
| dc.subject | विद्यार्थी मूल्याङ्कन प्रणाली Bidhyarthi Mulyakan Pranali | en_US |
| dc.title | सामुदायिक प्राथमिक विद्यालयमा निरन्तर विधार्थी मूल्याङ्कन प्रणालीकाे प्रयाेग (Application of continuous student assessment system in community primary schools) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
