समुदायद्वारा व्यवस्थित र सामुदायिक प्राथमिक विद्यालयहरुको भौतिक अवस्थाको अध्ययन {Samudayadvara vyavasthita ra samudayika prathamika vidyalayaharuko bhautika avasthako adhyayana}
| dc.contributor.author | निरौला Niraula, भूपाल Bhupal | |
| dc.date.accessioned | 2022-02-25T07:43:14Z | |
| dc.date.available | 2022-02-25T07:43:14Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | समुदायद्वारा व्यवस्थित र सामुदायिक प्राथमिक विद्यालयको भौतिक अवस्थाको अध्ययननामक यस शोधपत्रमा दुवै प्रकारका विद्यालयको भौतिक अवस्था विश्लेषण गर्नु यसको मूख्य उद्देश्य रहेको छ । गुणात्मक विधिमा आधारित यो शोधपत्रका लागि अवलोकन, अन्तर्वार्ता, समूहछलफल र दस्तावेज पुनरावलोकन जस्ता साधन प्रयोग गरी तथ्याङ्क संकलन गरिएको छ । समुदायद्धारा व्यवस्थित २ वटा र सामुदायिक २ वटा प्राथमिक विद्यालयहरुलाई उद्देश्यमूलक नमूना छनोट विधिअनुसार नमूनाको रुपमा लिई तथ्याङ्क संकलनका लागि वि.व्य.स.का पदाधिकारी, शिक्षक, प्र.अ. र अभिभावकहरुलाई उत्तरदाताको रुपमा छनोट गरिएको छ । अध्ययनको वैधता र विश्वसनीयता कायम गर्न समूहछलफल र खुल्ला अन्तर्वार्ताबाट आएका प्रतिक्रियाहरुलाई अवलोकन र विद्यालयमा सञ्चित अभिलेखसँग समेत मिलाई एक अर्काको त्रिकोणात्मक विश्लेषण गरिएको छ । वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र मानवसम्बन्धसिद्धान्तलाई अवलम्बन गरी दुवै प्रकारका विद्यालयका कार्यशैली र व्यवहारहरुलाई नियाल्ने प्रयत्न गरिएको छ । यसका साथै पूर्वसाहित्यको अध्ययनबाट प्राप्त भएका निष्कर्षहरुलाई समेत यस अध्ययनमा दाँजिएको छ । समुदायद्धारा व्यवस्थित विद्यालयहरुको भौतिक अवस्था सामुदायिक विद्यालयहरुको तुलनामा भौतिक अवस्थामा सुधार हुँदै जानु वि.व्य.स.को सक्रिय भूमिका देखिनु , अभिभावकहरुको विद्यालयप्रतिको चासो बढ्नु , समुदाय र विद्यालयसँगको सम्बन्धमा सुधार हुँदै जानु , विद्यालयको आर्थिक भौतिक पक्षलाई सुदृढ बनाउन राज्यपक्षबाट थप प्रोत्साहनअनुदान प्राप्त हुनु जस्ता पक्षहरुमा भिन्नता देखिएका छन् । सामुदायिक विद्यालयहरुलाई समुदायद्धारा संचालित हुन प्रेरित गर्ने, शिक्षाका कार्यक्रमहरु ल्याउँदा तल्लो निकायबाट पनि सल्लाह र सुझावहरु बटुल्ने, थप प्रोत्साहनअनुदान उपलब्ध गराउने, वि.व्य.स. लाई अभिमुखीकरण कार्यक्रम र तालिम संचालन गर्ने, विद्यालयसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरु सरोकारवालाको प्रत्यक्ष सहभागितामा संचालन गर्नुपर्ने जस्ता सिफारीसहरु यस शोधपत्रमा सुझाइएका छन् । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8540 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Faculty of Education | en_US |
| dc.subject | साहित्यको पुनरावलोकन Sahityako punaravalokana | en_US |
| dc.subject | प्राथमिक विद्यालय praathamik vidyaalaya | en_US |
| dc.title | समुदायद्वारा व्यवस्थित र सामुदायिक प्राथमिक विद्यालयहरुको भौतिक अवस्थाको अध्ययन {Samudayadvara vyavasthita ra samudayika prathamika vidyalayaharuko bhautika avasthako adhyayana} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
