कक्षा सातको नेपाली पाठ्यपुस्तकको कथा विधामा प्रयक्त तत्सम शब्दहरूको अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत कक्षा सातको नेपाली पाठ्यपुस्तकको कथा विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययन शीर्षकको शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय जनता बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह चौथो सत्रको शिक्षाशास्त्र सङ्कायको कोड नं। ५४४ को २०० पुर्णाङ्कको परिपूर्तिको प्रयोजनका निम्ति तयार पारिएको छ । यस शोधपत्रमा ५० पृष्ठ सङ्ख्या रहेका छन् । प्रस्तुत शोधपत्रमा कक्षा सातको नेपाली पाठ्यपुस्तकको कथा विधामा प्रयोग भएका तत्सम शब्दहरूको अध्ययन शीर्षकमा केन्द्रित रहेको छ । यस शोधपत्रको समस्या अन्तर्गत शब्दवर्गका आधारमा तत्सम शब्दहरू के कस्ता रहेका छन्रु कथामा तत्सम शब्दहरूको बनोट प्रक्रिया कस्तो छरु कथामा तत्सम शब्दहरूको आवृत्तिको अवस्था कस्तो छरु भने यिनै समस्याहरूलाई समाधान गर्नका लागि उद्देश्यहरू राखिएका छन् जसअन्तर्गत कक्षा सातको नेपाली पाठ्यपुस्तकमा रहेका कथा विधामा प्रयुक्त तत्सम शब्दहरूको पहिचान गर्नु, कथाका तत्सम शब्दहरूको शब्दवर्ग पत्ता लगाउनु, कथाका तत्सम शब्दहरूको बनोट प्रक्रिया पत्ता लगाउनु, कथामा तत्सम शब्दहरूको आवृत्ति अवस्था पत्ता लगाउनु रहेका छन् । उक्त उद्देश्यहरूलाई पूरा गर्नका निम्ति देवीमाया नेम्बाङ्, उमिता पौडेल, राधिका बराल, सम्झना चौधरी, पूर्णकुमारी डाँगी, शान्ता दाहाल, गरी६ जनाको पूर्वकार्यको समीक्षा गरीएको छ। प्राथमिक र द्वितीयक स्रोतको आधारमा तत्सम शब्दहरूकोवर्ग, बनोट, प्रक्रिया, आवृत्ति, अर्थ र पृष्ठ संख्या छुट्याइएको छ । अध्ययनको क्रममा शोधकार्यलाई पाँच अध्याय ९पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं० विभाजन गरीएको छ । कार्यका आधारमा शब्दको वर्गीकरण ९नाम, सर्वनाम, विशेषण, क्रियापद, विस्मयादिबोधक, निपात० गरीविश्लेषण गरीएको छ। त्यसैगरी स्रोतको आधारमा शब्दलाई मौलिक शब्द र आगन्तुक शब्द गरी छुट्याइएको छ। यस शोधकार्यको अनुसन्धान गर्ने क्रममा प्राथमिक र द्वितीयक स्रोतको प्रयोगद्वारा सामग्री सङ्कलन गरीएको छ। यस विषयसँग सम्बन्धित विषय शिक्षकहरूको सल्लाह सुझावलाई समेत आधार मानेर तयार पारिएको छ। प्रस्तुत शोधपत्रका निम्ति कथाविधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययनसँग सम्बन्धित प्रकाशित अप्रकाशित शोधपत्र, पाठ्यपुस्तक, शब्दकोश,शिक्षक सुझाव तथा निर्देशन र इन्टरनेट समेत प्रयोग गरीएको छ। यस अध्ययनलाई निश्चित सीमामा सीमाङ्कन गरी प्रस्तुत गरीएको छ। अध्याय एकमा शोध परिचय, अध्ययनको समस्या कथन,अध्ययनको उद्देश्य, अध्ययनको औचित्य तथा महत्व, अध्ययनको परिसीमा, पारिभाषिक शब्द, अध्ययनको रूपरेखा रहेको छ। अध्याय दुईमा पूर्वकार्यको समीक्षा, पूर्वकार्यको उपयोगिता, अध्ययनको सैद्धान्तिक संरचना, स्रोतका आधारमा शब्दको वर्गीकरण, कार्यको आधारमा शब्द वर्गीकरण, बनोटरव्युत्पत्तिको आधारमा शब्दको वर्गीकरण रहेका छन्। अध्याय तीनमा अध्ययनको संरचना, जनसङ्ख्या र नमुना छनोट प्रक्रिया, तथ्याङ्क सङ्कलनको स्रोत, तथ्याङ्क सङ्कलनको प्रक्रिया, तथ्याङ्क विश्लेषण र व्याख्या प्रक्रिया रहेका छन् ।अध्याय चारमा व्याख्या र विश्लेषण गरी अध्याय पाँचमा निष्कर्ष, उपयोगिता र सुझावहरू प्रस्तुत गरी यो शोधपत्र तयार गरीएको छ। शोधपत्रको सुरुमा भाषा, शब्द, शब्द वर्गीकरण, बनोट प्रक्रिया, अर्थ र पृष्ठ सङ्ख्या आदिलाई प्रस्तुत गरीएको छ । संस्कृत भाषाबाट जस्ताको तस्तै रूप नफेरि नेपाली भाषामा प्रयोग भएका शब्दहरूलाई तत्सम शब्द भनिन्छ। शब्दलाई शब्द, वर्ग र बनोट प्रक्रियाको आधारमा वर्गीकरण गरीएको छ । तत्सम शब्दको अर्थ स्पष्ट पारिएकोशब्दहरूलाई शब्दवर्ग, बनोट प्रक्रिया, अर्थ र पृष्ठ सङ्ख्या समेत उल्लेख गर्दै वर्णानुक्रममा राखिएको छ ।कुन पाठमा जम्मा कति शब्द रहेकोत्यसमध्ये कति तत्सम शब्द रहेको रुतत्सम शब्दको प्रयोगको प्रतिशत कति रहेको र कुन पाठमा कुन कुन तत्सम शब्दहरू कति पटक आवृति भएको छ भन्ने कुरा तालिका सहित प्रस्ट गरीएको छ ।तत्सम शब्दहरूको वर्ग, अन्तराल, नाम, विशेषण र क्रिया आदिको आधारमा छुट्याइएकोतत्सम शब्दहरूको व्युत्पादन हुने शब्दहरूको व्युत्पत्ति प्रक्रिया देखाइएको छर नहुने मूल शब्दलाई जस्ताको त्यस्तै राखिएको छ । शब्द प्रयोगको दृष्टिले सबैभन्दा बढी शब्दको प्रयोग ूस्थायी बासू ९१३७६० कथामा रहेको र सबैभन्दा कम शब्दको प्रयोग परिकल्पना ९७९३० कथामा रहेको छ ।तत्सम शब्दको प्रयोगका दृष्टिले सबैभन्दा बढी तत्सम शब्दको प्रयोग भएको कथा ूस्थायी बासू ९१६५० रहेको र सबैभन्दा थोरै तत्सम शब्दको प्रयोग भएको कथा तितो बोली सच्चा गुणू९५२० रहेको छ ।प्रतिशतको हिसाबले सबैभन्दा बढी तत्सम शब्दको प्रयोग भएको कथा परिकल्पना १४।२४ प्रतिशत रहेको र सबैभन्दा कम तत्सम शब्दको प्रयोग भएको कथातितो बोली सच्चा गुणू५।५९ प्रतिशत रहेकोछ । समग्र अध्ययनका आधारमा संस्कृतबाट रूप नफेरिकन जस्ताको तस्तै नेपाली भाषामा प्रयोग हुन आएका तत्सम शब्दहरू सबै कथामा शब्दको प्रयोग समय, स्तर र परिवेश अनुसार उचित रहेको पाइन्छ।

Description

Citation