सामुदायिक विद्यालयमा बालविकास केन्द्रको व्यवस्थापन {Management of Child Development Centers in Community Schools}

dc.contributor.authorढुङ्गेल Dhungel, खेमनाथ Khemnath
dc.date.accessioned2022-06-12T06:31:35Z
dc.date.available2022-06-12T06:31:35Z
dc.date.issued2017
dc.description.abstractबाल शिक्षा औपचारिक शिक्षा आर्जनको पहिलो चरण हो । त्यसको उचित व्यवस्थापनले बालबालिकाको सिकाइ र आधारशिला प्रभावकारी हुन्छ । त्यसैले सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्र व्यवस्थापन शीर्षकमा तयार पारिएको यो शोधपत्रको मुख्य उद्देश्य प्रारम्भिक बालविकास केन्द्र व्यवस्थापनको वर्तमान अवस्था पत्ता लगाउनु, बालविकासका लागि निर्धारित गतिविधिको विश्लषण गर्नु, प्रारम्भिक बालविकास कन्द्र व्यवस्थापन र सञ्चालनमा देखिएका समस्या र चुनौतिहरू पत्ता लगाउनुका साथै समस्या र चुनौतीको समाधानका उपायहरू खोज्नु रहेका छन् । यस अध्ययनको उद्देश्य पूरा गर्न अध्ययन विधि अन्तर्गत वर्णनात्मक, परिमाणात्मक र विश्लषणात्मक खोज अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । अनुसन्धानात्मक साधनहरुको प्रयोगको सम्वन्धमा नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र विद्यार्थीसँग प्रश्नावली, अन्तर्वार्ता, छलफल, भेटवार्ता र अन्तरक्रिया गरी विभिन्न पकारका संख्यात्मक तथ्याङ्क संकलन गरिएको छ । प्राथमिक र द्वितीय दुवै सोतबाट प्राप्त सूचना, जानकारी र तथ्याङ्कहरूको प्रयोग गरिएको छ । यसरी प्राप्त तथ्याङ्कलाई आवश्यता अनुसार तालिकीकरण, स्तम्भ चित्र, प्रतिशत र औषत आदिको प्रयोग गरी तथ्याङ्कहरुको व्याख्या र विश्लेषण यो शोधत्रपत्रमा गरिएको छ । तसर्थ उक्त अवस्थामा सधार गर्न बालविकास कार्यक्रमको विकास र विस्तारमा व्यापक जोड दिनुपन, बालविकास केन्द्रमा भौतिक पूर्वाधारको विकासमा स्थानीय तथा सरोकारवाला निकायलाई संलग्न गराउन पर्ने, बालविकास कन्द्रमा सहयोगी कार्यकर्तालाई पारिश्रमिक र शैक्षिक सामग्री खरिद गर्न दिइने सरकारी अनुदान बढाउनु पर्ने आदि जस्ता नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने सुझाइएको छ । यसैगरी प्रारम्भिक बालविकास कार्यक्रमको व्यवस्थापनलाई सुदृढ गन केन्दको भौतिक व्यवस्थापनलाई मजबुद बनाउन सरोकारवाला सबैलाई समन्वय गराउनु पर्ने, उपलब्ध सिकाइ सामग्रीको हिफाजत तथा प्रयोग गर्नुपर्ने, बालबालिकाहरूलाई शारीरिक, संवेगात्मक, सामाजिक तथा मानसिक क्षमता अभिवृद्धि गराउने सब क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने, ३ दखि ५ वर्ष उमेर समूहका विद्यार्थीहरूका अभिभावकलाई सम्मान गर्ने कार्यक्रम तर्जुमा गर्नुपन, सहयोगी कार्यकर्ताको दक्षता बढाउन समय समयमा सवाकालीन तथा पुर्नताजगी तालिम दिइनुपर्ने आदि जस्ता कार्यान्वयन तहका सुझावहरु दिइएका छ भने प्रारम्भिक बालविकास कार्यक्रमको भौतिक व्यवस्थापन सम्बन्धमा थप अध्ययन अनुसन्धान गरी यसलाई अझ परिस्कृत गर्नुपर्ने, प्रारम्भिक बालविकास कायक्रममा सरोकारवालाको भूमिका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने आदि सुझावहरु दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11110
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectसामुदायिक विद्यालय Samudayik bidhyalayeen_US
dc.subjectबालविकास केन्द्र व्यवस्थापन Child development center managementen_US
dc.titleसामुदायिक विद्यालयमा बालविकास केन्द्रको व्यवस्थापन {Management of Child Development Centers in Community Schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, झापाen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Final.pdf
Size:
836.69 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: