कक्षा चारको मेरो नेपाली किताबमा प्रयुक्त शब्दहरूको आवृत्तिको गणना {Kakshya Charko Mero Nepali Kitabma Prayukta Shabdaharuko Abrittiko Ganana}

dc.contributor.authorपौडेल Poudel, राधा Radha
dc.date.accessioned2022-02-24T10:42:42Z
dc.date.available2022-02-24T10:42:42Z
dc.date.issued2007
dc.description.abstractशोधशीर्षक ः कक्षा ४ को “मेरो नेपाली किताब” मा प्रयुक्त शब्दहरुको आवृत्ति गणना शोधार्थी ः राधा पौडेल शोधनिर्देशक ः डा. पारसमणि भण्डारी विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर शैक्षिक वर्ष ः २०५९–६१ ः पृष्ठसंख्या ः १११+९; अध्याय आठ प्रस्तुत शोधकार्य नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि प्रस्तुत गरिएको हो । यो शोधकार्य कक्षा ४ को “मेरो नेपाली किताब” मा प्रयुक्त शब्दहरू के–कस्ता छन् ? पाठ्यपुस्तकमा प्रयुक्त शब्दहरूको आवृत्ति कसरी भएको छ ? उक्त पाठ्यपुस्तकमा प्रयुक्त शब्दहरूको स्रोत र पदवर्ग के–कस्तो छ ? पाठ्यपुस्तकमा प्रयुक्त शब्दहरू सरल र जटिल के–कस्ता छन् ? भन्ने समस्यामा आधारित छ । उक्त समस्याको समाधानका लागि निम्न लिखित उद्देश्य निर्धारित गरिएका छन्– “कक्षा चारको मेरो नेपाली किताब” मा प्रयुक्त शब्दहरूको स्रोत र पदवर्ग पहिल्याउनु, प्रयुक्त शब्दहरूको पाठगत विवरणको स्थिति देखाउनु र उक्त पुस्तकमा रहेका शब्दहरूको आवृत्ति गणना गर्नु । यो शोधकार्य शब्दभण्डारको आवृत्ति गणनामा विधिमा आधारित रहेको छ । उक्त पाठ्यपुस्तकमा प्रयोग भएका शब्दहरूलाई विधागत रुपमा वर्गीकरण गरी तिनको आवृत्ति संख्या निकाल्ने काम गरिएको छ । उक्त कक्षा चारको मेरो नेपाली किताबमा जम्मा १५७१ शब्दहरू रहेको पाइन्छ । आवृत्ति भएका शब्दहरू जम्मा ६६३ र आवृत्ति नभएका शब्दहरू जम्मा ९०८ रहेका छन् । पदवर्गका दृष्टिले हेर्दा नाम वर्गका शब्दहरू जम्मा ८४० (जम्मा शब्द सङ्ख्याको ५३.४६%), त्यसैगरी सर्वनाम जम्मा ४० (जम्मा शब्द संख्याको २.५४%), विशेषण जम्मा २८२ (जम्मा शब्द संख्याको १७.८५%), क्रिया विशेषण जम्मा ९८ (जम्मा शब्दसंख्याको ६.२३%), क्रिया जम्मा २२२ (जम्मा शब्दसंख्याको १४.१३%), नामयो.गी जम्मा ४१ (जम्मा शब्द संख्याको ६०%), संयोजक जम्म १९ (जम्मा शब्द संख्याको १.२०% र निपात जम्म २९ (जम्मा शब्द संख्याको १.८४%) रहेका छन् । त्यसैगरी स्रोतका दृष्टिले सवभन्दा धेरै तद्भव शब्द जम्मा ९२९ (जम्मा शब्द संख्याको ५९.१३%), त्यसैगरी तत्सम शब्द जम्मा ४९६ (जम्मा शब्द संख्याको ३१.५७%), त्यसैगरी आगन्तुक शब्द जम्मा १३७ (जम्मा शब्द संख्याको ८.७२%) र अनुकरणमूल शब्द जम्मा ९ (जम्मा शब्द संख्याको ०.५७%) रहेका छन् र शून्य आवृत्ति देखि अधिकतम २५० (हुनु) पटक सम्म आवृत्ति भएका शब्दहरू उक्त पाठ्यपुस्तकमा रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8499
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनेपाली भाषा Nepali bhashaen_US
dc.subjectआवृत्ति अध्ययन Abritti adhyayanen_US
dc.titleकक्षा चारको मेरो नेपाली किताबमा प्रयुक्त शब्दहरूको आवृत्तिको गणना {Kakshya Charko Mero Nepali Kitabma Prayukta Shabdaharuko Abrittiko Ganana}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
81.57 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
910.9 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: