बालमैत्री कक्षाकाेठामा किताब कुनाकाे प्रयाेग { Balmaitri kakshakothama kitab kunako pryog}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार
यस शोध अध्ययनको शीर्षक बालमैत्री कक्षाकोठामा किताब कुनाको प्रयोग छनोट गरिएको छ । अध्ययन अनुसान्धानको लागि किताब कुनाको प्रयोगले सिकाइमा पारेको प्रभाव पत्ता लगाउनु मुख्य उद्देश्य रहेको छ ।
यस शोध अध्ययनको लागि गुणात्मक र परिमाणात्मक दुवै मिश्रित ढाँचा प्रयोग गरिएको छ । शोध अध्ययन अगाडी बढाउनको लागि धनकुटा जिल्लामा १० वटा सामुदायिक विद्यालयहरूमा युनिसेफ, विश्वशिक्षा र शिक्षा मन्त्रालयको त्रिपक्षीय सहयोगमा बालमैत्री शिक्षा लागु भई हाल कक्षाकोठामा किताब कुनाको प्रयोग भएको छ । किताब कुना लागु भएका पाख्रिवास स्रोतकेन्द्र अन्तरगतका दुइवटा विद्यालयहरू श्री जनकल्याण नि.मा.वि. सान्ने ८ र श्री ढुङ्गेधारा नि.मा.वि. पाख्रिवास ७ लाई उद्देश्यपूर्ण ढंगबाट नमूना छनोटमा लिइएको छ । ४७ जनाको उद्देश्य पूर्ण ढंगबाट नमूना छनोट गरिएको छ । तथ्यांक संकलन गर्नको लागि प्राथमिक र सहायक दुवै स्र्रोतहरू प्रयोग गरी खुल्ला प्रश्नावली, अन्तर्वार्ता अनुसूची साथै निर्देशिका प्रश्नावली जस्ता तथ्यांक संकलनका साधनहरू प्रयोग गरी शोध अध्ययन पुरा गर्ने कार्य गरिएको छ ।
कक्षाकोठामा किताब कुनाको प्रयोगले सिकाइमा पारेको प्रभावको अध्ययनको क्रममा किताब कुना प्रयोग गर्न भौतिक सामग्रीहरू अन्तर्गत प्रत्येक कक्षाकोठामा टीनको बाकस, बुककेस, र्याक, दराज, टेवल र डोरीहरू प्रयोग गरिएको पाइयो । बाल सन्दर्भ सामग्रीहरू, विद्यार्थीहरूद्वारा निर्मित सन्दर्भ सामग्रीहरू प्रत्येक कक्षाकोठामा राखिएको पाइएको छ । बाल सन्दर्भ सामग्रीहरू शिक्षक र विद्यार्थी दुवै पक्षले शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने गरिएको र विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सीपका चारवटै पक्षमा प्रभाव पारेको पाइयो । नेपाली, गणित र अंग्रेजी विषयको औषत सिकाइ उपलब्धि वृद्धि भएता पनि गणित विषयमा ह्रास आएको पाइयो । किताब कुनाको प्रयोगमा प्रभाव पार्ने तत्वहरूमा मुख्य रूपले तालिम, आर्थिक, शिक्षण पद्धति तथा भौतिक सामग्रीहरू जस्ता पक्षहरू रहेको पाइयो । किताब कुना प्रयोगको समस्याहरूमा बाल सन्दर्भ सामग्री पर्याप्तता नहुनु, पुनर्ताजकी तालिमको अभाव, सुपरिवेक्षणको कमी र भौतिक सामग्रीहरूको उचीत प्रबन्ध नभएको पाइयो । विषयतग रूपमा किताब कुनाकोे कम प्रयोग भएको पाइयो । कक्षा शिक्षण गर्ने शिक्षकलाई एक पटक तालिम दिएपछि पुनः पुनर्ताजकि तालिमको व्यवस्था नगर्दा शिक्षण सिकाइ क्रियाकलापमा किताब कुनाको प्रयोग परम्परागत ढङ्गबाटनै सञ्चालन हुनसक्ने निष्कर्ष निकालिएको छ । किताब कुनाको प्रयोगबाट बालबालिकामा रचनात्मक क्षमताको विकास तथा छलफल गर्ने वानिको विकास जस्ता सिकाइ उपलब्धीलाई सकारात्मक प्रभाव पारेको छ । किताब कुनाको प्रायोगले बालबालिकाको सर्वाङ्गीण विकासमा समेत सहयोग पु¥याएको देखिन्छ ।
किताब कुनाको जानकारी हाल सबै पक्षमा थाहा नपाई सकेको अवस्था रहेको हुँदा शैक्षिक चेतनामूलक कार्यक्रम मार्फत सर्वत्र परिचित गराउनु पर्ने देखिन्छ । किताब कुनाको प्रयोग विद्यार्थी केन्द्रित शिक्षण विधि मार्फत प्रयोग गर्नु पर्ने, बालमैत्री शिक्षणको अवधारणा अनुरूप शिक्षण सिकाइ क्रियाकलापलाई आत्मसाथ गरी अगाडि बढाउनु पर्ने साथै कक्षा शिक्षण गर्ने शिक्षकलाई समय समयमा तालिमको व्यवस्था गर्नु पर्ने र सम्पूर्ण सम्बद्ध पक्षले किताब कुनाको प्रयोगमा सहयोग प्रदान गर्नु पर्ने देखिन्छ ।