किशोर अवस्थाको विवाहले आमा र बच्चाको स्वास्थ्यमा पारेको असर {Kishor abasthako biwahle aama ra bachchako swasthyma pareko asar}

dc.contributor.advisorराजेन्द्र कार्की Rajendra Karki
dc.contributor.authorपौड्याल, सीतादेवी Paudyal, Sitadevi
dc.date.accessioned2024-12-02T05:43:47Z
dc.date.available2024-12-02T05:43:47Z
dc.date.issued2013
dc.description.abstractइलाम जिल्ला दानावारी वडा नं. ४ मा किशोरावस्थाको विवाहले किशोरी आमा र तिनीहरका बच्चाको स्वास्थ्यमा पारेको असर पत्ता लगाउन भन्ने शिर्षक छनौट गरिएको छ । यसमा तीन वटा उद्देश्यहरू राखिएको छ । किशोरीवस्थामा विवाहका कारण पत्ता लगाउन, किशोरावस्थामा विवाह भएका आमाहरूको स्वास्थ्यमा देखिएको समस्या पत्ता लगाउन र किशोरी आमाहरूको जन्म भएका बच्चाहरूको स्वास्थ्यमा देखिएका असर पत्ता लगाउन । वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका किसोरा अवस्थामा विवाह गरेर किशोरावस्थामा नै आमा बनेका ५० जना किशोरी आमाहरूलाई नमुनाका रूपमा छनौटगरिएको छ । यस अध्ययनमा उद्देश्यपूर्ण नमुना छनौट विधिको प्रयोग गरिएको छ । यसकालागि खुला तथा बन्द प्रश्नावलीको माध्यमबाट अन्तर्वार्तालाई अनुसन्धाका साधनका रूपमा प्रयोग गरिएको छ । नमूनामा परेका ५० जना किशोरी आमाहरूमा आफन्तले केटा राम्रो छ भनेर, करकापमा परेर, आमाले कटाको परिवार राम्रो छ भनेर, सगैको साथीको विवाह छिटो भएरर आफै केटा मन पराएर छिटो विवाह गरेको पाइयो । यसरी हेर्र्दा २१ जना वा ४२ प्रतिशत वा आमाले केटाको परिवार राम्रो छ भनेर छिटो विवाह हुने गरेको पाइयो । त्यस्तै किशोरावस्थामा विवाह गरेर किशोरावस्थामा नै आमा बनेका किशारी आमाहरूलाइ गर्भवती भएको समयमा तल्लो पेट दुख्नेृ, बढी रगत बग्ने र पाठेघर झरे जस्तो हुने समस्या भएको पाइयो । यसरी नै किशोरी आमाबाट जन्मेका बच्चालाइ १ वर्ष भित्र निमोनिया, ज्वारो आउन र झाडापखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएका पाइयो । निष्कर्षमा भन्नुपर्दा उक्त क्षेत्रका किशोरीहरूमा उचित शिक्षा दिक्षाको अभावले गदाउनीहरूको कलिलो उमेरमा नै विवाह हुने गरेको पाइयो उनीहरूलाई किशोरावस्थमा विवाह गर्नु हुँदैन यसले आमा र बच्चाको स्वास्थ्यमा नकरात्मक असर पर्छ भन्ने ज्ञानको कमी रहेका पाइयो । जसले गर्दा उनीहरूबाट जन्मेका सन्तानलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताउने गरेको पाइयो ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/23284
dc.language.isoen_US
dc.subjectकिशोर अवस्था Kishor abastha
dc.subjectगर्भवती अवस्था Garbhawati abastha
dc.titleकिशोर अवस्थाको विवाहले आमा र बच्चाको स्वास्थ्यमा पारेको असर {Kishor abasthako biwahle aama ra bachchako swasthyma pareko asar}
dc.typeThesis
local.academic.levelMasters
Files
Original bundle
Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
597.14 KB
Format:
Adobe Portable Document Format
License bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:
Collections