शैक्षणिक दृष्टिले लाेकगीतकाे उपयाेगिता {Shaikshanik drishtile lokgeetko upyogita}

dc.contributor.authorघिमिरे Ghimire, काैशल Koushal
dc.date.accessioned2023-11-24T09:41:06Z
dc.date.available2023-11-24T09:41:06Z
dc.date.issued2016
dc.description.abstractनेपाली लोक साहित्यमा मात्र नभई लिखित साहित्यको समृद्धिका लागि समेत लाकगीत बलियो आधार स्तम्भका रुपमा रहेको छ । नेपाली लोकजीवनका विविध अनुभूतिहरु लेकगीत मार्फत् अभिव्यक्त भएका हुन्छन् । यस्ता अभिव्यक्तिहरुमा भाषाका विभिन्न बान्कीहरू तयार हुन पुग्दछन् । भाषामा आउने यस्ता विशेषताहरुले शिक्षण कार्यमा समेत रोचकता ल्याउने भावमा तिख्खरपन आउने हुनाले लोकगीत पनि शैक्षणिक दृष्टिले उपयोगी हुन्छन् । यसै उद्देश्यमा केन्द्रित रही अध्ययनका लागि प्रस्तुत शीर्षक चयन हुन पुगेको हो । यसका लागि बलखु गा.वि.स.मा प्रचलित लोक गीतहरु अध्ययनका लागि प्रस्तुत गरिएको छ । बलखु गा.वि.स.मा प्रचलित लोकगीतहरू प्रशस्त पात्रामा रहेका छन् । तर यहाँका लोकगीतका बारेमा व्यवस्थित किसिमले हालसम्म अध्ययन र अनुसन्धान भएको पाइँदैन । त्यसैले प्रस्तुत अध्ययन निम्नलिखित समस्यामा आधारित भई गरिएको छ ः (१) ओखलढुङ्गा जिल्लाको बलखु गा.वि.स.मा के–कस्ता लोकगीतहरु प्रचलित छन् ? (२) बलखु गा.वि.स.मा प्रचलित लोकगीतहरुलाई के–कति वर्गमा वर्गीकरण गर्न सकिन्छ ? (३) बलखु गा.वि.स.मा प्रचलित लोकगीतहरुलाई विषयवस्तु, प्रस्तुति, संरचना र भाषाशैलीका आधारमा शैक्षणिक दृष्टिले के–कसरी उपयोग गर्न सकिन्छ ? प्रस्तुत अध्ययन उपर्युक्त समस्यामा आधारित भएर गरिने हुँदा यस शोध अध्ययनका उद्देश्यहरु निम्न रहेका छन् ः (क) ओखलढुङ्गा जिल्लाको बलखु गा.वि.स.मा प्रचलित लोकगीतहरुको सङ्कलन गर्नु, (ख) बलखु गा.वि.स.मा प्रचलित लोकगीतहरुको वर्गीकरण गर्नु, (ग) बलखु गा.वि.स.मा प्रचलित लोकगीतहरुको विषयवस्तु, प्रस्तुति, संरचना र भाषाशैलीका आधारमा शैक्षणिक उपयोगिताको सन्दर्भ पहिचान गर्नु । लोकगीतमा लोकजीवनका विविध पक्ष सुख–दुःख, आँसु–हाँसो, तीता मीठा अनुभव, धर्म संस्कृति जस्ता कुराहरु अभिव्यक्त भएका हुन्छन् । आजको पश्चिमी सभ्यता, संस्कृति र आधुनिक सञ्चार माध्यमको विकास सँग–सँगै स्थानीय मूल्य र मान्यतालाई झल्काउने लोकगीतहरु ओझेलमा पर्दे गएको अवस्थामा लोकगीतको अध्ययन, अनुसन्धान र सम्बद्र्धन गरिनु अति आवश्यक छ । यसै आवश्यकतालाई ध्यानमा राखी ओखलढुङ्गा जिल्लाको बलखु गा.वि.स.मा जनगलामा छरिएर रहेका लोगीतहरुलाई प्रस्तुत अध्ययन प्रतिवेदनले सङ्कलित गर्ने महत्वपूर्ण कार्य गर्ने हुनाले यसको महत्व र औचित्व स्वतः प्रस्टिने छ । ती लोकगीतहरुको वर्गीकरण र विश्लवेषण समेत गरिने यस अध्ययनबाट लोकसाहित्यका अध्येता एवम् लोक साहित्यप्रति रुचि राख्नेहरुलाई आवश्यक सामग्री उपलब्ध गराउने र नेपालका विभिन्न क्षेत्रका लोकगीतहरुको तुलनात्मक अध्ययन गर्न र नेपाली लोकगीतको अध्ययन–अध्यापन कार्यमा समेत केही सहायता मिल्ने हुनाले यस शोधपत्रको औचित्य र महत्व त्यसै पनि आध्ययनीय रहने छ । नेपाली साहित्यका क्षेत्रमा लोकगीतको क्षेत्र व्यापक भए पनि यस अध्ययन प्रतिवेदनमा बलखु गा.वि.स.मा नेपाली भाषामा प्रचलित लोकगीतहरु मात्र सङ्कलन गरी तिनको वर्गीकरण गरिएको छ । यस अध्ययनलाई पाँच अध्यायमा बाँडिएको छ । ओखलढुँगा जिल्लाअन्तर्गत बलखु गा.वि.स.मा प्रचलित नेपाली लोकगीतहरुको सङ्कलन वर्गीकरण र विश्लेषण शीर्षकको यस अध्ययन प्रतिवे्दनका समस्या उदेश्य,औचित्य,सीमाङ्कन,अध्ययन प्रतिवेदनका रुपरेखा आदिको परिचय दिइएको छ । दोस्रो परिच्छेदमा ओखलढुँगा जिल्लाअन्तर्गत बलखु गा.वि.स.को सङ्क्षिप्त परिचय दिइएको छ । यस क्रममा बलखुको ऐतिहासिक पृष्ठभूमि,भौगोलिक परिचय राजनैतिक, प्रशासनिक विभाजन जनजीवनका बारेमा सामान्य जानकारी गराइएको छ । परिच्छेद तीनमा लोकसाहित्यको एक प्रमुख अंग लोकगीतको सङ्क्षिप्त सैद्धान्तिक परिचय दिइएको छ । यस क्रममा विभिन्न उपशीर्षक अन्तर्गत लोकसाहित्यको परिभाषा, वर्गीकरण र विशेषता आदिबारे चर्चा गरिएको छ । परिच्छेद चारमा ओखलढुँगा जिल्ला अन्तर्गत बलखु गा.वि.स.मा प्रचलित नेपाली भाषाका लोकगीतको संकलन प्रस्तुत गरिएको छ । परिच्छेद पाँचमा ओखलढुँगा जिल्ला अन्र्तगत बलखु गा.वि.स.मा प्रचलित नेपाली लोकगीतहरुलाई प्रथमत ः संरचना र सहभागिताका आधारमा शैक्षणिक दृष्टिले अध्ययन गर्ने प्रयास गरिएको छ । यस्तो अध्ययनमा यहाँका सम्पूर्ण लोकगीतहरु समेटिन नसकेकोमा यहाँका लोकगीतहरुलाई समग्र रुपमा बाह्रमासे गीत कर्मगीत, संस्कारगीत र पर्वगीत गरी जम्मा चारप्रकारमा वर्गीकरण र विश्लेषण गरी सवै प्रकारका लोकगीतको सामान्य शैक्षणिक उपयोगिता प्रस्तुत प्रयास गरिएको छ । बाह्रमासे गीत अन्तर्गत पर्ने एकोहोरी, दोहोरी, सँगीनी, वालगीत भजन र वालन जस्ता गीतहरु यहाँ बाह्रै महिना गाइन्छन् । यस्ता गीतले मानव जीवनका सम्पूर्ण पक्षलाई छोएको हुन्छ । कर्मगीत अन्तर्गत पर्ने असारे दाइँगीतको यहाँ गरिने कामको परिचय दिनुका साथै भिन्ता यहाँको कृषक जीवनमा भोगाइ र मनोदशाहरु व्यक्त भएका हुन्छन् । संस्कार गीत अन्तर्गत पर्ने रत्यौली, सिलोक, खाँडो जस्ता गीतहरुले यस जिल्लाको परमपरित संस्कारको संरक्षण गर्दै आएका छन् । तीज, भैलो देउसीजस्ता पर्वगीतहरुले यस जिल्लामा प्रचलित चाडपर्वहरुको जानकारी गराउँछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/20694
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectप्रचलित लोकगीत Prachalit lokgeeten_US
dc.subjectनेपाली लोक साहित्य Nepali lok sahityaen_US
dc.titleशैक्षणिक दृष्टिले लाेकगीतकाे उपयाेगिता {Shaikshanik drishtile lokgeetko upyogita}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पसen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
64.3 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
218.77 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: