कक्षा छको हाम्रो नेपाली किताब र नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा छको तुलना
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
कक्षा छको हाम्रो नेपाली किताब र नयाँ नेपाली भाषा पाठ्यपुस्तक कक्षा छको तुलना
शीर्षको शोधपत्रमा भाषा पाठयपुस्तकको अध्ययन तथा विश्लेषण गर्दा अपनाइने सिद्धान्तकाका
आधारमा हाम्रो नेपाली किताब कक्षा ६ र नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा ६ को
तुलनात्मक अध्ययन तथा विश्लेषण गरी तिनीहरुबिच तुलनात्मक अध्ययन पनि गरिएको छ ।
यस शोधपत्रको उद्देश्य अन्तर्गत आन्तरिक र बाह्य विशेषताका आधारमा हाम्रो नेपाली किताब
कक्षा ६ र नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा ६ को अध्ययन गर्नु, उक्त भाषा
पाठयपुस्तकहरुमा रहेका सबल र दुर्बल पक्षहरु केलाउनु, उक्त भाषा पाठयपुस्तकमा रहेका कमी
कमजोरीहरु पत्ता लगाउनु, दुबै भाषा पाठयपुस्तकबिच तुलनात्मक अध्ययन गरी निष्कर्ष र
सुझाव दिनु रहेको छ ।
गुणात्मक विधिअन्तर्गत ग्रन्थ विश्लेषण विधि, पुस्तकालय विधि तथा तुलनात्मक विधिको
प्रयोग गरी यो शोधकार्यलाई अन्तिम रूप दिइएको छ । तथ्याङकलाई तालिकीकरण समेत गरी
स्पष्ट पार्ने प्रयास गरिएको छ । त्यसका साथै भाषा पाठयपुस्तकका विद्वान, बुद्धिजीवी, लेखक
तथा सरोकारवालाहरुको परामर्शलाई पनि यस शोधकार्यको आधार मानिएको छ ।
भाषा पाठयपुस्तक निर्माण सिद्धान्तका आधारमा निर्धारित भाषा पाठयपुस्तकको
तुलनात्मक विश्लेषण गरिएको यस अनुसन्धानबाट हाम्रो नेपाली किताब कक्षा ६ को केही
विषयवस्त बालबालिकाको अनुभव र वातावरणीय क्षेत्रबाट लिइएको देखिदैन । उक्त सिद्धान्तका
आधारमा विश्लेष्य पाठयपुस्तकहरुका बाह्य तथा आन्तरिक पक्षको विश्लेषण गरी निष्कर्ष
निकालिएको छ । त्यस्तै नयाँ नेपाली भाषा पाठयपुस्तकमा पनि केही विषयवस्तु जटिल र
बोझिला रहेपनि केही विषयवस्तु बालबालिकाको अनुभव, क्षेत्र र वातावरणबाट लिइएको छ ।
नयाँ नेपाली भाषा पाठयपुस्तक हाम्रो नेपाली किताबभन्दा बढी अभ्यासमलक हुनु, कार्यमूलक
व्याकरण जस्तो व्याकरणको अभ्यास राखिनु, वर्तमान समयमा सान्दर्भिक शङखधर साख्वाँ र
लुइपाश्चर जस्ता व्यक्तित्वको जीवनी पुस्तकामा राखिनु यस पुस्तकका सकारात्मक पक्षहरु
देखिन्छन । हाम्रा नेपाली किताब कक्षा छका केही पाठहरु जस्तो हिमालजस्ता प्रबन्धहरुमा,
विम्बात्मक, प्रतीकात्मक र आलङ्कारिक भाषाको प्रयोग भएको छ भने तुलनात्मक रूपमा नयाँ
नेपाली भाषा पाठयपुस्तक कक्षा छमा प्रयोग भएका भाषा सरल प्रकृतिका रहेको छ ।
दुबै भाषा पाठयपुस्तकमा छपाइमा केही अस्पष्टता छ भने बँधाइमा धागोको प्रयोग
गरिएको छैन । आकारका दृष्टिले दुबै भाषा पाठयपुस्तक समान जस्तै नै रहेका छन । मुखावरण
पृष्ठ र अन्त्यावरण पृष्ट दुबै भाषा पाठयपुस्तकको उस्तै नै देखिन्छ । नयाँ नेपाली भाषा
पाठयपुस्तकमा प्रयोग भएको कागज केही चिल्लो र सफा भए पनि पातलो कमसल प्रकृतिको
देखिन्छ ।
समग्रमा दुवै भाषा पाठयपुस्तकहरु महत्तवपूर्ण र उपयोगी रहेका छन भने धेरै सबल
पक्ष हुँदा हुँदै पनि केही दुर्बल पक्ष पनि रहेको निष्कर्ष निकालेर आवश्यक सुझावहरु दिइएको
छ । हाम्रो नेपाली किताब कक्षा ६ भन्दा नयाँ नेपाली भाषा पाठयपुस्तक अभ्यासमूलक
व्यवहारिक र भाषा शिक्षणका लागि बढी प्रयोगमूलक रहेको निष्कर्ष निकालिएको छ ।
