विद्यालयकाे शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापककाे भूमिका { Bidhyalayako saikshik byabasthapanma pradhandyapakko bhumika}

dc.contributor.advisorसन्तोषकुमार बराल (Santoshkumar Baral)
dc.contributor.authorघिमिरे, मेदिनी (Ghimire, Madeni)
dc.date.accessioned2026-02-23T10:07:47Z
dc.date.available2026-02-23T10:07:47Z
dc.date.issued2014
dc.description.abstractमानव एक सामाजिक प्राणी हो, शिक्षा उसको अभिन्न अंग हो । यो बिना मानव जीवनको उद्देश्य पूरा हुन सक्तैन । आजको २१ औं सताब्दीमा विद्यालयमा प्रदान गरिने शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्छ भन्ने जनगुनासो आइरहेको बेलामा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने भएकोले यस प्रकारको शोध शीर्षक राखी शोध अध्ययनलाई अन्तिम रुप दिने प्रयास गरिएको छ । यस शोध अनुसन्धानका प्रमुख उद्देश्यहरुमा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिकाको अध्ययन गर्नु, सामुदायिक विद्यालयको आर्थिक, भौतिक र मानव संसाधन व्यवस्थापनमा प्र.अ.को प्रभावको विश्लेषण गर्नु, शैक्षिक व्यवस्थापनका समस्याहरु समाधानमा प्र.अ.को भूमिका खोजी गर्नु र शैक्षिक व्यवस्थापनको लागि प्र.अ.को भूमिकालाई प्रभावकारी बनाउने उपायहरु खोजी गर्नु रहेको छ । यी उद्देश्यहरुलाई पूरा गर्ने सिसिलामा सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदवारी नगरपालिका क्षेत्रलाई समेटी सञ्चालित खाँदवारी अगुवा स्रोतकेन्द्रका २ वटा उ.मा.वि., २ वटा मा.वि. र २ वटा प्रा.वि.लाई छनौट गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यस अध्ययन कार्यलाई पूरा गर्न ५ वटा परिच्छेदमा शोध पत्रलाई विभाजन गरिएको छ । उक्त शोध कार्य सम्पन्न गर्न प्र.अ., शिक्षक, वि.व्य.स. का अध्यक्ष, शि.अ.सं.का अध्यक्ष, अभिभावकहरु र विद्यार्थीहरुलाई प्रश्नावली गराइएको थियो । नमूना छनौट एगचउयकभाग,ि ऋगिकतभच, च्बलमयm क्बmउष्लिन मा आधारित खालको छ । प्रश्नावलीबाट प्राप्त भएका विभिन्न धारणा र तथ्याङ्कहरुलाई तालिका बनाई वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक रुपमा मिश्रित ढाँचाबाट प्रस्तुत गरिएको छ । अध्ययनको क्रममा विधिको रुपमा नमुना छनौट विधि, स्थलगत अध्ययन, अन्तरवार्ता, छलफल, अवलोकन आदिको प्रयोग गरी प्राथमिक र सहायक दुवै स्रोतबाट सङ्कलन गरिएको सूचनाको गुणात्मक विधिबाट व्याख्या विश्लेषण गरिएको छ । सिद्धान्तगत रुपमा हेनरी फेयलको प्रशासकिय व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन गरिएको छ । विभिन्न तथ्य तथ्याङ्क र विश्लेषणको आधारमा शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने देखिएको छ । विद्यालयमा प्राप्त आर्थिक तथा भौतिक स्रोत र साधनको परिचालन गर्नु, उपलब्ध मानव संशाधनको व्यवस्थापन, उत्तरदायित्व र पारदर्शिताको प्रत्याभूति व्यवस्थापन, विद्यालय सञ्चालन प्रकृया तथा विद्यालपले प्राप्त गरेको उपलब्धिको व्यवस्थापन गर्दै योजना निर्माण, कार्यान्वयन र मूल्यांकनलाई प्रभावकारी बनाउनु नै कुशल व्यवस्थापनमा प्र.अ.को जिम्मेवारीको क्षेत्र रहने यस शोध पत्रको निष्कर्ष रहेको छ । त्यसकारण विद्यालयको शैक्षिक, आर्थिक र भौतिक विकास गर्न प्र.अ. शिक्षक, विद्यार्थी, वि.व्य.स.,शि.अ.सं, अभिभावक, समाजसेवी, बुद्धिजिवी, राजनीतिकर्मी सरोकारवाला सबैको दायित्व हुनुपर्ने देखिन्छ र खासगरी राज्यको तर्फबाट नियमित अनुगमन, सुपरीवेक्षण, लगानि, सेवा सुविधा उपलब्ध गराई सो कार्यमा स्थानीय निकायहरुलाई योजनावद्ध कार्यक्रम बनाई सहयोग गर्न प्रोत्साहित गर्दै गुणात्मक शिक्षा प्रदान गर्न सहयोग गर्नुपर्ने देखिन्छ ।   मानव एक सामाजिक प्राणी हो, शिक्षा उसको अभिन्न अंग हो । यो बिना मानव जीवनको उद्देश्य पूरा हुन सक्तैन । आजको २१ औं सताब्दीमा विद्यालयमा प्रदान गरिने शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्छ भन्ने जनगुनासो आइरहेको बेलामा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने भएकोले यस प्रकारको शोध शीर्षक राखी शोध अध्ययनलाई अन्तिम रुप दिने प्रयास गरिएको छ । यस शोध अनुसन्धानका प्रमुख उद्देश्यहरुमा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिकाको अध्ययन गर्नु, सामुदायिक विद्यालयको आर्थिक, भौतिक र मानव संसाधन व्यवस्थापनमा प्र.अ.को प्रभावको विश्लेषण गर्नु, शैक्षिक व्यवस्थापनका समस्याहरु समाधानमा प्र.अ.को भूमिका खोजी गर्नु र शैक्षिक व्यवस्थापनको लागि प्र.अ.को भूमिकालाई प्रभावकारी बनाउने उपायहरु खोजी गर्नु रहेको छ । यी उद्देश्यहरुलाई पूरा गर्ने सिसिलामा सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदवारी नगरपालिका क्षेत्रलाई समेटी सञ्चालित खाँदवारी अगुवा स्रोतकेन्द्रका २ वटा उ.मा.वि., २ वटा मा.वि. र २ वटा प्रा.वि.लाई छनौट गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यस अध्ययन कार्यलाई पूरा गर्न ५ वटा परिच्छेदमा शोध पत्रलाई विभाजन गरिएको छ । उक्त शोध कार्य सम्पन्न गर्न प्र.अ., शिक्षक, वि.व्य.स. का अध्यक्ष, शि.अ.सं.का अध्यक्ष, अभिभावकहरु र विद्यार्थीहरुलाई प्रश्नावली गराइएको थियो । नमूना छनौट Purposeful, Cluster, Random Sampling मा आधारित खालको छ । प्रश्नावलीबाट प्राप्त भएका विभिन्न धारणा र तथ्याङ्कहरुलाई तालिका बनाई वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक रुपमा मिश्रित ढाँचाबाट प्रस्तुत गरिएको छ । अध्ययनको क्रममा विधिको रुपमा नमुना छनौट विधि, स्थलगत अध्ययन, अन्तरवार्ता, छलफल, अवलोकन आदिको प्रयोग गरी प्राथमिक र सहायक दुवै स्रोतबाट सङ्कलन गरिएको सूचनाको गुणात्मक विधिबाट व्याख्या विश्लेषण गरिएको छ । सिद्धान्तगत रुपमा हेनरी फेयलको प्रशासकिय व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन गरिएको छ । विभिन्न तथ्य तथ्याङ्क र विश्लेषणको आधारमा शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने देखिएको छ । विद्यालयमा प्राप्त आर्थिक तथा भौतिक स्रोत र साधनको परिचालन गर्नु, उपलब्ध मानव संशाधनको व्यवस्थापन, उत्तरदायित्व र पारदर्शिताको प्रत्याभूति व्यवस्थापन, विद्यालय सञ्चालन प्रकृया तथा विद्यालपले प्राप्त गरेको उपलब्धिको व्यवस्थापन गर्दै योजना निर्माण, कार्यान्वयन र मूल्यांकनलाई प्रभावकारी बनाउनु नै कुशल व्यवस्थापनमा प्र.अ.को जिम्मेवारीको क्षेत्र रहने यस शोध पत्रको निष्कर्ष रहेको छ । त्यसकारण विद्यालयको शैक्षिक, आर्थिक र भौतिक विकास गर्न प्र.अ. शिक्षक, विद्यार्थी, वि.व्य.स.,शि.अ.सं, अभिभावक, समाजसेवी, बुद्धिजिवी, राजनीतिकर्मी सरोकारवाला सबैको दायित्व हुनुपर्ने देखिन्छ र खासगरी राज्यको तर्फबाट नियमित अनुगमन, सुपरीवेक्षण, लगानि, सेवा सुविधा उपलब्ध गराई सो कार्यमा स्थानीय निकायहरुलाई योजनावद्ध कार्यक्रम बनाई सहयोग गर्न प्रोत्साहित गर्दै गुणात्मक शिक्षा प्रदान गर्न सहयोग गर्नुपर्ने देखिन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25669
dc.language.isone
dc.subjectशैक्षिक व्यवस्थापन (Saikshik byabasthapan)
dc.subjectप्रधानध्यापकको भूमिका (Pradhandyapakko bhumika)
dc.titleविद्यालयकाे शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापककाे भूमिका { Bidhyalayako saikshik byabasthapanma pradhandyapakko bhumika}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleवरुण बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
413.19 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: