सामुदायिक विद्यालयका दलित विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा छात्रवृत्तिको प्रभाव {Educational of Dalit students in community schools The effect of scholarship on achievement}

dc.contributor.authorशर्मा Sharma, शान्ता Shanta
dc.date.accessioned2022-02-03T07:01:26Z
dc.date.available2022-02-03T07:01:26Z
dc.date.issued2010
dc.description.abstractसामुदायिक विद्यालयहरुमा सरकारी एंव गैरसरकारी क्षेत्रबाट छात्रवृत्ति कार्यक्रम मार्फत गरिएको लागनीको ठुलो हिस्सा दलित विद्यार्थीहरुमा परेको पाइएको छ । उक्त छात्रवृत्तिको कार्यक्रमले दलित विद्यार्थीहरुमा परेको प्रभावको लेखाजोखा गर्ने मुख्य उद्देश्यका साथ सामुदायिक विद्यालयका दलित विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा छात्रवृत्तिको प्रभाव नामक शोधपत्र तयार गरिएको हो । यो शोधकार्य गुणात्मक प्रकृतिको छ । छात्रवृत्तिको प्रभाव मापन गर्ने उद्देश्य पुर्ति गर्न द्धितिय स्रोतवाट संख्यात्मक तथ्याङ्कहरु संकलन गरी तथ्याङ्क शास्त्रीय विधिबाट विश्लेषण गरिएको छ भने विद्यार्थीहरुको शैक्षिक उपलब्धिका चुनौतीहरु र उपलब्धि वृद्धिका उपायहरु पहिचान गर्न प्रश्नावलीवाट प्राप्त गुणात्मक तथ्याङ्कको विश्लेषण गरी व्याख्यात्मक एंव वर्णनात्मक विधिद्वारा प्रस्तुत गरिएको छ । प्रश्नावली र स्थलगत सर्वेक्षण फारमलाई अध्ययन साधनको रुपमा निमार्ण गरी प्राथमिक र द्धितिय दुबै स्रोतबाट तथ्याङ्कहरु संकलन गरिएको छ । छात्रवृत्ति प्राप्त गरेका दलित विद्यार्थीहरु र छात्रवृत्ति प्राप्त नगरेका जनजाती विद्यार्थीहरुको शैक्षिक उपलब्धिको मापन गर्ने सुचकको रुपमा भर्ना, कक्षा छाड्ने, दोहो¥याउने, उत्तीर्ण हुने, प्रा.वि. तह पार गर्ने दर र सिकाई उपलब्धिस्तरको श्रेणिकरणलाई लिइएको छ । दुबै समुहका विद्यार्थीहरुको शैक्षिक उपलब्धिको लेखाजोखा गर्ने क्रममा भर्नादर वाहेक कक्षा छाड्ने, दोहो¥याउने, उत्तिर्ण हुने, प्रा.वि. तह पार गर्ने दरका साथै सिकाई उपलब्धि स्तर दलित विद्यार्थीहरुका भन्दा जनजाती विद्यार्थीहरुको राम्रो पाइएको छ । दलितमा सबै र सम्पुर्ण विद्यार्थी मध्येबाट ५९% दलित विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेपनि ५९% नै दलित विद्यार्थीहरुको सिकाई उपलब्धिको स्तर अत्यन्त न्युन रहेको पाइएको छ । तुलनात्मक रुपमा सचेत र साक्षर दलित अभिभावकका बच्चा बच्चीले भने कक्षामा राम्रो स्थान ल्याउन सफल भएको पाइएको छ । दलित विद्यार्थीहरुको शैक्षिक उपलब्धिका चुनौतिको रुपमा तल्लो स्तरको चेतना, जातिय विभेद, गैर शैक्षिक घरायसी वातावरण, आर्थिक विपन्नता, शिक्षा प्रणालीमा रहेको दोष, सरकारी विद्यालयहरुको खस्कदो गुणस्तरलाई ठहर गरिए पनि चेतनास्तर वृद्धिले सबै चुनौतीहरुसँग मुकाविला गर्न सक्ने ठहर समेत गरिएको छ । दलितहरुमा आर्थिक पूँजी भन्दा पनि संस्कारगत पूँजीको अभाव भएको पाइएको छ । दलित विद्यार्थीका अभिभावक समेतमा शैक्षिक जागरण तथा शैक्षिक सचेतना अभिवृद्धि नगर्दा सम्म उनीहरुलाई जतीसुकै अवसर दिएपनि त्यसको सदुपयोग नहुने हुनाले राजनैतिक, साँस्कृतिक, आर्थिक, प्रजातान्त्रीक आन्दोलन मार्फत उनीहरुलाई सचेत पारे पछि मात्रै शैक्षिक अवसरको सदुपयोग हुने निष्कर्ष निकालिएको छ । वर्तमान समयमा भर्ना भएका सबै दलितले छात्रवृत्ति पाए पनि ३०% ले मात्रै छात्रवृत्तिको कारणले पढाईमा निरन्तरता दिन सकेको बताएकाले धनी दलित र गरीब दलितको पहिचान गरी गरीबलाई मात्रै छात्रवृत्ति दिने निति बनाउनु पर्ने वितरित छात्रवृत्तिको सदुपयोग गराउन अनुगमनलाई जोडदिनु पर्ने र छात्रवृत्ति प्राप्त गर्नेहरुले पनि छात्रवृत्तिको प्राप्तीलाई जातीय अधिकार नभएर शैक्षिक स्तर वृद्धिको लागि दिइएको एउटा अवसरको रुपमा ब ुझ्नु पर्ने सुझाव समेत सिफारीस गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8028
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, शिक्षा योजना तथा व्यवस्थापनen_US
dc.subjectसामुदायिक विद्यालय Community schoolen_US
dc.subjectदलित विद्यार्थी Dalit studentsen_US
dc.titleसामुदायिक विद्यालयका दलित विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा छात्रवृत्तिको प्रभाव {Educational of Dalit students in community schools The effect of scholarship on achievement}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(6).pdf
Size:
54.47 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
383.14 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: