सहकारीका माध्यमबाट महिलामा आएको सशक्तिकरण (श्री अमूल्य महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. हेम्जामा आधारित एक अध्ययन){Empowerment of women through cooperatives (Shri Amulya Mahila Vikas Bachat Tatha Rin Sahakari Sanstha Ltd. A study based on Hemja)
| dc.contributor.author | त्रिपाठी Tirpathi, बबिता Babita | |
| dc.date.accessioned | 2022-05-09T07:28:44Z | |
| dc.date.available | 2022-05-09T07:28:44Z | |
| dc.date.issued | 2020 | |
| dc.description.abstract | यस अध्ययनमा सहकारीको माध्यमबाट महिलाहरूमा आएको सशक्तिकरणको उजागरण गर्न खोजीएको छ । महिलाहरूको सामाजिक आर्थिक अवस्थाको पहिचान गर्दै उनीहरू कसरी लाभान्वित भएका छन् प्रस्टाइएको छ । लैङ्गिक विकास सिद्धान्तमा आधारित यस अध्ययनमा सहकारीले महिलाहरूको सक्रियतामा खेलेको भुमिका दर्शाएको छ । यस क्षेत्रमा सहकारीमा आवद्ध महिला सदस्यमा परेको आर्थिक र सामाजिक प्रभावहरूको अध्ययन नभएको र गर्न आवश्यक रहेकाले यो अध्ययन गरिएको हो । उद्देश्यमूलक नमुना छनोट विधिद्वारा १२३ जना महिला सदस्यहरू छनोट गरी सूचना संकलन गर्नका निमित्त प्राथमिक र द्वितीय स्रोतहरू प्रयोग गरेर वर्णनात्मक र अन्वेषणात्मक ढाँचाको अवलम्बन गर्दै मुख्य प्राप्तीहरूलाई उद्देश्यअनुसार वृत्तचित्र, तालिकीकरण र वार ग्राफद्वारा विश्लेषण गरी प्रष्टाइएको छ । अध्ययनको सर्वेक्षण गर्ने क्रममा यस सहकारीमा ३५–४५ उमेर समुहका महिलाहरू बढी आवद्ध रहेको पाइयो । जसमा धेरैजसो ब्राह्मण छन् र हिन्दु धर्म मान्दछन् । विवाहित महिलाको बाहुल्यता रहेको यस सहकारीमा साक्षर महिलाहरू धेरै छन् र कृषि पेशामा बढी निर्भर रहेका छन् । साथीबाट प्रेरित भएर आर्थिक बचतको लागि सहकारीमा लागेर फाइदा बढी भएको पाइयो भने ऋण लिन नपाइएको, तालिम लिन नपाएको गुनासो पनि भेटीयो । धेरैजसोले सहकारीबाट कृषि ऋण लिएर लगानी गरेका र लगानीबाट फाइदा उठाएको भेटीयो साथैे आम्दानी घर खर्चमा बढी प्रयोग गरेको पाइयो । सहकारीमा उत्तरदाताहरू आर्थिक विषयमा बढी अन्तरक्रिया गर्ने र समूहमा काम गर्दा सहज महसुस भएको भेटीयो । लैङ्गिक समानताको बारेमा धेरैलाई जानकारी भएको र अशिक्षा साथै घरव्यवहार चुलोचौकोका कारण आर्थिक सहभागीतामा पुरुष सरह हुन नसकेको पाइयो । सहकारीलाई अगाडि बढाउन लैङ्गिक जनचेतना, ऋण उपलब्ध, तालिमहरू, छलफल गराउनुपर्ने जस्ता विचार व्यक्त गरेको पाइयो । समग्रमा सहकारीले महिलाहरूको एक्यवद्धता र एक आपसमा बलियो सञ्जाल कायम गराउँदै महिलालाई सक्षम बनाएर सशक्तिकरण गरेको पाइएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10209 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Faculty Sociology | en_US |
| dc.subject | लैङ्गिक समानता Gender equality | en_US |
| dc.subject | महिला सशक्तिकरण Women empowerment | en_US |
| dc.title | सहकारीका माध्यमबाट महिलामा आएको सशक्तिकरण (श्री अमूल्य महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. हेम्जामा आधारित एक अध्ययन){Empowerment of women through cooperatives (Shri Amulya Mahila Vikas Bachat Tatha Rin Sahakari Sanstha Ltd. A study based on Hemja) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Prithivi Narayan Campus, Pokhara | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
