वर्तमान कक्षाा छको नेपाली पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यासहरूको अध्ययन{A study of the Sample Exercises Used in the Current Class Six Nepali Textbooks}
| dc.contributor.author | रसाइली Rasaili, सिर्जना Sirjana | |
| dc.date.accessioned | 2022-06-07T07:02:11Z | |
| dc.date.available | 2022-06-07T07:02:11Z | |
| dc.date.issued | 2018 | |
| dc.description.abstract | प्रस्तुत अध्ययनका शीर्षक कक्षा छको नेपाली पाठ्यपुस्तकमा प्रयुक्त नमुना अभ्यासहरूको अध्ययन रहेको छ । यस अध्ययन भाषिक सीप विकासका दृष्टिबाट उपयुक्तताको अध्ययनमा केन्द्रित छ । यस अध्ययनको उद्देश्य कक्षा छका वर्तमान नेपाली पाठ्यपुस्तकमा प्रयुक्त नमुना अभ्यासहरूका भाषिक सीपका आधारमा अध्ययन गर्नु हो । यस अध्ययनको अध्याय एकमा शोधको परिचय अध्ययनको उद्देश्य, महत्व÷औचित्य, अनुसन्धानात्मक प्रश्न, परिसीमा तथा पारिभाषिक वा पाविधिक शब्दहरूका उल्लेख गरिएको छ । त्यस्तै अध्याय दुईमा पूर्वकार्यमा समीक्षा गरिएको छ । यसको उद्देश्य अध्ययनीय विषयसँग सम्बन्धित शोधकार्यहरूले अनुसन्धानमा सहयोग पु¥याउने भएकाले त्यस्ता पर्वकार्यको अध्ययन गरी समीक्षा समेत प्रस्तुत गरिएको छ । यस अध्ययनले अध्ययनीय विषयसँग सम्बन्धित शोधकार्यमा भएका सबल पक्षहरूलाई मध्यनजर गर्दै सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गर्नु पनि रहेको छ । पूर्वकायहरूले समेट्ने नसकेका विषयवस्तुलाई यस शोधकार्यमा समेट्ने प्रयास गरिएको छ । यस अध्ययनमा अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधि, अध्ययनको क्षेत्र, तथ्याङ्क सङ्कलनका साधन, व्याख्या÷विश्लेषण गरिनुका साथै निष्कर्ष, सुझाव साथै उपयोगिता समेत प्रस्तुत गरी पाच अध्यायमा विभाजित छ । यो अध्ययन पुस्तकालयीय विधिमा आधारित रहेर तयार पारिएको हुँदा पुस्तकालयमा सङ्ग्रहित पाठयपुस्तक स्तक, शोधग्रन्थ, पत्रपत्रिका तथा अन्य पाठ्यपस्तकबाट सामाग्री सकलन गरी विश्लेषण गरिएको छ । यस शोधग्रन्थको अध्याय चारमा कक्षा छको वर्तमान नेपाली पाठ्यपस्तकमा समावेश गरिएका अभ्यासहरूको भाषिक सीप विकासका आधारमा वर्गीकरण गरिएको छ । पत्येक पाठमा भएका नमुना अभ्यास कुन सीपसँग सम्बन्धित छन् वा कुन सीप विकासमा सहयोग पु¥याउँदछ भन्ने कुरा पत्ता लगाइएको छ । पाठमा प्रयोग भएका अभ्यासले कसरी भाषिक सीप विकासमा सहयोग पु¥याउँदछन् भन्ने कुरालाई पनि प्रष्ट पार्ने प्रयास गरिएको छ । भाषाका चार सीप सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सीपसँग सम्बन्धित अभ्यासहरूलाई अलग–अलग छुट्याउनुका साथै एक सीप अन्तर्गत पर्ने अभ्यासलाई सयुक्त रूपमा एउटै उपशीर्षकमा समावेश गरी विश्लेषण गरिएको छ । सबै खालका भाषिक सीपलाई अभ्यासमा समावेश गर्न लामा, छोटा वा वस्तुगत कस्ता प्रश्नहरू अभ्यासका रूपमा समावेश गरिएको छ भन्ने कुरा पनि निष्कर्षमा प्रस्तुत गरिएको छ । अन्त्यमा सम्पूर्ण अध्ययनको निष्कर्ष, सबल पक्ष र सधारात्मक पक्षको विश्लेषण सहित सुझाव प्रस्तुत गरिएको छ । पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध र त्यसमा समाविष्ट नमुना अभ्यासका कमी कमजोरी पहिचान गरी आवश्यक सुधार÷संशोधन गर्नका लागि पनि यस अध्ययनले मद्दत पु¥याउन सक्छ । सिकाइमा भाषिक सीप विकास गर्न नमुना अभ्यास एकमात्र सेतु मानिने सन्दर्भमा यस्ता अभ्यास र तिनको अध्ययनको महत्व रहेको स्पष्ट हुन्छ । भाषा शिक्षणलाई समावेशीकरण गरी शैक्षिक क्षति न्युनिकरण गर्न पनि यसले सहयोग पु¥याउने देखिन्छ । पाठ्यक्रमको उद्देश्यअनुरूप पर्याप्त नमुना अभ्यासहरूको संयोजन गरी पाठ्यपस्तकमा सुधार गर्नका साथै विद्याथी केन्द्रित र कार्यकलापमुखी शिक्षण सिकाइको प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10909 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली शिक्षा सङ्काय | en_US |
| dc.subject | नेपाली पाठयपुस्तक Nepali textbook | en_US |
| dc.subject | भाषिक सीप Linguistic skill | en_US |
| dc.title | वर्तमान कक्षाा छको नेपाली पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यासहरूको अध्ययन{A study of the Sample Exercises Used in the Current Class Six Nepali Textbooks} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | जनता बहमुखी क्याम्पस इटहरी, सुनसरी | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
