प्राथमिक विद्यालयमा दलित बालबालिकाहरुका सहभागीता {Participation of Dalit children in primary school}

dc.contributor.authorराई Rai, जुद्धबहादुर Juddha Bahadur
dc.date.accessioned2022-06-21T07:11:45Z
dc.date.available2022-06-21T07:11:45Z
dc.date.issued2015
dc.description.abstractत्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय शैक्षिक योजना तथा व्यवस्थापन विभाग अन्तर्गत स्नातकोत्तर तह द्धितीय वर्षको आंशिक आवश्यकता परिपूर्तिको लागि “सामुदायिक प्राथमिक विद्यालयहरुमा दलित बालबालिकाहरुको सहभागिता” सम्बन्धी शोधपत्र तयार पारिएको छ । यस शोधपत्रमा अध्ययन क्षेत्रका विद्यालय दलित र गैरदलित बालबालिकाहरुको भर्ना स्थिति, उत्तीर्ण दर, कक्षा दोहो¥याउने दर, कक्षा छोड्ने दर, दलित विद्यार्थीहरुको विद्यालय सहभागिताका बाधक तत्वहरु सम्बन्धी समस्याहरु जस्ता उद्देश्यहरुमा आधारित रही खोज कार्य गरिएको थियो । यो शोध अध्ययनलाई ५, परिच्छेदमा बाँडिएको छ । पहिलो अध्यायमा परिचय, दोस्रोमा पूर्व साहित्यको अध्ययन, त े स्रोमा शोध विधि, चौथोमा तथ्याङ्कको व्याख्या विश्ले्षण तथा प्रस्तुतीकरण र पाँचौ अध्यायमा परिणाम, निष्कर्ष र सु झाव सिफारिसहरु राखिएको छ । यो अध्ययन सर्वेक्षण विधिमा आधारित भएको हुनाले परिमाणात्मक, गुणात्मक तथा विश्लेषणात्मक प्रकृतिको रहेको छ । उद्देश्य हासिल गर्ने हिसावले यस सोध कार्यमा विद्यार्थीको तथ्याङ्क सं कलन फाराम, भर्ना उपस्थिति, रुजू सूचि तथा प्र.अ. र शिक्षकसँग प्रश्नावली, अन्तर्वार्ता निर्देशिका , विद्यार्थीसँग अन्तर्वार्ता, दलित अभिभावकसँग अन्तर्वार्ता निर्माण एवम् प्रयोग गरी प्राथमिक तथा सहायक स्रोतका माध्यमबाट सूचना संकलन गरिएको थियो । यस अध्ययनको लागि अध्ययन क्षेत्रभित्रका जम्मा पाँचवटा सामुदायिक प्राथमिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा लिइएको थियो । अध्ययन क्षेत्रका प्राथमिक विद्यालय उमेरका केवल ७९.४९% दलित, बालबालिकाहरु विद्यालय अध्ययन गरेको देखियो भने २०.५१% दलित विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित देखियो । गैरदलितमा विद्यालय जाने ९४.७०% र विद्यालय नजाने ५.३०% देखियो । भर्ना भएको विद्यार्थीहरुमा दलित भन्दा गैरदलित विद्यालय जाने सं ख्या बढी देखियो । छात्र भन्दा छात्राको सहभागिता बढी देखियो भने गैर दलित तर्फ पनि छात्राको सहभागिता बढी देखियो । यसैगरी विद्यालयमा गैरदलित विद्यार्थीको तुलनामा दलित विद्यार्थीको नियमिततामा कमी, सरसफाईमा कमी, गृहकार्य नगर्ने, प्रश्न गर्न हिचकिचाउने, कक्षामा पछाडी बस्ने, छलफलमा कम सहभागि हुने जस्ता क्रियाकलाप देखियो । जातिगत रुपमा भेदभावको संकेत केही पनि देखिएन । गैरदलित विद्यार्थीले दलित विद्यार्थीहरुमा कुनै भेदभावपूर्ण व्यवहार नगरेको साथै शिक्षकले पनि त्यस्तो व्यवहार नगरेको पाइयो । गैरदलितको तुलनामा दलित बालबालिकाहरु विद्यालय कम आउनुमा अभिभावकहरुमा शैक्षिक चेतनाको दृष्टिकोणले प्रतिकूल हुनु , घरायसी काम गर्नु पर्ने बाध्यता जस्ता कारणहरु रहेका छन् । उपर्युक्त समस्याहरु समाधानको लागि जनचेतानामूलक कार्यक्रमहरु सञ्चालन गर्नुको अलावा पाठ्यपुस्तक समयमा नै निःशुल्क वितरण गर्ने, उत्कृष्ट विद्यार्थी पुरस्कारको व्यवस्था गर्ने, आवश्यक न्युनतम शैक्षिक सामग्रीको व्यवस्था गर्ने छात्रवृत्तिको व्यवस्था गर्ने, साक्षरता कार्यक्रमलाई आयमूलय रुपमा सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11439
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectप्राथमिक विद्यालय Prathamik bidyalayen_US
dc.subjectदलित बालबालिका Dalita balabalikaen_US
dc.titleप्राथमिक विद्यालयमा दलित बालबालिकाहरुका सहभागीता {Participation of Dalit children in primary school}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleवरुण बहुमुखी क्याम्पस खाँदवारी, सङखुवा सभाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover page.pdf
Size:
99.03 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(4).pdf
Size:
435.87 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: