गुणस्तरीय शिक्षाका लागि प्रभावकारी व्यवस्थापन {Effective Management for Quality Education}

dc.contributor.authorपहाडी Pahadi, सुनिताकुमारी Sunithakumari
dc.date.accessioned2022-12-12T04:37:31Z
dc.date.available2022-12-12T04:37:31Z
dc.date.issued2013
dc.description.abstractगुणस्तरीय शिक्षाका लागि प्रभावकारी व्यवस्थापन शीर्षकमा गरिएको यस शोध अध्ययनको प्रमुख उद्देश्य गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापनले खेल्ने भूमिका पहिचान गर्नु थियो । उल्लेखित उद्देश्य पूरा गर्नका लागि श्री गौमती नमुना उच्च माध्यमिक विद्यालय स्रोतकेन्द्र माडीबजार, सिन्धुली अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालका शैक्षिक, भौतिक, आर्थिक, प्रशासनिक पक्ष, विद्यार्थी व्यवस्थापन जस्ता विषयहरुमा गहन अध्ययन अनुसन्धान गरियो र ती पक्षहरुका साथै नमुना छनोटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सघका अध्यक्ष, अभिभावकहरु र विद्यार्थीहरुसँग अन्तर्वार्ता र अन्तक्र्रियाबाट प्राप्त तथ्यहरुले गुणस्तरीय शिक्षाका लागि प्रभावकारी व्यवस्थापन सम्बन्धी अध्ययन गर्न महत्वपूर्ण सहयोग पुग्यो । यस अध्ययन र अनुसन्धानले सामुदायिक र संस्थागत विद्यालयहरुको शिक्षाको अवस्था कस्तो छ ? विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्न के–के उपायहरु अपनाउन सकिन्छ ? शिक्षाको स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा यस शोधकार्यले प्रष्टयाउने प्रयास गरेको छ । यस किसिमका अध्ययन, पुनरावलोकन पश्चात निर्दिष्ट उद्देश्य पूरा गर्नका लागि नमुना छनोटमा परेका विद्यालयहरुको विगत ३ वर्षको शैक्षिक तथ्याङक लगायत भौतिक,प्रशासनिक, आर्थिक पक्ष, विद्यार्थी व्यवस्थापन, शिक्षक कर्मचारी व्यवस्थापनका अवस्थाहरुको अध्ययन गरिएको छ । सामुदायिक र संस्थागत विद्यालयहरुमा स्तरीय शिक्षा प्रदान गर्न नसक्नका मुख्य समस्याहरुमा भौतिक व्यवस्था, शैक्षिक व्यवस्थापन, खेलमैदान, पुस्तकालय,कक्षाकोठा व्यवस्थापन जस्ता पक्षहरुको अध्ययन गरिएको थियो । यसका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक सघका अध्यक्ष जस्ता विभिन्न पक्षहरुसँग प्रश्नावली भराइएको थियो ।उल्लेखित पक्षहरुसँग गुणस्तरीय शिक्षाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमाबेलाबेलामा अन्तक्र्रिया र छलफल पनि गरिएका थियो । यसरी अध्ययनको क्रममा विद्यालयहरुको सर्वपक्षीय अवलोकन गरिएको थियो । यस अध्ययनको माध्यमबाट गुणस्तरीय शिक्षा विकासका लागि के–कस्ता उपायहरु अपनाउनु पर्दछ भन्ने बारेमा गहन अध्ययन गरिएको थियो । यस शोध अध्ययनका लागि प्राथमिक तथ्याङकका स्रोतका रुपमा प्रश्नावली, अन्तर्वार्ता तथा अवलोकन फारमको प्रयोग गरिएको थियो साथै द्वितीय स्रातको रुपमानिरीक्षण पुस्तिका, आगन्तक पुस्तिका, विद्यालय सुधार योजना, विभिन्न पत्रपत्रिकाका लेख, रचना लगायतका स्रोतहरु लिइएको थियो । अध्ययनका क्रममा उपलब्ध तथ्याङकहरुका व्याख्या र विश्लेषण व्याख्यात्मक ढङगबाट गरिएको थियो । यस अध्ययनमा आवश्यकतानुसार तालिकाको समेत प्रयोग गरिएको थियो । सामुदायिक र संस्थागत विद्यालयहरुल विद्यालयको सर्वपक्षीय सुधार गर्नुपर्ने जस्तैः शैक्षिक व्यवस्थापन, भौतिक व्यवस्थापन, शिक्षक, कर्मचारी व्यवस्थापन, विद्यार्थी व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, खेलमैदानको व्यवस्थापन जस्ता पक्षहरुको व्यापक मूल्याङकन र विश्लेषण गरिएको थियो । तथ्याङकको व्याख्या तथा विश्लेषण गर्दा सामुदायिक विद्यालयहरुका भन्दा संस्थागत विद्यालयहरुको पढाइको स्तर राम्रो रहेको पाइयो । सामुदायिक विद्यालयमा शिक्षकहरुका दक्षता, शिक्षकहरुलाई उपलब्ध गराइएकासेवा, शर्त र सुविधाका साथै तालिम सुविधा समेत उपलब्ध गराइएको पाइए तापनि संस्थागत विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको पाइयो । समाजका उच्च, मध्यम एवम सामुदायिक विद्यालय स्वयम शिक्षकहरुका बालबालिकाहरुलाई समेत संस्थागत विद्यालयमानै पढाउन भर्ना गरिएको पाइएकाले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुन्छ भन्ने कुरानै शंकाको घेरामा परेको पाइयो । अतः गुणस्तरीय शिक्षाका लागि प्रभावकारी व्यवस्थापन गर्न विद्यालयसँग सम्बन्धित सबै भौतिक पक्ष र मानवीय पक्षमा आमूल परिवर्तन गरी अगाडि बढनु पर्ने कुरा यस अध्ययनबाट पत्ता लगाइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13618
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectगुणस्तरीय शिक्षा Quality educationen_US
dc.subjectशैक्षिक व्यवस्थापन Educational managementen_US
dc.titleगुणस्तरीय शिक्षाका लागि प्रभावकारी व्यवस्थापन {Effective Management for Quality Education}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
61.1 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
311.59 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: