कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापन {Gender Management in Classroom Teaching}
| dc.contributor.author | ढुंगाना Dhungana, लक्ष्मी Laxmi | |
| dc.date.accessioned | 2022-03-07T05:31:58Z | |
| dc.date.available | 2022-03-07T05:31:58Z | |
| dc.date.issued | 2012 | |
| dc.description.abstract | कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापन भन्ने शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । यस शोधकार्यको मुख्य उद्देश्य सामुदायिक विद्यालयको माध्यमिक तहको कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापनको स्थिति पहिचान गर्नु रहेको । यस अध्ययनको अनुसन्धानात्मक ढाँचामा गुणात्मक तथा परिमाणात्मक गरीे मिश्रित ढाँचा प्रयोग गरिएको छ । नमूना छनौट गर्दा पाल्पा जिल्ला स्थित तानसेन स्रोतकेन्द्रमा रहेका १२ वटा सामुदायिक मा.वि.÷उ.मा.वि.मध्ये भौगोलिक आधार (पूर्व, पश्चिम, उत्तर, दक्षिण) लाई मध्यनजर गर्दै ४ वटा ग्रामीण क्षेत्रका विद्यालय र ४ वटा नगर क्षेत्रका विद्यालय गरी जम्मा ८ वटा विद्यालयलाई मात्र नमूनाको रुपमा लिइएको छ । अध्ययन क्षेत्रमा उद्देश्यमूलक आधारमा १६ जना शिक्षक, अंश नमूनाबाट ४५ जना विद्यार्थी, उद्देश्यमूलक आधारमा ८ जना प्रधानाध्यापक र सुविधाजनक आधारमा ८ वटा कक्षालाई नमूना छनौटको रुपमा लिइएको छ । तथ्यांक संकलनको साधनहरुमा छात्रछात्राहरु, प्रधानाध्यापक र शिक्षकका लागि अन्तरवार्ता प्रश्नावली , कक्षा अवलोकन फाराम, विभिन्न लेख, रचना, पत्रपत्रिका आदिलाई आधार मानी विश्वसनीय र वैध बनाउने प्रयास गरिएको छ । सैद्धान्तिक रुपमा शिक्षामा समान अवसर भनिए पनि नेपालमा त्यो व्यवहारिक हुन सकेको छैन । अध्ययनको निर्धारित उद्देश्यअनुरुप विश्लेषण गर्दा पनि कक्षा शिक्षणमा शिक्षकका व्यवहारहरु लैङ्गिक रुपमा असमान पाइयो । छात्रछात्राको वसाइ व्यवस्थापन विधि, शिक्षण विधि, शैक्षिक सामग्रीको प्रयोगमा परम्परागत विधिलाई नै अपनाएको पाइयो । कक्षामा छात्रालाई प्रश्न सोध्न, जिज्ञासा सुन्न,जवाफ दिन, सुझाव दिन शिक्षकले प्राथमिकता दिइएको पाइएन । कक्षामा छात्राहरुले आफ्ना जिज्ञासा राख्दा महिला शिक्षकसँग भन्दा पुरुष शिक्षकसँग डराएकोे पाइयो । नगरक्षेत्रका विद्यालयमा भन्दा ग्रामीण क्षेत्रका विद्यालयको कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापनको अवस्था अझ कमजोर पाइयो । कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापनमा समस्या ल्याउने प्रमुख कारक तत्वहरुमा सामाजिक, शारीरिक तथा मानसिक र नीतिगत तत्वहरु जिम्मेवार रहेको पाइयो । यी उल्लेखित तथ्यहरुबाट समग्रमा सामुदायिक विद्यालयको माध्यमिक तहको कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापन उचित भएको देखिदैन । यस स्थितिमा सुधार ल्याउनको लागि अभिभावकलाई लैङ्गिक विभेद सम्बन्धी सचेतना दिएर, शिक्षकलाई लैङ्गिक समता सम्बन्धी तालिम दिएर, माध्यमिक तहमा महिला शिक्षकको व्यवस्था मिलाएर,सम्वन्धित निकायवाट प्रभावकारी रुपमा विद्यालय सुपरिवेक्षण गरेर, शिक्षणमा वालमैत्री सिकाइ व्यवहार अवलम्वन गरेर, छात्राहरुमा हुने लाज, डरलाई हटाउन उनीहरुलाई सिकाइ प्रति हौसला, सुझाव, सल्लाह दिएर, कक्षामा थप अनुशासन, नियम, हौसला र सजायको व्यवस्था गरेमा कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापन उचित हुने सुझाव प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8800 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन संकाय | en_US |
| dc.subject | कक्षा शिक्षण Classroom teaching | en_US |
| dc.subject | लैङ्गिक व्यवस्थापन Gender management | en_US |
| dc.title | कक्षा शिक्षणमा लैङ्गिक व्यवस्थापन {Gender Management in Classroom Teaching} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | तानसेन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
