माध्यामिक विद्यालयमा पुस्तकालय व्यवस्थापन {Madyamik bidyalayma pustakalay byabasthapan}
| dc.contributor.advisor | श्रीधरकुमार उपाध्याय (Shreedharkumar Upadhyay) | |
| dc.contributor.author | न्यौपाने, थानेश्वर (Neupane, Thaneswar) | |
| dc.date.accessioned | 2026-02-24T10:07:28Z | |
| dc.date.available | 2026-02-24T10:07:28Z | |
| dc.date.issued | 2013 | |
| dc.description.abstract | यस शोधपत्रको शीर्षक माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापन रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य माध्यमिक विद्यालयमा पुस्तकालयको अवस्था विश्लेषण गर्नु रहेको छ । यो अध्ययन मिश्रित ढाचामा आधारित रहेको छ । अध्ययनका निर्दिष्ट उद्देश्यहरू प्राप्तिका लागि तथ्याङ्क संकलनका साधनहरूको रूपमा विद्यालय तथा पुस्तकायल सर्वेक्षण फारम, अन्तरवार्ता प्रश्नावली र डायरी रिपोर्ट प्रयोगमा ल्याइएको छ । प्रधानाध्यापक, शिक्षक, पुस्तकालय सहयोगी र विद्यार्थीहरू उत्तरदाताको रूपमा रहेका छन् । यस अध्ययनवाट माध्यमिक विद्यालयको पुस्तकालयको अवस्था आंशिक रूपमा व्यवस्थित भएको पाइयो । विद्यालयको भौतिक संरचना अपुर्ण देखिन्छ । पुस्तकालयमा पुर्णकालिन कर्मचारी नियुक्ती गरेको पाइएन । पुस्तकालयको जिम्मेवारी लेखापाल र पुस्तकालय सहयोगी कर्मचारीले लिएको पाइयो । पुस्तकालय हेर्ने अधिकाश कर्मचारीले पुस्तकालय विज्ञान सम्बन्धि तालिम लिएको पाइएन । पुस्तकालय लेनदेन प्रकृया व्यवस्थी भएको पाइएन । पुस्तकालयमा पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू आशिक रूपमा रहेको पाइयो । पुस्तकालय भित्र स्थान र फर्निचर व्यवस्थित देखिएन । माध्यमिक तहको विद्यालयको पुस्तकालय सामान्य तथा पुस्तक लेनदेन कार्यमै सीमित रहेको पाइयो । पुस्तकालय वैज्ञानिक व्यवस्थापन र पुस्तकालय विज्ञानको सिद्वान्त अनुसार व्यवस्थीत हुन नसकेको पाइयो । माध्यमिक विद्यालयको पुस्तकालयको अवस्थाको वारेमा आर्थिक, भौतिक, व्यवस्थापकिय, कर्मचारी, पाठक, समय, पुस्तक, वाचनालय, सन्दर्भसामाग्री जस्ता तत्वहरूले प्रभाव पारेको पाइयो । यसैगरी पुस्तकालयको सुधारमा आर्थिक, भौतिक, प्राविधिक, समस्या रहेको पाइयो । पुस्तकालय सञ्चालनमा नयाँ पुस्तक किन्न आर्थिक अभाव हुनु प्रयाप्त सन्दर्भ सामाग्री नहुनु, वाचनालय नहुनु एवम् पुस्तकालय व्यवस्थापनमा वैज्ञानिक सिद्धान्त लागु हुन नसक्नु जस्ता समस्या रहेको पाइयो । उपयुक्त भवन र उपयुक्त कोठामा पुस्तकालय सञ्चालन गर्नु पर्दछ । साधन र श्रोतको परिचालन गर्दै पुर्णकालिन पुस्तकालय इन्चार्ज नियुक्ति गर्नु पर्दछ । महत्वपुर्ण पुस्तकहरू खोजी गरेर वाचनालयमा बसी अध्ययन गर्ने वानी बसाल्नु पर्दछ । माध्यमिक तहको पुस्तकालयलाई पुस्तकालय विज्ञानको सिद्धान्त अनुसार सञ्चालन गर्नु पर्दछ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/25687 | |
| dc.language.iso | ne | |
| dc.subject | माध्यमिक विद्यालय (Madyamik bidyalay) | |
| dc.subject | पुस्तकालय व्यवस्थापन (Pustakalay byabasthapan) | |
| dc.title | माध्यामिक विद्यालयमा पुस्तकालय व्यवस्थापन {Madyamik bidyalayma pustakalay byabasthapan} | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | तानसेन बहुमुखी क्याम्पस, पाल्पा |
