सामुदायिक विधालयमा शिक्षक र विद्यार्थी बीच द्वन्द्व व्यवस्थापन {Teachers in community schools and Conflict management among students}
| dc.contributor.author | भट्ट Bhatt, शिव प्रसाद Shiv Prasad | |
| dc.date.accessioned | 2022-02-07T09:37:02Z | |
| dc.date.available | 2022-02-07T09:37:02Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच द्वन्द्व व्यवस्थापनको वर्तमान अवस्था, त्यसको प्रभावकारिता, त्यसमा देखिएका समस्याहरु र समाधानका उपायहरुको खोजी गरी सुझाब प्रस्तुत गर्ने उद्देश्यले “सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच द्वन्द्व व्यवस्थपन” नामक शीर्षक चयन गरी यो शोधपत्र तयार गरिएको छ । अध्ययनको क्रममा गोरखा जिल्ला घ्याम्पेसाल स्रोतकेन्द्र अन्तर्गतको ४० वटा विद्यालयहरु मध्ये दुल्लभ उ.मा.वि. मसेल, विन्द्रावती उ.मा.वि मसेल, शैलपुत्री उ.मा.वि. देउराली र सिद्धकाली मा.वि. तान्द्राङ्ग गरी जम्मा ४ वटा विद्यालयलाई नमुना छनोट विधिको प्रयोग गरी अध्ययन अनुसन्धान गरिएको थियो । छनौटमा परेका सम्पूर्ण विद्यालयका प्र.अ.हरु, अभिभावक संघ, विद्यार्थी प्रतिनिधि, शिक्षक, व्यवस्थापन समितिका अध्यक्षलाई उत्तरदाताको रुपमा लिईएको थियो । तथ्याङ्क संकलनका क्रममा प्राथमिक तथा द्वितीय गरी दुवै प्रकारका तथ्यांकहरुको प्रयोग गरिएको थियो । विद्यालयहरु स्रोत र साधनले सम्पन हुन नसकेको, विभिन्न राजनीतिक कारणले गर्दा द्वन्द्व व्यवस्थापनमा समस्या रहेको, प्र.अ.को कार्यबोझका कारण शिक्षक र विद्यार्थी बीचको द्वन्द्व व्यवस्थापनमा खासै भूमिका निर्वाह गर्न नसेको, विद्यालय व्यवस्थापन समितिले आफूहरु समय समयमा बोलाएको बेलामा मात्र उपस्थित हुने अरु सम्पूण जिम्मेवारी शिक्षक तथाविद्यालय प्रशानको नै हो भन्ने जस्ता गैर जिम्मेवारी पूर्ण कुरा गर्ने र विद्यालयमा खासै चासो नदेखाउने गरेको, शिक्षकहरुले जानि जानि पनि आफ्नो व्यवहारमा परिवर्तन नगरिदिँदा शिक्षक र विद्यार्थी बीचको द्वन्द्वलाई सही तरिकाले व्यवस्थापन गर्न नसकिएको अनुगमन र मूल्याङ्कनको कमी भएको जस्ता समस्याहरु रहेको पाइयो । द्वन्द्वरत पक्षका बीचमा प्रत्यक्ष सम्बन्ध बढाई प्रारम्भिक अवस्था देखि नै सम्बन्ध बढाउने, शिक्षक आवश्यकता परिपूर्ती, उसका इच्छा र चाहना, उसको व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक परिवेश अनुसार आफूमा परिवर्तन ल्याउन नसकेमा शिक्षक र विद्यार्थीमा द्वन्द्व बढ्दछ । शिक्षक र विद्यार्थी बीच द्वन्द्वको सही व्यवस्थापन गर्न विद्यालयलाई सुधारात्मक उपायको परम्परागत र आधुनिक धारणा अपनाउनु पर्ने, द्वन्द्वलाई परम्परागत शैलीमा मात्र बुझ्दा यसले विद्यालयमा नकरात्मक प्रभावमात्र पार्दछ । द्वन्द्व समझदारी र स्वस्थ्य प्रतिस्पर्धाका लागि हो । कुनै पनि खोज अनुसन्धानका लागि द्वन्द्व हुनपर्दछ तर मानव अस्तित्वनै मेटिने गरि भने हुनु हुँदैन भन्ने जस्ता निष्कर्ष निकालिएको थियो । यसै गरी उद्देश्य अनुसार समस्या समाधान गर्न विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट पुक्त गराउनु पर्ने, शिक्षकहरुले अध्ययन अध्यापनका क्रममा पूरानै परिपाटी अँगाले विद्यार्थीलाई केवल रित्तो भाँडोको संज्ञा नदिइ विद्यार्थी केन्द्रित विधिको प्रयोगद्वारा अध्यापन गरेमा शिक्षक र विद्यार्थी बीच प्रभावकारी ढङ्गबाट द्वन्द्वको व्यवस्थापन हुन सक्दछ । विद्यालयको कार्यभार प्र.अ.ले नै सम्हाल्नु पर्ने भए पनि कार्यभारलाई बोझ नसम्झिकन शिक्षक र विद्यार्थी बीच देखिएको द्वन्द्वलाई व्यवस्थापन गर्ने तर्फ सक्रिय रुपले लाग्नु पर्दछ । समुदाय तथा सम्बन्धित सरोकार वालाहरुले अझ बढी सक्रिय भूमिका निर्वाह गर्नुका साथै जनचेतनाको अभिवृद्धि गर्ने हो भने शिक्षक र विद्यार्थी बीचको द्वन्द्वलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने जस्ता निष्कर्ष निकालिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8089 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | सामुदायिक विधालय Community school | en_US |
| dc.subject | द्वन्द्व व्यवस्थापन Conflict management | en_US |
| dc.title | सामुदायिक विधालयमा शिक्षक र विद्यार्थी बीच द्वन्द्व व्यवस्थापन {Teachers in community schools and Conflict management among students} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
