सामूदायिक र संस्थागत विद्यालयमा पूर्व प्राथमिक तहको पाठ्यक्रम कार्यान्वयनको तुलनात्मक अध्ययन {Samudayik Ra Sasthagat Bidhyalayama Purba Prathamik Tahako Pathyakram Karyanoyanko Tulanatmak Adhyayan}

dc.contributor.authorगौतम Gautam, सुदर्शन प्रसाद Sudarshan Prasad
dc.date.accessioned2022-11-29T06:28:54Z
dc.date.available2022-11-29T06:28:54Z
dc.date.issued2013
dc.description.abstract“सामूदायिक र संस्थागत विद्यालयमा पूर्व प्राथमिक तहको पाठयक्रम कार्यान्वयनको तुलनात्मक अध्ययन” शीर्षकमा यो अध्ययन गरीएको यस अध्ययनका मूख्य उद्देश्यहरुमा नेपाल सरकार, शिक्षा विभाग,प्रारम्भिक बाल विकास शाखाले निर्माण गरेको प्रारम्भिक बाल विकास दिग्दर्शन सामूदायिक र संस्थागतविद्यालयमा कसरी कार्यान्वयन भई रहेको छ ,पाठयक्रम कार्यान्वयनमा के कस्ता समस्याहरु आई परेका छन रसमस्या समाधानको लागि अपनाइएका उपायहरु पत्ता लगाउनु रहेको छ । यो अध्ययन रौतहट जिल्ला सन्तपुर (म.) गा .वि. स. अन्तर्गत नमूना छनोट परेका दुई वटा सामूदायिक विद्यालय साथै दुई वटा संस्थागत विद्यालयहरुमा संञ्चालित पूर्व प्राथमिक कक्षाहरुमा मात्र सिमित गरीएको थियो । छनौटमा प्र. अ. तथा शिक्षकहरुलाई असंरचित अन्तर्वार्ता, अभिभावकसँग लक्षित समूह छलफलसाथै कक्षा अवलोकन फारमकोे प्रयोग गरी सुचना संकलन गरीएको थियो । सुचनाको विश्लेषण गर्दा प्रारम्भिक बाल विकास दिग्दर्शनले निर्देशित गरेको उद्देश्यलाई सामूदायिक तथा संस्थागत दुवै विद्यालयहरुले दिग्दर्शन अनुसार उदेश्यहरु राखेको पाइयो । दुवै विद्यालयहरुको विषयवस्तुको तुलना गर्दा सामूदायिक विद्यालयमा प्ररम्भिक बाल विकास दिग्दर्शनलाई आधारमानि विषयवस्तु राखिएको पाइयो । सामूदायिक विद्यालयका कक्षाकोठा ठुलो भएको हुँदा खेल तथा शैक्षिक सामग्रीलाई कक्षाकोठामा नै राखिएको र संस्थागत विद्यालयमा खेल तथा शैक्षिक सामग्री छुटटै कोठामा राखिएको पाइयो । प्रारम्भिक बाल विकास दिग्दर्शनले बालबालिकाहरुको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिम पक्षका विकास गराउन विभिन्न क्रियाकलापहरु गराउनु पर्ने उल्लेख गरेकोमा सामूदायिक तथा संस्थागत दुवै विद्यालयलती क्रियाकलापहरु गराउने प्रयास गरेको भए तापनि व्यवस्थित रुपमा क्रियाकलापहरु गराउन नसकेको देखिन्छ ।सामूदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयले केहि व्यवस्थित रुपमा बालबालिकाहरुको शारीरिक,मानसिक, संवेगात्मक र सामाजिक पक्षको विकास गराउने प्रयास गरेको भए तापनि यो पूर्ण देखिँदैन । दुवैविद्यालयहरुले खेल तथा शैक्षिक सामग्रीको रुपमा चित्र, खेलौना, कार्टुन, बल, तालिका आदिको प्रयोग गर्ने गरेको भएतापनि दुवै विद्यालयमा यस्ता सामग्रीहरु पर्याप्त मात्रामा नरहेको पाइयो । दिग्दर्शनले तोकेबमोजिम मूयाङ्कनप्रविधि सामूदायिक विद्यालयले अवलम्बन गर्न खोजे तापनि संस्थागत विद्यालयले उपलब्धि जाँचलाई बढिप्राथमिकता दिने गरेको देखिन्छ । दुवै विद्यालयहरुमा खेल सामग्रीको अभाव, पर्याप्त र उपयुक्त फर्निचरको अभाव, समान्वय र समझदारीको अभाव, निरिक्षण र अनुगमन समय–समयमा हुन नसक्नु, उपयुक्त मूल्याङ्कन प्रविधिको अभाव जस्ता समस्याहरु पाठयक्रमको कार्यान्वयन गर्ने क्रममा आएको पाइयो । ती समस्याहरुलाई समाधान गर्न भौतिक सुविधामा वृद्धि, खेल तथा शैक्षिक सामग्रीको उपलब्धता, अभिभावकसँग नियमित रुपमा अन्तक्रिया, कक्षा शिक्षणको व्यवस्था, पारिश्रमिक तथा सेवा सुविधामा वृद्धि, शिक्षक तालिमको व्यवस्था गर्ने प्रयास भईरहेको पाईयो।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13379
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङ्कन विभागen_US
dc.subjectपाठ्यक्रम कार्यान्वयन Pathyakram karyanwoyanen_US
dc.subjectसामूदायिक विद्यालय Samudayik Bidhyalayaen_US
dc.titleसामूदायिक र संस्थागत विद्यालयमा पूर्व प्राथमिक तहको पाठ्यक्रम कार्यान्वयनको तुलनात्मक अध्ययन {Samudayik Ra Sasthagat Bidhyalayama Purba Prathamik Tahako Pathyakram Karyanoyanko Tulanatmak Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover page.pdf
Size:
59.84 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page.pdf
Size:
349.85 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: