सामुदायिक विद्यालयमा प्रयोगशाला व्यवस्थापन {Laboratory Management in Public Schools}

dc.contributor.authorखड्का Khadka, पदम बहादुर Padam Bahadur
dc.date.accessioned2022-12-13T04:51:44Z
dc.date.available2022-12-13T04:51:44Z
dc.date.issued2014
dc.description.abstractप्राचिन कालदेखि आधुनिक कालसम्म आइपुग्दा मानिसले विभिन्न आरोह र अवरोह पारगर्दा आएको छ । वर्तमान अवस्थामा नेपाल सरकारबाट पनि शिक्षालाई दिगोविकास गराउनको लागि प्रयोगात्मक शिक्षामा बढी जोड दिएको पाइन्छ । विद्यालय तहमा ६ देखि नै विज्ञान विषय अनिवार्य विषयका रुपमा अध्यापन गराउँदै आएको छ, विज्ञान विषय भनेको प्रयोगमा आधारित तथा प्रयोगद्वारा सिद्ध गर्नुपर्ने विषय भएको हुँदा यसमा सैद्धान्तिक कुराहरु भएर मात्र पुग्दैन ।विद्यार्थीको शैैक्षिक गुणस्तर वृद्धिका लागि तथा विज्ञान विषयमा अधिकतम उपलब्धि हासिल गराउनका लागि पनि विद्यालयमा उपयुक्त विज्ञान प्रयोगशाला आवश्यक विज्ञानका सामग्री हुनर सोको उचित प्रयोग पनि आवश्यक रहन्छ । सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशालाव्यवस्थापन नामक शीर्षक चयन गरी गरिएका यस अध्ययनमा विद्यालय तहमा विज्ञानप्रयोगशाला व्यवस्थापनको वर्तमान अवस्था पहिचान गर्नु, प्रयोगशाला व्यवस्थापनका प्रभावकारिता पहिचान गर्नु, प्रयोगशाला व्यवस्थापनमा प्रयोगको अवस्था पत्ता लगाउनु, देखिएका समस्याहरुखोजी गर्नु र प्रयोगशाला व्यवथापनमा देखिएका समस्या न्यूनीकरणकाउपायहरुसुझाउनु जस्ता उद्देश्यहरु राखिएको छ । यो अध्ययन मुलतः गुणात्मक ढाँचामा आधारित छ । अनुसन्धान कार्यका लागि निश्चित योजना बनाउनु आवश्यक पर्दछ । कुनै पनि शोधकार्य सम्पन्न गर्न पूर्व योजना तथा तयारी बिना लक्ष्यसम्म पुग्न सकिँदैन । अध्ययनलाई उद्देश्य अनुसार पूर्ण रुप प्रदान गर्नका लागि सम्भावना रहित नमुना छनोट विधिका आधारमा गैंडाकोट स्रोत केन्द्रका २२ वटा विद्यालयहरु मध्ये जम्मा चारवटा विद्यालयलाइ अध्ययन स्थलका रुपमा छनोट गरिएको छ । यसैगरी तथ्यांक संकलनका साधनमा अन्न्तरवार्ता प्रश्नावली तथा अवलोकन रहेको छ । छनोटमा परेका विद्यालयमा अनुसन्धानकर्ता स्वयंम उपस्थित भएर अन्तरवार्ता प्रश्नावलीको आधारमा छलफल ख् तथा अनुसन्धान गर्नुका साथै आजभन्दा अगाडिका पत्रपत्रिका तथा लेखरचनालाई समेत आधार बनाएर तथ्यांक सकलन गरी आवश्यकता अनुसार प्रशोधन गरेर प्रयोगमा ल्याइएको छ । छनोटमा परेका विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा अध्ययन गर्दा कुनै पनि विद्यालयमा विज्ञान पयोगशालाका लागि छुट्टै कोठाको व्यवस्था हुन नसकको पाइयो । विद्यालयमा समय अनुकूल अत्याधुनिक प्रविधिहरुको उपयोग गरी शिक्षण सिकाइ क्रियाकलापका साथै प्रशासनमा सुधार गरेर लैजानुपर्ने कुरामा छनोटमा परेका सबैजसो उत्तरदाताहरुबाट सहमति पाप्त भएकोछ । विद्यालयको कमजोर आर्थिक अवस्थाका कारणले गर्दा प्रयाप्त मात्रामा विज्ञानका सामग्रीहरु खरिद हुन नसकेको, विद्यालय प्रशासन तथा शिक्षकहरु बीचमा सुमधुर सम्बन्ध अभावको कारणबाट पनि प्रयोगशालामा व्यवस्थापन प्रभावकारी हुन नसकेको तथ्यहरु अध्ययन अनुसन्धानबाट जानकारी प्राप्त भएका छन । विज्ञान सामग्रीको व्यवस्थापन गर्नका लागि विद्यालयले तत्कालीन र दिर्घकालिन योजना निर्माण गर्नु पर्ने विद्यार्थीको शैक्षिक उपलब्धि एवम प्रयोगात्मक विकासको लागि समेत विद्यालयमा प्रयोगशाला व्यवस्थापनको अपरिहार्यता रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13674
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectसामुदायिक विद्यालय Community schoolen_US
dc.subjectप्रयोगशाला व्यवस्थापन Laboratory managementen_US
dc.titleसामुदायिक विद्यालयमा प्रयोगशाला व्यवस्थापन {Laboratory Management in Public Schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
87.34 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
244.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: