बालबालिकाको सामाजिकीकरणमा प्रारम्भिक बालबिकास केन्द्रको प्रभाव {Impact of Early Childhood Development Center on Socialization of Children}

dc.contributor.authorदाहाल Dahal, शालिग्राम Shaligram
dc.date.accessioned2022-02-09T07:04:51Z
dc.date.available2022-02-09T07:04:51Z
dc.date.issued2011
dc.description.abstract“बालबालिकाको सामाजिकीकरणमा प्रारम्भिक बालबिकास कन्द्रको प्रभाव” शीर्षकमा गरिएको यस शाधपत्रको मुख्य उद्देश्य बालबिकास कक्षामा अध्ययनको अवसर पाएका र नपाएका बालबालिकाको सामाजिकीकरणको तुलना गर्नु रहेको छ । यस शोधकार्य परिमाणात्मक र गुणात्मक मिश्रित ढाँचामा अपनाई सम्पन्न गरिएको छ । विराटनगर उपमहानगरपालिका वडा नं. ४ स्थित पाखरिया उच्च माध्यमिकविद्यालयका बालविकास कन्द्रमा अध्ययनको अवसर पाप्त गरेर कक्षा एकमा भर्ना भएका र सिधै कक्षा एकमा भर्ना भएका बालबालिकाहरुको तुलनात्मक अध्ययन गरिएको छ । कक्षा एकका बालबालिकाको विद्यालयमा नियमितता, कार्यशैली, कार्यक्षमता प्रदर्शन, बानीव्यवहारको तुलना गरिएको छ । यस अध्ययनमा बालबालिकाको व्यवहार अवलाकन, लक्षितसमूह संग छलफल, अन्तर्वार्ता प्रश्नावलीलाई साधनको रुपमा प्रयोग गरि वर्णनात्मक विश्लषणत्मक अनुसन्धान विधिमा आधारित रहेर तथ्याङ्क संकलन र विश्लषण गरिएको छ ।प्राप्त तथ्याङ्कलाई तालिका र चित्रहरुको माध्यमबाट प्रष्ट पारिएको छ । वालविकास कक्षामा गरिने क्रियाकलापहरूले कक्षा एकको सिकाई उपलब्धिलाइ प्रभाव पारेको पाइयो । बालबालिकाको सामाजिक व्यवहार, नैतिकता, आज्ञाकारिता,अनुसाशन, जस्ता सामाजिक पक्षहरूको विकासमा महत्वपुर्ण भुमिका खेलेको पाइयो ।वालवालिकाको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक वालशिक्षाको महत्वपूर्ण भुमिका रहेकाछ । कक्षा एकमा आएका बालबालिकाको स्तर बढाउन विद्यालय आउनु भन्दा अघिबालविकास कक्षामा अध्ययन गर्ने अवसर पदान गर्नुपर्छ । नक्साङ्कनका आधारमा बालविकासकेन्द्र स्थापना गर्नुपर्छ । बालबालिकाको सामाजिक संस्कार विकास गर्न उनीहरुमा सोचनवानि निर्माण गर्न सामाजिक वातावरण अनुकुल किसिमको पाठयक्रम व्यवस्था हुनु पर्छ यसले गर्दा उनीहरुको वैज्ञानिक कार्यशैली र सामाजिक समायोजन क्षमता संगठनात्मक सोचाइमा विकास हुन्छ भन्ने कुराहरुको सुझाव प्रस्तुत गरिएको छ । बालबालिकाका स्वास्थ्य, पोषण र सुरक्षाका एकीकृत कार्यक्रम संचालन गर्नुपर्छ । बालविकास शिक्षामास्थानीय निकाय र संघ संस्थाको सहकार्यमा प्राथमिकता दिनु पर्छ, बालविकास शिक्षालाई आधारभुत शिक्षाको एकपक्ष मानेर बालबालिकाको सामाजिक जीवनसंग एकीकृत गरि शिक्षा दिनुपर्छ भन्ने यस अध्ययनले सिफारिस गरेको छ । प्राथमिक तहका शिक्षकको समयानुकल तालिमको व्यवस्था, बालविकास कक्षाका सहयोगी कार्यकर्ताको तालिमको अवधि वढाउनपर्ने । बालविकास कन्द्र तथा विद्यालयमा कक्षा एकको विद्यार्थीका लागि उपयुक्त भौतिक सामाग्री तथा सुविधा बढाउन सुझाव प्रंस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8156
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङकाय, शैक्षिक योजना तथा व्यवस्थापनen_US
dc.subjectबालबालिका सामाजिकीकरण Children socializationen_US
dc.subjectबालबिकास केन्द्र Child Development Centeren_US
dc.subjectबालविकास कार्यक्रम Child Development Programen_US
dc.titleबालबालिकाको सामाजिकीकरणमा प्रारम्भिक बालबिकास केन्द्रको प्रभाव {Impact of Early Childhood Development Center on Socialization of Children}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
64.09 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
275.65 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: