काठमाडौं उपत्यकाका राजोपाध्याय समुदायको सांस्कृतिक अध्ययन {Kathmandu upatyakaka rajopadhyay samudayako sanskritik adhyayan}

Abstract

काठमाडौं उपत्यकाका राजोपाध्यायको सांस्कृतिक अध्ययन समिक्षात्मक रुपमा विश्लेषण गरिएको छ। शोध प्रबन्धमा उपत्यकामा कहिले देखि राजोपाध्याय रहेको र उनीहरुको सांस्कृतिक पक्षको विश्लेषण भएको छ । प्रसारवाद र संरचनात्मक प्रकार्यवादको सिद्धान्त अनुसार यसको निष्कर्ष निकालिएको छ । हिन्दू नेवार जातिमा जजमानी गर्ने राजोपाध्यायलाई उपाध्याय ब्राह्मण, द्यः ब्रह्मू, देउ भाजु र देव ब्राह्मण भन्छन । शाब्दिक अर्थमा राज र उपाध्याय शब्दको मिश्रण नै राजोपाध्याय बनेको हो । राजाको कुमार ‘राजकुमार’, राजाको दरवार ‘राजदरवार’ जस्तै राजाको उपाध्याय, राजउपायध्याय हो । नेपाली व्याकरण अनुसार यसमा ‘ज’ र ‘उ’ को सन्धि भई ‘जो’ भएको हो । मल्लकालिन पशुपतिमा रहेको जयसिंहरामवद्र्धनको अभिलेखमा ‘राजोपाध्याय’ पहिलोपटक लेखिएको हो । नेवार जाति भित्र उपजाति राजोपाध्यायको मुख्य पेशा जजमानी हो । यिनीहरुको लिच्छवि देखि काठमाडौं उपत्यकाभित्र रहेको मानिन्छ । राजा हरिदत्त वर्माले स्थापना गरेका चार मध्ये तीन वटा नारायण मध्ये चाँगु, इचंगु र शेष नारायणमा राजोपाध्याय नै मूलपुजारीका रुपमा छन । मध्यकाल राजाका गुरु तथा राजपुरोहितको दर्जा पाएको राजोपाध्यायहरुले शासन परिवर्तनसँगै पूर्ववत पद गुमाए । यस शोधको अनुसन्धान दर्शन (च्भकभबचअज एजष्यिकयउजथ) तथा सैद्धान्तिक खाका रचनावाद÷ निर्माणवाद (Constructivism) मा आधारित विश्लेषण भएको छ । अनुसन्धानमा वर्णात्मक तथ्यांकहरुको प्रयोग गरिने हुनाले यो गुणात्मक अनुसन्धान (Qualitative Resarch) हो । यसै गुणात्मक विधि अन्तर्गत इन्थोग्राफी (Ethnography) अध्ययन विधि प्रयोग भएको छ । निर्माणवादको दृष्टिकोणमा ज्ञान (Epistemology) व्यक्तिको अनुभव र घटनाहरूबाट निर्माण हुने गर्दछ । विषयगत सत्यता (Subjective Reality) बोकेको हुन्छ । प्रस्तुत शोधमा राजोपाध्याय कहिले देखि काठमाडौं उपत्यकाभित्र रहयो, उनीहरुको सांस्कृतिक पक्ष र आएका परिवर्तन कारणको खोजी हो । यसै सम्वन्धित विषयका विद्वान र छलफलका माध्यमवाट सत्यताको खोजी गरिएको छ । सत्य (Ontology) सामाजिक रूपले मानिसको दिमागमा निर्माण हुन्छ । घ अण्नुसन्धानको मूल्य मीमांसा (Axiology) राजोपाध्यायले हिन्दू नेवारहरुको घरमा जजमानी गर्छन । सत्यको खोजी गर्न प्राथमिक तथा द्वितीयकका तथ्याङ्क प्रयोग गरिएको छ । प्राथमिक तथ्यांकहरु स्थलगत रुपमा सहभागितामूलक अवलोकन गरी संकलन गरिएको छ । अन्तर्वार्ताको लागि प्रश्नको छनोट भने उद्देश्यमूलक नमूना छनोट पद्धतिवाट भएको छ । अध्ययनको क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक र लेख रचनालाई द्वितीयक स्रोतको रुपमा प्रयोग गरिएको छ । त्रि.वि.केन्द्रिय पुस्तकालय र वेभसाइटहरुवाट पनि संकलन गरी प्रयोग भएको छ । प्रस्तुत अनुसन्धान आगमन विधिको प्रयोग गरी तथ्यहरूको विश्लेषणबाट नयाँ सत्यको प्रतिपादन गरिएको छ । ने.सं २४२ को वंशावलीमा मखन टोलका राजोपाध्याय परेको छ । जयस्थिति मल्लको जातिय व्यवस्थामा तत्काल उपाध्याय ब्राह्मण उच्च वर्गमा थिए । यिनै उपाध्याय ब्राह्मणलाई पनि राजोपाध्याय भनिएको छ । राजोपाध्याय सम्वन्धि भारतको कान्यकुब्ज ब्राह्मणको चर्चा छ । स्वदेशी तथा विदेशी विद्वानहरुले हिन्दू नेवार कहाँ पुरोहित्याई गर्ने राजोपाध्यायका पुर्खज कान्य कुब्जलाई मानेका छन । भक्तपुरको एक वंशावलीमा उल्लास राजलाई उनीहरुको पुर्खाको रुपमा देखाइएको छ । यसैगरी, हरिसिंह देवले आफनो इष्ट देवता तलेजु भवानीसँगै ल्याउँदा ब्राह्मणहरु पनि सँगै आएका भनाई छ । भक्तपुर र ललितपुरको तलेजुको मूलपूजारी राजोपाध्याय हुन । तलेजुका मुख्य पूजारीहरुले आफू मध्यकालदेखि पूजा गर्दै आइरहेको मान्छन । काठमाडौं उपत्यकाको दरवार परिसरलाई मुख्य बासस्थान बनाएका राजोपाध्यायले तीन वटा मुख्य गोत्र प्रयोग गर्छन । भारद्वाज, कोशिक र गाग्र्य गोत्र हुन । मध्यकालमा विकसित भएका संस्कार राजोपाध्यायहरुले पछयाउँदै आएका छन् । नेवार समाजभित्र हुलमेलका कारण उनीहरुले नेपाल भाषालाई मातृ भाषाका रुपमा प्रयोग गर्छन । सामाजिक संगठन ढाँचामा राजोपाध्याय संयुक्त परिवामा वस्छन । हिन्दू नेवारहरुको संस्कृति अपनाएका राजोपाध्यायहरुले जन्म देखि मृत्युसम्मका संस्कार शास्त्रले निर्देशन गरेको अनुसार गर्छन । वेल विवाह (इही), बाह्रा तयेग, सूर्यदशर्न), चुडाकर्म, व्रतवन्ध र विवाह संस्कार अन्य हिन्दू नेवारहरुको भन्दा फरक छ । मृत्यु संस्कारमा काठमाडौं, भक्तपुर र ललितपुरमा केही फरकता छ । मृत्यु संस्कारको १२ औँ दिनमा पाक श्राद्धसहित संपिण्ड श्राद्ध गर्नुपछ । पाक श्राद्ध अन्य नेवार जातिहरुमा गर्नु पर्देन । पाक श्राद्धमा बोकाको टाउकोको विभिन्न अंग पिण्डमा राखिन्छ । ङ आधुनिककरण र परसंस्कृतिको प्रभावले ४०–५० वर्ष भित्र राजोपाध्याय समुदायको संस्कार धेरै परिवर्तन आएको छ । विवाह, मृत्यु, इही, बाह्रा तयेगु, चुडाकर्म, व्रतवन्ध तथा पास्नी जस्ता महत्वपूर्ण संस्कार छोटकरीका रुपमा भइरहेको छ । संस्कृति शिक्षाको अभावका कारण यूवा पुस्तामा जजमानी कामप्रति आकर्षण कमी देखिएको छ । यद्यपि, यो शोध राजोपाध्याय सम्वन्धी पूर्ण होइन । अझ पनि यसमा थप अनुसन्धान हुन बाँकी छ ।

Description

Citation