सप्तरी जिल्लामा शिक्षक तालिम र उपलब्धिको प्रभावकारिताः एक अध्ययन
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रको विकासको प्रमुख आधार भनेको शिक्षा नै हो । शिक्षाको स्तर जति राम्रो हुन्छ, त्यति नै मात्रामा देशको विकासको स्तर माथि उक्लिन्छ । शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि अन्य कुराका अलवा शिक्षक र त्यसमा पनि तालिमप्राप्त दक्ष शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकलाई तालिमले कुशल, दक्ष, पोख्त, सफल र अनुभवी बनाउँछ । तालिमप्राप्त शिक्षकले मात्र प्रभावकारी रुपमा शिक्षण –सिकाइ क्रियाकलाप गर्न सक्छ । यो अध्ययनमा शिक्षक तालिमले सप्तरी जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा पारेको प्रभावलाई अध्ययन गर्न खोजिएको छ ।
नेपालमा आौपचारिक रुपमा शिक्षक तालिमको सुरुवात २००४ सालबाट भएको पाइन्छ । त्यसपछि औपचारिक र अनौपचारिक रुपमा विभिन्न किसिमका तालिमहरु हुँदै आएका छन् । २०२८ सालमा शिक्षक तालिमलाई अनिवार्य गरिएकोमा २०३७ सालमा भने यसको अनिवार्यतालाई हटाएको पाइन्छ । शिक्षा आयोगको प्रतिवेदन २०४९ शिक्षक तालिमको आवश्यकतालाई पूर्ण रुपमा हटाएको पाइन्छ । हाल आएर देशभरमा थुप्रै शैक्षिक तालिम केन्द्रको स्थापना गरिएको छ । ती केन्द्रमा “क” र “ख” नामांकरण गरी सबै प्रा.वि., नि. मा. वि. र मा. वि. तहका शिक्षकहरुका लागि तालिमहरु संचालन हुँदै आएका छन् ।
यस अध्ययनका उद्देश्यहरु निम्न प्रकारका छन् –
१. शिक्षक तालिमको वर्तमान अवस्थाको पहिचान गर्ने
२. तालिमपा्रप्त र अप्राप्त शिक्षकको शिक्षण – सिकाइ बीच तुलना गर्ने ।
३. तालिमप्राप्त शिक्षकले तालिममा सिकेका सीपहरु कक्षाकोठामा स्थानान्तरण
भए नभएको लेखाजोखा गर्ने ।
अध्ययनका क्रममा शिक्षकहरुको कक्षा अवलोकन गर्ने, प्रश्नावली भराउने र छलफल गर्ने कार्य गरिएको थियो । विद्यालयका प्र. अ., क्ःऋर एत्ब् अध्यक्ष र विद्यार्थीहरुलाई समेत प्रश्नावली भराएको थियो र अन्तरक्रिया समेत गरिएको थियो । नमुनाका रुपमा सप्तरी जिल्लाका १५ वटा सामुदायिक विद्यालयलाई लिइएको थियो । यस अध्ययनबाट निम्न तथ्यहरु पत्ता लागेका थिए –
१. सामुदायिक विद्यालयमा कार्यरत स्वीकृत र राहत दरबन्दीमा कार्यरत दुवै शिक्षक
हरुमा तालिम प्राप्त र तालिम अप्राप्त पाइयो ।
२. शिक्षकहरु तालिमप्रति आकर्षित भएको पाइयो ।
३. शिक्षकहरुले तालिममा सिकेका सीपहरु ६० प्रतिशत मात्र कक्षाकोठामा स्थानान्तरण
गरेकोको पाइयो ।
४. तालिम प्राप्त शिक्षकहरुले अध्यापन गरेको विषयमा विद्यार्थीहरुले ५६ प्रतिशत
सिकाइ उपलब्धी हाँसिल गरेका छन् भने तालिम अप्राप्त शिक्षकले पढाएको
विषयमा ४० प्रतिशत मात्र सिकाइ उपलब्धि हाँसिल भएको पाइयो ।
५.कक्षाकोठाको व्यवस्थापन पक्ष कमजोर हुनाले, शिक्षकलाई बढी कार्यबोध हुनाले,
शिक्षकको अनुपातमा विद्यार्थीसंख्या बढी हुनाले , शैक्षिक सामग्रीको अभाव हुनाले
र समयमै पाठ्यपुस्तक प्राप्त गर्न नसकेकाले तालिम प्राप्त शिक्षकलाई तालिममा
सिकेका कुरा काक्षा कोठामा स्थानान्तरण हुन कठिनाइ भएको पाइयो ।
६. तालिम पाप्त शिक्षकहरुमा प्रशस्त मात्रामा सैद्धान्तिक ज्ञान रहेको पाइयो । यस
शोधपत्रबाट प्राप्त भएका ष्लमष्लनक र निष्कर्षका आधारमा निम्नलिखित
सुझावहरु पेश गरिएको छ –
१. स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक सरह राहत र P.C.F. दरबन्दीमा कार्यरत
शिक्षकलाई पनि तालिम दिइनुपर्ने ।
२. शिक्षण क्रियाकलाप प्रभावकारी बनाउन शिक्षकले नियमित अनुगमन र सुपरीवेक्षण
गर्नु पर्ने ।
३. छोटो समयमा पुनर्ताजकी तालिमको व्यवस्था हुनुपर्ने ।
४.तालिममा सिकेका सीपहरु कक्षाकोठामा स्थानान्तरण हुने वातावरणको सृजना गर्न
सबै सरोकारपक्षहरु समर्पित हुनुपर्ने ।
५. प्रधानाध्यापकलाई व्यवस्थापकीय र प्रशासनिक काममा मात्र लगाउनुपर्ने ।
६. सबै शिक्षकहरुलाई तालिम दिन नसके पनि तालिमको च्यतबतष्यल पालैपालो
मिलाउने व्यवस्थाप्रति सजक हुनुपर्ने ।
