छत्थरे लिम्बू भाषा र नेपाली भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन{Chhatthare limboo bhaasha ra nepali bhaashaka vyakaranik kotiko tulanatmak adhyyan}
Date
2018
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपालीभाषा शिक्षण सङ्काय
Abstract
शोधशीर्षक ः छत्थरे लिम्बूभाषा र नेपाली भाषाका व्याकरणिक कोटिको
तुलनात्मक अध्ययन
शोधार्थी ः डिक बहादुर लिम्बू
शोध निर्देशक ः उपप्रा. दीपक न्यौपाने
विभाग क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, सुकुना बहुमुखी क्याम्पस, मोरङ
शैक्षिक वर्ष ः २०७२÷०७३
अध्याय ः पाँच
पृष्ठ ः १४ + ७४ + ३
छत्थरे लिम्बू भाषा र नेपाली भाषाका व्याकरणिक कोटिहरुको तुलनात्मक अध्ययन शीर्षक भएको यो शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा नेपाली शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्ष नेपा. शि. ५९८ को प्रयोजनका लागि तयार पारिएको हो । यो शोधकार्यमा उल्लेखित कुराहरुलाई निम्न बुँदाहरुमा उल्लेख गरिएको छ ।
छन्थरे लिम्बू भाषा र नेपाली भाषाका व्याकरणिक कोटिमा पाइने समानता र असमानताहरू के के हुन भन्नु नै यस अध्ययनको मुख्य समस्या हो ।
छत्थरे लिम्बू भाषा नेपाली भाषाको व्याकरणिक कोटिहरुको तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको मुख्य उद्देश्य हो ।
यस शोधबाट प्राप्त परिणामले इच्छुक अध्ययनकर्ताहरुलाई छत्थरे लिम्बूभाषाको व्याकरणिक कोटिहरुको बारेमा जानकारी प्राप्त हुन्छ ।
छत्थरे लिम्बू भाषी १४ जना वक्ताहरुको स्थलगत भेटघाट, छलफल, अन्तर्वार्ता, यस भाषामा लेखिएका पुस्तक, व्याकरणहरु, नेपाली व्याकरण र भाषा विज्ञानका पुस्तकहरुको अध्ययनका आधारमा यस शोध तयार पारिएको छ ।
यस शोधको परिच्छेद एकमा नेपाली भाषा र लिम्बू भाषाको ऐतिहासिक विकासक्रम र प्रयोगको अवस्था पृष्ठभूमिमा दिइएको छ । त्यस्तै यस परिच्छेदअन्तर्गत नै समस्याको कथन, अध्ययनको उद्देश्य, अध्ययनको महŒव र अध्ययनको परिसीमा आदि शीर्षकहरुका बारेमा उल्लेख गरिएकोछ । परिच्छेद दुईको पूर्वंकार्यको समीक्षा, सम्बन्धित साहित्यको पुनरवलोकन अन्तर्गत सम्बन्धित सैद्धान्तिक पक्षको चर्चा गरिएको छ र दश ओटा सम्बन्धित साहित्यको पुनरवलोकनको उपादेयताका बारेमा उल्लेख गरिएकोछ भने अवधारणात्मक ढाँचाको प्रयोग रेखाचित्रको माध्यमबाट गरिएको छ ।
परिच्छेद तीनको अध्ययनको विधि र प्रक्रिया अन्तर्गत अध्ययनको ढाँचा, जनसंख्या,र नमुना छनौट, अध्ययन क्षेत्र तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्क सङ्कलनका सधान र तरिका, तथ्याङ्क सङ्कलन प्रक्रिया, तथ्याङ्कको व्याख्या र विश्लेषण प्रक्रिया आदि शीर्षकहरुमा आधारित रहेर अनुसन्धान गरिएको छ ।
परिच्छेद चारको व्याख्या एवम् विश्लेषण अन्तर्गत नेपाली भाषा र छत्थरे लिम्बू भाषाका व्याकरणिक कोटिहरुको चर्चा गरिएको छ । त्यसअन्तर्गत लिङ्ग, बचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, निषेधन, कारक र विभक्ति आदिका बारेमा चर्चा गरिएको छ ।
यस शोधको अन्तिम परिच्छेद अर्थात् परिच्छेद पाँचको निष्कर्ष र सुझाव अन्तर्गत शोधको निष्कर्ष र सुझावहरु दिइएका छन् । सुझाव अन्तर्गत नीतिगत तहका लागि दिइएको सुझाव, अभ्यासतहका लागि दिइएको सुझाव र अन्तयमा कुन–कुन क्षेत्र र तहहरुमा शोध अनुसन्धान गर्न सकिन्छ भनेर अनुसन्धानका लागि सुझावहरु दिइएकाछन् ।
नेपाली भाषामा रहेको लिङ्ग, नाम, विशेषण, क्रियापदका साथै शब्दको अघिल्लो र पछिल्लो रूप फेरेर तथा ‘ई’, ‘नी’, ‘इनी’, ‘इका’ जस्ता प्रत्ययहरू जोडेर पुलिङ्ग र स्त्रीललिङ्गमा परिवर्तन गर्न सकिन्छ भने लिम्बूभाषामा नाम, विशेषण र क्रियापदका आधारमा मात्र परिवर्तन हुने गरेको देखिन्छ ।
नेपाली भाषामा बचनलाई नाम, सर्वनाम, विशेषण र क्रियापदका आधारमा एकवचन र बहुबचन गरी चर्चा गरिएको पाइन्छ भने लिम्बूभाषामा नाम, सर्वनाम, विशेषण र क्रियापद कै आधारमा एकवचन, द्विवचन र बहुवचन गरी चर्चा गरिएको पाइन्छ ।
नेपाली भाषामा पुरुषलाई प्रथम, द्वितीय र तृतीय गरी वर्गीकरण गरिन्छ भने लिम्बूभाषामा प्रथम, द्वितीय तथा तृतीय गरी तिन तहमा वर्गीकरण गरेको पाइन्छ ।
नेपाली भाषामा आदरलाई निम्न, सामान्य, उच्च र विशिष्ट गरी चर्चा गरिएको पाइन्छ भने लिम्बूभाषामा आदारका कुनै पनि तह रहेको पाइदैन । आदरलाई एउटै मात्र शब्द ‘खेने’ को प्रयोगबाट सबैलाई सम्बोधन गरिएको पाइन्छ।
नेपाली भाषामा वर्तमान, भविष्यत् र भूत गरी काललाई तीन भागमा वर्गीकरण गरिएको छ । त्यस्तै लिम्बू भाषामा पनि तीन भागमा नै चर्चा गरिएको छ ।
नेपाली भाषामा पक्षलाई सामान्य, अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त गरी पाँच भागमा चर्चा गरिएको छ । लिम्बू भाषामा सामान्य, अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त भूतको चर्चा गरिएको छ । त्यसैगरी छत्थरे लिम्बू भाषामा अभ्यस्त पक्षको व्यवस्था भए तापनि यसको प्रयोग अत्यन्त न्यून मात्रामा भएको पाइन्छ ।
नेपाली भाषामा वाच्यलाई कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य गरी तीन तहमा चर्चा गरिएको छ भने लिम्बू भाषामा पनि कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य गरी तीन ओटै वाच्यहरुकोे चर्चा गरिएको छ। त्यसै गरी नेपाली भाषामा कर्मवाच्य र भाववाच्यको वाक्यमा रहेको कर्तामा द्वारा वा बाट जोडि क्रियापदको मूल धातुमा ‘इ’ प्रत्यय जोडिन्छ तर लिम्बू भाषामा भने द्वारा र बाट नजोडिकन कर्ता बनाइन्छ । कर्तामा ‘नु’ प्रत्यय जोडेर बनाइन्छ । कर्म वाच्यमा कर्ताअनुसारकै क्रियापदको प्रयोग भएको पाइन्छ ।
नेपाली भाषामा करण वाक्यलाई अकरण बनाउँदा अकरण वाक्यको सुरुमा बीचमा र अन्त्यमा ‘न’ लाग्छ । यस्ता यस्तो वाक्यले नकारात्मक अर्थ प्रदान गर्दछ । लिम्बू भाषामा चाहिँ करण वाक्यलाई अकरण बनाउँदा क्रियापदको सुरुमा मा र अन्त्यमा न् को प्रयोग हुन्छ । यसले पनि नकारात्मक अर्थ नै प्रदान गर्दछ । अर्थात् होइन वा छैन भन्ने अर्थ प्रदान गर्दछ ।
नेपाली भाषामा सातवटा कारकको प्रयोग भएको पाइन्छ । कर्ता, कर्म, करण सम्प्रदान, अपादान, सम्बन्धकारक, अधिकरण आदि कर्ताको प्रयोग भएको पाइन्छ । त्यस्तै छत्थरे लिम्बूभाषामा पनि सातवटा कारकको नै प्रयोग भएको पाइन्छ । नेपाली भाषाको वाक्यमा आएको कारकले जसरी कार्य गर्दछ त्यसरी नै लिम्बूभाषाको वाक्यमा पनि कारकको रुपमा वाक्य निर्माण भएको पाइन्छ ।
नेपाली भाषा र लिम्बू भाषामा आएका विभक्ति चिन्हहरु फरक फरक भए
पनि ती विभक्ति चिन्हहरुले वाक्यको सोही कार्य पूरा गर्न आएका हुन्छन् । जस्तै नेपाली भाषामा प्रथमा विभक्ति ले, बाट, द्वारा जोडिन्छ भने लिम्बू भाषामा पनि ङा, लाम्बा आदि विभक्ति जोडिएर आउँछन् ।
Description
Keywords
छत्थरे लिम्बू भाषा, व्याकरणिक कोटि