सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरूको गणित विषयमा शैक्षिक उपलब्धिको तुलनात्मक अध्ययन {Educational achievement of community and institutional school students in mathematics Comparative study}

dc.contributor.authorलुइटेल Luitel, थिरप्रसाद Thirprasad
dc.date.accessioned2022-02-09T04:30:02Z
dc.date.available2022-02-09T04:30:02Z
dc.date.issued2008
dc.description.abstractशिक्षा प्रत्येक व्यक्तिको लागि अपरिहार्य छ । गणित मानव सभ्यताको एक अभिन्न अंगहो । मानिसले उनीहरुका तत्कालीन आवश्यकता पूरा गर्न यसलाई बनाएका हन । नेपालकाशैक्षिक इतिहासअनसार गणित विषयलाई महत्व दिदै आएको पाइन्छ । प्रवेशिका परक्षिामासामुदायिक र संस्थागत विद्यालयको शैक्षिक उपलब्धीमा प्रभाव पार्ने गणित एक प्रमुख विषयरहेको छ । प्रवेशिका परीक्षामा गणित विषयमा विद्यार्थीहरु असफल हुने, ग्रामीण र शहरीविद्यालयको उपलब्धी फरक हुने, छात्र र छात्राका गणित विषयको उपलब्धी फरक हुने,सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको गणित विषयको उपलब्धी फरक हुनेजस्तासमस्याहरु विद्यमान रहेका छन । यस शोधपत्रको अध्ययनबाट विद्यार्थी, शिक्षक, अभिभावकतथा शैक्षिक योजनाकारहरुलाई आवश्यक सहयाग पुग्दछ । सामुदायिक र संस्थागतविद्यालयका विद्यार्थीको प्रवेशिका परीक्षामा गणित विषयको उपलब्धीको लेखाजोखा गर्नु,प्रवेशिका परीक्षाको गणित विषयको भिन्नताका कारणहरु पत्ता लगाउनु र शैक्षिक उपलब्धीमाप्रभाव पार्ने तत्वहरुको पहिचान गर्नु अध्ययनका उद्देश्यहरु रहेका छन । यो अध्ययन मोरङजिल्लामा गरिएको छ, प्रवेशिका परीक्षा २०६३ सालमा केन्द्रित, ४ वटा सामुदायिक र ४ वटासंस्थागत त्यसमा पनि ग्रामीण २ सामुदायिक र २ संस्थागत तथा शहरी २ सामुदायिक र २संस्थागत, विद्यालयमा अध्ययन सीमित रहेको छ । मोरङ जिल्लाका १८५ वटा विद्यालयहरुअध्ययनका जनसंख्या तथा छनौटमा परेका विद्यालयका ८ जना प्र.अ.÷प्रिन्सिपलहरु, ८ जनागणित शिक्षक ८ जना विद्यार्थी र तिनका सम्बन्धित ८जना अभिभावकहरुलाई उद्देश्यात्मकनमना छनौट विधिबाट छनौट गरी प्रश्नावलीमार्फत प्रतिक्रिया लिई प्राथमिक र सहायक दुवैस्रोत पयोग गरेर प्राप्त तथ्यांकलाई तालिकीकरण गरी स्तम्भ चित्रमा देखाई मध्यक, प्रतिशतर स्तरीय भिन्नता निकाली तथ्यांकको विश्लेषण गरिएको छ । सामुदायिक विद्यालयको औसत उपलब्धी ३६.६६ र संस्थागत विद्यालयको औसतउपलब्धी ८३.०९ पाइएको छ । ग्रामीण क्षेत्रको विद्यार्थीका औसतउपलब्धी ५७.२२ र शहरीक्षेत्रको औसतउपलब्धी ६१.४५रहेको छ । छात्र एवं छात्राका औसतउपलब्धी क्रमशः ६१.३५र ५७.३२ रहेको छ, संस्थागत र सामुदायिक विद्यालयका छात्र र छात्राका औसतउपलब्धीमाखासै फरक नरहेको पाइएको छ । गणित विषयको शिक्षणमा तालिमको अभाव, सहयोगीपुस्तकको अभाव, शैक्षिक सामग्रीको अभाव, गणितप्रति विद्यार्थीको कमजोर आधार, घरमा कम अध्ययन गर्ने बानी, आर्थिक अवस्था कमजोर,टयुशन÷कोचिङको व्यवस्था नभएको रप्रवेशिकापरीक्षाको विद्यालयले विश्लेषण गर्ने नगरेको जस्ता कारणहरु सामुदायिक विद्यालयमा देखापरेका छन । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको उपलब्धी उच्च रहेको,ग्रामीण र शहरी विद्यालयको उपलब्धीमा भिन्नता नरहेको, शिक्षक तालिमको कमी रपाठयक्रमको उपलब्धता नरहेको जस्ता कमजोरीहरु सामुदायिक विद्यालयबाट प्रतिक्रियाहरुआएका छन । उक्त समस्यालाई समाधान गर्नको लागि सामुदायिक विद्यालयमा पाठयक्रमकाउपलब्धता हुनुपर्ने, पाठयपुस्तकको उपलब्धता हुनपर्ने, शिक्षक तालिमको व्यवस्था, शिक्षणसामग्रीको व्यवस्था गर्नुपन, तल्ला कक्षाहरुदेखि नै गणित विषय प्रभावकारी शिक्षण गर्नुपर्ने,कमजोर विद्यार्थीका लागि विद्यालयमा छुट्टै राखी अध्ययन गराउनुपन, विद्यार्थीलाई नियमितउपस्थित हुन प्रोत्साहन गर्नुपर्ने, उपयुक्त शिक्षण विधिको प्रयोग गर्नुपर्ने जस्ता सुझावहरु दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8123
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र संकाय, शैक्षिक योजना तथा व्यवस्थापन विभागen_US
dc.subjectतुलनात्मक अध्ययन Comparative Studyen_US
dc.subjectशैक्षिक उपलब्धि Educational achievementen_US
dc.titleसामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरूको गणित विषयमा शैक्षिक उपलब्धिको तुलनात्मक अध्ययन {Educational achievement of community and institutional school students in mathematics Comparative study}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page(1).pdf
Size:
179.46 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(1).pdf
Size:
433.81 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: