शिक्षकको पेशागत विकासमा तालिम कार्यान्वयन- एक अध्ययन {Shikshakko peshagat bikashma talim karyanbayan-ek adhyayan)
| dc.contributor.advisor | Not available | |
| dc.contributor.author | लुङ्वा, रुद्रबहादुर (Lunwa, Rudrabahadur) | |
| dc.date.accessioned | 2026-02-27T09:49:55Z | |
| dc.date.available | 2026-02-27T09:49:55Z | |
| dc.date.issued | 2015 | |
| dc.description.abstract | यस शोधपत्रको शीर्षक शिक्षकको पेशागत विकास तालिम कार्यन्वयन एक अध्ययन रहेको छ । शैक्षिक क्षति न्यूनिकरण गर्नका लागि सरकारले पटक पटक विभिन्न कार्यक्रमहरु ल्याएको भए तापनि प्रभावकारी कार्यान्वयन हुन नसक्नाले शैक्षिक क्षति न्यूनिकरण गर्ने कार्यमा खासै सफलता मिल्न नसकेको वर्तमान अवस्थामा प्राथमिक शिक्षा पाठ्यक्रम २०२८ देखि नै विद्यालय स्तरमा शैक्षिक एवं प्राज्ञिक तहमा तालिमको व्यवस्था गरेको पाइन्छ । यस अध्ययनको मुख्य उद्देश्य भनेको शिक्षकको पेशागत विकास तालिम कार्यन्वयन प्रभावकारी रुपमा भए भएन भनेर खोज गर्ने प्रयास गर्ने गरेको छ । यस अध्ययनले शिक्षा क्षेत्रका सबै सरोकारवालापक्षहरुलाई शिक्षकको पेशागत विकास तालिम र शिक्षण सिकाई प्रक्रिया प्रति सचेत र उक्तरदायि बनाउन सक्दछ । प्रशिक्षण र तालिमबाट नै असहज परिस्थितिलाई सहज बनाउने काम गर्दछ । यो अध्ययन सुनसरी जिल्लाको धरान नगारपालिका अन्त्तर्गतका सामुदायिक विद्यालयको सबै तह (प्रा.वि. देखि उच्च मा. वि.) सम्ममा सिमित रहेको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित यस अध्ययनमा धरान नगरपालिका अन्तर्गतका २६ वटा सामुदायिक विद्यालयको सबै तहको शिक्षक, विधार्थी अभिभावक, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यालय निरीक्षक÷स्रोत व्यक्ति अध्ययनका जनसख्यांको रुपमा रहेको छन् । तथ्याङ्क संकलनका लागि प्राथमिक र सहायक दुवै प्रकारको स्रोतहरुको उपयोग गरेको छ । प्राप्त तथ्याङ्कलाई विभिन्न तालिका स्तम्भचित्र, बृतचित्र आदिको माध्यमवाट प्रस्तुत गरी व्याख्या र विश्लेषण गरिएको छ । तथ्याङ्कको व्याख्या र विश्लेषण गर्ने क्रममा विभिन्न शिर्षक र उपशीर्षकहरुमा विभाजन गरी अध्ययन गरिएको छ । शिक्षकको पेशागत विकास तालिमको कार्यन्वयनको अवस्था अध्ययन गर्नका लागि विभिन्न तहका शिक्षकहरुको तालिमको अध्ययन गरिएको छ । यो शोधपत्रको शीर्षकहरु शिक्षकको पेशागत विकास तालिम भनेको मागमा आधारित र यो तेस्रो मोडूल सम्म चल्ने तालिम भएको हुदाँ यस अध्ययनको क्रममा सबै तहका साथै सबै विषयका बारेमा पनि अध्ययन गरिएको छ । हालको सर्बेक्षण अनुसार प्राय सबै तहका सबै शिक्षकहरु तालिम प्राप्त देखिन्छ तर तालिम प्राप्त शिक्षकहरुले अध्यापन गरेको तह र विषयमा कतिको गुणस्तर बृद्धि भएको छ भन्ने बारेमा पनि यस शोधपत्रले खोज्ने प्रयास गरेको छ । शिक्षकले तालिम लिए पछिको कक्षा–कोठाको परिवर्तन भएको छ वा छैन भन्ने वारेमा पनि खोज गरेको छ? कक्षा कोठामा शैक्षिक सामाग्रीको कतिको प्रयोग गरेको छ ? शैक्षणिक विधि र प्रविधिको प्रयोग कतिको भइरहेको छ । यस अध्ययनमा शिक्षक संख्या, विषयगत तालिम प्राप्त साथै मोडूल अनुसारको तालिम प्राप्त शिक्षकहरुलाई सूचक मानी विश्लेषण गरेको छ । यस अध्ययन क्षेत्रका विद्यालयका शिक्षकहरु यस तालिम प्रति धेरै आकर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन भने नभएको पाइन्छ । विद्यालयको शिक्षकहरु अझै पनि परम्परागत शैक्षणिक विधिहरु बाट टाडा रहन नसकेको अवस्थाहरु पाइयो । परम्परागत विधिलाई अभै पनि परिमार्जन गर्न नसकेको अवस्था हो । विद्यालय प्रशासन पनि अन्योल रहेको छ कसरी यस कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्न सक्ने छ । नेपालको शिक्षा प्रणालीमा के कमजोर रहेको छ त्यस वारेमा सबै सरोकारवालाहरु अनभिज्ञ भए जस्तो देखिन्छ । कक्षा कोठामा प्रचुरमात्रामा शैक्षिक सामग्रीको प्रयोग कम भएको, शिक्षकमा विभिन्न प्रकारमा विभाजित मनस्थिति भएको कसले कसको मूल्याङ्कन गर्ने? भन्ने सोचको विकास भएको अवस्था रहेको पाइन्छ । तर सबै सम्बन्धित सरोकारवाला यस कार्यक्रमलाई कडाईका साथ कार्यन्वयन गर्ने सवालमा समन्वय गरेमा पक्कै पनि यो कार्यक्रम सफल पार्न कुनै अप्ठयारो होला जस्तो लाग्दैन । हालको शिक्षा निति अनुसार विद्यालयकतहलाई आधाभूततह र माध्यमिकतह दुई तहमा विभाजित गरे अनुरुप नयाँ शिक्षक नियुक्ति गर्दा देखि नै शिक्षकले तालिम प्राप्त गरेको हुनु पर्ने देखिन्छ । नोपल सरकारको निति अनुरुप पनि हाल कार्यरत शिक्षकहरुलाई पनि तालिम प्राप्त गर्नुपर्ने हुन्छ । र तालिम प्राप्त नभए पनि तालिम गर्नु पर्ने हुन्छ । यस कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्न सम्पूर्ण सरोकारवाला शिक्षक, विधार्थी अभिभावक साथै शैक्षिक प्रशासन पनि सकारात्मक प्रकारबाट लागि पर्नु पर्ने देखिन्छ । सबै भन्दा प्रभावकारी पक्ष भने अभिभावकहरुलाई सचेत बनाई आफ्ना बालबालकिाको प्रत्यक्ष भविष्यसंग गासिएको अनुभुत गराई कक्षाकोठाको शिक्षाको गुणस्तर वृद्धिमा जोड दिनु पर्ने देखिन्छ । कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन निरीक्षण तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउन वि. नि. स्रोतव्यक्तिलाई प्रशासनिक कार्यको बोझ कमगरी विशुद स्रोत शिक्षक बनाइनु पर्ने विद्यालयमा पर्याप्त साधन र स्रोतको व्यवस्था गर्नु पर्ने विभिन्न प्रकारको शिक्षकलाई एकै प्रकारको स्थायी शिक्षकहरु मात्र नियुक्त गर्नु पर्ने कार्यरत शिक्षकहरुलाई पेशागत विकास प्रति सचेत र आकर्षित गर्नु पर्ने तालिममा प्राप्त ज्ञान, सिप तथा अनुभवलाई कक्षा कोठामा पनि प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन आकर्षित गर्नु पर्ने देखिन्छ । शिक्षकको पेशागत विकास गराउन कार्य सम्पादन मूल्याङ्कनलाई व्यवहारिक र वैज्ञानिक रुपमा सहि मूल्याङ्कन गर्न गराउन सक्नु पर्दछ । हालको शिक्षकको प्रोत्साहन पुरस्कारलाई पनि सिद्धान्तगत छनौट भन्दा पनि कार्यगत छनौट यो कार्यक्रम केहि हतसम्म कार्यन्वयन हुने देखिन्छ । अन्तमा कुनै कार्यक्रम सफल हुनु र नहुनुमा सहि निरिक्षण र मूल्याङ्कन नै भएको हुदाँ उक्त कथनलाई कार्यन्वयनको आशा गरेको छु । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/25774 | |
| dc.language.iso | en_US | |
| dc.subject | सामुदायिक विद्यालय (Samudayik bidyalay) | |
| dc.subject | साहित्यको पुनरावलोकन (Sahityako punrabalokan) | |
| dc.title | शिक्षकको पेशागत विकासमा तालिम कार्यान्वयन- एक अध्ययन {Shikshakko peshagat bikashma talim karyanbayan-ek adhyayan) | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस, इटहरी |
