सामुदायिक माध्यमिक विद्यालयको आन्तरिक दक्षता {Samudayika madhyamika vidyalayak antarika dakṣata}
| dc.contributor.author | भट्टराई Bhattarai, चेतनाथ Chetnath | |
| dc.date.accessioned | 2022-02-25T06:16:58Z | |
| dc.date.available | 2022-02-25T06:16:58Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | विद्यालयको शिक्षा गुणस्तरीय हुनका लागि अन्य तत्वका अलावा विशेष रुपमा विद्यालयको आन्तरिक दक्षता पनि राम्रो हुनु पर्दछ । त्यसैले विद्यालयको स्तर वृद्धि र विकासका लागि लआन्तरिक दक्षताको अध्ययन गर्न आवस्यक ठानी यो शोधकार्य गरिइको हो जसको मुख्य उद्देश्य विद्यालयको आन्तरिक दक्षताको अवस्था संवन्धि अध्ययन गर्नु , त्यसको लेखाजोखा गर्नु र आन्तरिक दक्षता व्यवस्थापन सम्वन्धि देखिएका कठिनाईहरु पत्ता लगाई समाधानका उपाया खोजि गर्नु रहेको छ । यस शोधकार्य सुविधाजनक नमुना छनौट विधिका आधारमा छनोटमा परेका सुनसरी जिललाको इटहरी स्रोत केन्द्र भित्र पर्ने पाँच वटा सामुदायिक विद्यालयमा सिमित छ साथै यस अध्ययनमा सहभागिहरुको छनोट उद्देश्यमुलक नमुना छनोट विधिको आधारमा गरिएको छ । तथ्याङ्कतथा सूचना संकलनको लागि प्रश्नावली, अन्तरवार्ता, अवलोकन तथा सर्वेक्षण फारम जस्ता साधनहरुलाई प्रयोगमा ल्याइएको छ । यस शोधकार्यका लागि विभिन्न शिक्षा आयोगका प्रतिवेदन, शिक्षा सम्वन्धि पुस्तक, सन्दर्भ सामग्रीहरु, पत्रपत्रिका हरुलाई सम्वन्धित साहित्यको रुपमा र पूर्व साहित्यको रुपमा पुनरावलोकन गरिएको छ । विद्यालयको आन्तरिक दक्षता थाहापाउन तीन वर्षको आँकडा हेरिएको थियो । यसरी प्राप्त सूचनाका आधारमा विगत तीन वर्षको स्थितिलाई हेर्दा नयाँ भर्ना प्रा.वि. तहमा औषत ३४.६ प्रतिशत, नि.मा.वि. तहमा औषत २६.३ प्रतिशत र मा.वि. तहमा औषत १८.४ प्रतिशत रहेको देखिन्छ । यी तीन तहको विगत तीन वर्षको औषत नयाँ भर्ना दर २७.३ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी औषत विद्यार्थी उत्तीर्ण प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः ९०.७, ८३, ८८.९ प्रतिशत भएको पाइन्छ । त्यसैगरी कक्षा छाड्ने विद्यार्थी संख्या औषतमा प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः ६.९३, ४.४३ र ६.२ प्रतिशत रहेको देखिन्छ । समग्रमा कक्षा छाड्ने दर ७.३ प्रतिशत हुन आउछ । त्यसैगरी कक्षा दोहो¥याउने विद्यार्थी संख्या प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा औषत क्रमशः ८,१६ र ७ प्रतिशत रहेको देखिन्छ। समग्रमा कक्षा दोहो¥याउने दर १०.५ प्रतिशत रहेको देखिन्छ । विद्यालयको प्रवेशीका परीक्षा परिणम विवरण सम्वन्धि विगत तीन वर्षको स्थितिलाई अध्ययन गर्दा परीक्षामा सहभागि विद्यार्थी संख्या ६०.२ प्रतिशत औषत उत्तीर्ण दर देखिन्छ । विद्यार्थी शिक्षक अनुपातको स्थितिलाई हेर्दा प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः १ः२४, १ः४० , १ः२४ र औषतमा १ः२८ रहेको छ । त्यसैगरी तहगत शिक्षकको उपस्थिति दरको अध्ययन गर्दा औषत उपस्थिति दर प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः ९५.४५, ९६.१र ९५.२ प्रतिशत तथा समग्रमा ९५.४९ प्रतिशत रहेको देखिन्छ । विद्यालयको आन्तरिक दक्षता व्यवस्थापनका कठिनाइहरुको अध्ययन गर्दा न्यून तथा कमजोर आर्थिक स्थिति भएका , दलित , सुकुम्वासि, किसान तथा शिक्षा प्रति कम चेतना भएका परिवारका वालवालिकाहरु वढि हुनु, विद्यालयहरु आर्थिक तथा भौतिक रुपमा सम्पन्न नहुनुलाई मान्न सकिन्छ भने अर्कातिर स्थानीय विशेष गरी आर्थिक रुपमा सम्पन्न एवम् शिक्षित वर्गका अभिभावकहरु सामुदायिक विद्यालयतिर प्रत्यक्ष वा परोक्ष रुपमा आकर्षित नहुनु तथा अध्ययन गरिएका अधिकांश विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी लाई समेत सोही विद्यालयहरुमा नपढाई सस्थागत विद्यालयमा पढाउनुलाई यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । यी समस्याहरुको समाधान गर्न निशुल्क शिक्षा तथा विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, विद्यालयलाई आर्थिक तथा भौतिक रुपले सम्पन्न वनाउन समुदाय तथा अभिभावकको संलग्नता बढाउनु पर्ने, विद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने तथा सरोकारवालाहरुले नियमित निरीक्षण तथा अनुगमन गरी आवश्यक राय सुझाव दिई शिक्षकहरुमा विद्यालय हाम्रो हो, यो रहेमा नै हाम्रो पेशागत हित सुरक्षित हुन्छ , समाज विकसित हुन्छ र सम्पूर्ण देश विकासमा टेवा पुग्छ भन्ने भावनाको विकास गराउनु पर्ने कुरालाई सुझावको रुपमा प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8522 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Faculty of Education | en_US |
| dc.subject | सामुदायिक विद्यालय Samudaek vidyalaya | en_US |
| dc.subject | शिक्षा गुणस्त Shikshya gunstar | en_US |
| dc.title | सामुदायिक माध्यमिक विद्यालयको आन्तरिक दक्षता {Samudayika madhyamika vidyalayak antarika dakṣata} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
