आन्तरिक बसाइसराइको कारण र प्रभाव
Date
2024
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Doti Multiple Campus, Doti
Abstract
यो अध्ययन आन्तरिक बसाइसराइको कारण र प्रभाव शीर्षकमा गरिएको छ । यस अध्ययनको उद्देश्यहरु डोटी जिल्ला दिपायल सिलगढी नगर पालिका वडा नं. ५ र ६ जिल्लाको सदरमुकाम यहाँबाट मानिसहरु बसाइ सरेर गइसकेपछि उनिहरुको जिवनस्तरमा आएको परिवर्तन र उनिहरु बसाइसरि सके पछि यस ठाउँमा परेको परिवर्तनको प्रभावको विश्लेषण अझै सम्म कुनै पनि अनुसन्धान नभएकोले यो शोधपत्र तयार पारिएको छ ।
यस अनुसन्धान विधि अन्तर्गत अनुसन्धानको ढाँचा, अध्ययन क्षेत्रको छनौट, तथ्याङ्कको स्रोत र प्रकृति, अध्ययनको समग्रता र तथ्याङ्क सङ्कलनका विधिहरू, तथ्याङ्क विश्लेषण जस्ता विषयलाई समावेश गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ र ६ सिलगढी सदरमुकामको प्रमुख प्रशासनिक र व्यापारिक इलाका रहेको थियो । सिलगढी बजार पश्चिम नेपालका ठूला बजारमध्येको एकमा पर्ने ठाउँ हो । बाइसे चौविसे राज्य हुँदा अछामी, बझाङी, बिमकोटे र दर्लामी राजाहरु कनिमेलका लागी यहाँ आउने गर्दथे । जुम्ला, हुम्ला, अछाम, बाजुरा देखी सुर्खेतका मानिसहरुको चहलपहल हुने गर्दथ्यो । स्थानीयको अनुसार यातायातको विकास र संघिय संरचना अनुसार सबै काम स्थानीय तहमा हुने र जिल्लामा चहलपहल कम भएको र व्यापार व्यवसायमा मन्दि भएको र सुदूरपश्चिमको राजधानी पनि धनगढी भएको कारण मानिसहरु यस क्षेत्रबाट बसाइ सर्दै धनगढीं गएको देखिन्छ ।
यस अध्ययनले यहाँका मानिसहरु आफु बसाइसराइ गए पनि यहाँ रहेको पुराना घरहरु विक्री पनि नगरेको अवस्था र लगानी पनि नगरेको कारण यहाँको यहाँको सामाजिक विकासमा दिनानुदिन चुनौति थपिदै गइरहेको छ । बसाइ सर्नुको कारण भनेको सरकारले यस क्षेत्रमा राम्रो स्वास्थ्य अस्पताल, शिक्षा को विकास गर्न नसक्नु र व्यापार व्यवसाय नहुनुले गरिबि बाट बच्नको लागि हो । पहिले मानिसहरु आफ्नो पेसा र आम्दानीमा अनुसारको जीवनसैलीमा सन्तुष्ठ थिए । जब बिस्तारै छिमेकीहरु बसाइसराइ सुरु गर्दै गए आफुहरुमा पनि धेरै कुराको अभाव महसुस गरी धनगढी, काठमाण्डौं र कामको खोजीमा भारत तर्फ पनि बसाइसराइ सरेका हुन् । बसाइसराइले उनिहरुको जीवनमा धेरै कुराको समाधान गरेको छ र जीवन राम्रोसँग चलाउन सकेका छन् । अर्कोतर्फ सिलगढीको जनसंख्या दिनानुदिन घट्दै गइरहेको कारण गाउँमा परिणत हुँदै गइरहेको छ ।
Description
Keywords
बसाइसराइ, बसाइसराइको कारण र प्रभाव, आन्तरिक बसाइसराइको कारण र प्रभाव, migration, internal migration, migration silgadhi doti, silgadhi doti