अभिभावकको दृष्टिकोणमा सामुदायिक विद्यालय { Abhibhawakko drishtikonma samudayik bidyalay}

Date
2016
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
अभिभावकको दृष्टिकोणमा सामुदायिक विद्यालय प्रस्तुत अध्ययन अभिभावकको दृष्टिकोणमा सामुदायिक विद्यालय शीर्षकमा तयार पारिएको छ । यस अध्ययनको मुख्य उद्देश्य अभिभावकको दृष्टिकोणमा सामुदायिक विद्यालयको अवस्था विश्लेषण गर्ने रहेको छ । मूलतः व्याख्यात्मक र परिमाणात्मक विधिलाई आधार मानी प्राथमिक र द्वितीय दुवै स्रोतबाट तथ्याङक संकलन गरिएको यो शोध कार्यमा तेह्रथुम जिल्लाको मोरहाङ स्रोतकेन्द्र अन्तरगत श्रीजुङ गा.वि.स. भित्र रहेका आधारभूत तथा माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीका ३२ अभिभावक छनौट गरिएको छ । अभिभावकको हेराईमा सामुदायिक विद्यालयको शिक्षण पत्ता लगाउन सुचना संकलनका लागि प्रश्नावली, अन्तरवार्ता, स्थल अवलोकन, विद्यालयबाट अभिभावकका नामावली संकलन गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु धेरै जसो साक्षर देखिएता पनि केहीले मात्र औपचारिक शिक्षाको माध्यमबाट साक्षर भएको देखिन्छ । उनिहरु आफ्ना छोराछोरीलाई शिक्षा प्रति चासो नदेखाएको त्यहाका अभिभावकले आफ्ना छोराछोरीप्रति शिक्षकसँग छलफल नगरेको विद्यालयका प्र.अ. तथा शिक्षक आफ्ना दायित्व र पेशाप्रति इमान्दार, कर्तव्य निष्ठ नदेखिएको पाइयो । शिक्षकहरुले अभिभावकहरुको मन जित्न नसकेको, विद्यालयका बालबालिकालाई अनुशासित एवम् विद्यार्थीप्रति उत्तरदायि नबनेको विद्यालयमा शिक्षकले मोबाइलमात्र चलाउने गरेको कक्षामा गएर किताबमात्र पढीदिने कक्षा शिक्षणमा ध्यान नदिने, गृहकार्यपनि नदिने, चेक पनि नगर्ने, कक्षाकोठामा विद्यार्थीलाई पढ, पढ मात्र भन्ने गरेको, सहि शिक्षा दिन नसकेको, कक्षा समयमा वेवास्ता गरेको, शिक्षक अन्य पेशाप्रति आकर्षित भएका र कतिपय शिक्षक राजनीतिमा सहभागी भइकक्षामा पढाउने कार्यलाई वेवास्ता गर्ने गरेको,विद्यालयमा गई हाजिरमात्र गर्ने गरेको, प्र.अ. पनि कुशल प्रशासकको रुपमा प्रस्तुत हुननसकेको, अभिभावकलाई विद्यालयसम्म ल्याउन कुनै पहल नगरेको, कतिपय विद्यालयमा १०बजे विद्यालय खोल्ने र ४ बजे बन्द गर्ने मात्र कार्य गरिरहेको, अभिभावकसँग बालबालिकाको पढाइको बारेमा कुनै चासो नराखिएको , विद्यालय गएर नपढाइ ठग्ने शिक्षकलाई पनि कुनै कारवाही नभएको, आजको सञ्चारको समय भन्दै विद्यालय समय भरी मोवाइल चलाउनशिक्षक प्रति पनि कुनै निर्देशन सम्म नभएको, विभिन्न संस्थाको सदस्य हो भन्दै हाजिर गर्दै संस्थाको काममा बढी जोड दिएको देखिन्छ । अभिभावकहरु पनि आफ्नो घरायसीकारणले तथा चेतनाको कमीले गर्दा आफ्नाछोराछोरीको पठनपाठनको लागि खोजी गर्न जाने समेत नभ्याएको र छोराछोरी पढाएरभोली के हुन्छ भन्ने चेतना सम्म नभएको पाइयो । जि.वि.स. स्रोतव्यक्ति, विद्यालय निरीक्षकसमेत विद्यालय अनुगमन नगरेको, लापरवाही गर्ने प्र.अ. तथा शिक्षक कर्मचारीलाई कारवाही गर्नु पर्ने देखिन्छ । शिक्षकलाई आफ्नो काममा निष्ठवान बनाउने कुनै पनि राजनीतिक कार्यक्रममासहभागी हुन नदिने, विद्यालयमा वि.व्य.स.को भूमिका बढाउने, विद्यालयमा असल काम गर्ने शिक्षकहरूलाई पुरस्कार र खराब काम गर्ने शिक्षकलाई दण्डको व्यवस्था गर्ने, शिक्षकलाइ अन्य पेशा, व्यवसायमा सहभागि हुन नदिन र विद्यालयमा आवश्यक दरवन्दीको व्यवस्था गर्नु पर्ने । विद्यालयको शिक्षणलाई प्रभावकारी बनाउन अभिभावकले आफ्ना नानीहरुलाई नियमित विद्यालय पठाउनु पर्ने, विद्यालय व्यवस्थापन समितिले नियमितरुपमा अनुगमन गर्नुपर्ने, प्र.अ.ले कुशल प्रशासकको रुपमा कार्य गर्नुपर्ने नेपाल सरकारले पाठ्यपुस्तक समयमा उपलब्ध गराउनु पर्ने, जस्ता विषयलाई जोड दिदै नीति निर्माण तह, अभ्यास तहका लागि र अनुसन्धान तहका लागि सुझाव दिइएको छ ।
Description
Keywords
‍औपचारिक शिक्षा Aupcharik shiksha, सामुदायिक विद्यालय Samudayik bidyalay
Citation