बालविकास केन्द्रप्रति अभिभावककाे द्रष्टिकाेण {Balbikash kendraparti abhibhavakko dristikon}

Abstract
शोध सार प्रस्तुत अध्ययन वालविकास केन्द्रप्रति अभिभावकको दृष्टिकोण शीर्षकमा गरिएको शोध वाल विकास केन्द्र प्रति अभिभावकको दृष्टिकोण पत्ता लगाउनु , अभिभावकको दृष्टिकोणले शिक्षण सिकाईमा पारेको प्रभावको विश्ले षण गर्नु , वालविकास केन्द्रमा देखिएका समस्याहरूको पत्ता लगाउनु साथै त्यसको समाधानका उपायहरू पत्ता लगाउनु यी चार उदेश्यहरूमा केन्द्रित रहे को थियो । प्रस्तुत अध्ययनलाई प्रष्टयाउन विभिन्न अनुसन्धानात्मक प्रश्न निर्माण गरी तिनै प्रश्नमा अध्ययन केन्द्रित रहेका छन । अध्ययन सिराहा जिल्लाको अगुवा स्रोत केन्द्र भित्र पर्ने ५२ वटा वालविकास केन्द्रहरू मध्ये सामुदायिक विद्यालयमा संचालित ४ वटा वालविकास केन्द्रमा केन्द्रित गरिएको छ । अध्ययनको सैद्धान्तिक खाका मेन्टेश्वरी शिक्षा पद्दतीमा केन्द्रित गरी अध्ययनलाई अगाडि बढाइएको छ भने सम्वन्धित साहित्यको पुनरावलोकनको रूपमा , प्रारम्भिक वालविकास संग सम्वन्धित पुस्तक , पत्र पत्रिका , अनुशन्धान, प्रतिवेदन, लेख रचना, तथ्याङ्क आदिको अध्ययन तथा विश्लेषण गरिएको छ । अध्ययनको नमूना छनोटमा सिराहा जिल्लाको जिल्ला शिक्षा अधिकारी , स्रोत व्यक्ति, प्र.अ. , अभिभावक , विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई नमुना छनोट विधिका आधारमा छनोट गरिएको छ । सोधकर्ता आफै प्रश्नावली निर्माण गरी प्राथमिक स्रोतका रूपमा स्रोत व्यक्ति, प्र.अ. , विद्यालय व्यवस्थापन समिति अध्यक्ष , सहयोगी कार्यकर्ता र वालवालिकालाई वितरण गरी उत्तर प्राप्त गरेका थिए । त्यसै गरी लेख, रचना, प्रकाशित र अप्रकाशित लेख, शिक्षा ऐन नियमावली, जर्नल, पाठ्यक्रम, सहयाेगी निर्देशिका, विद्यालय अभिलेखहरू द्वितिय स्रोतका रूपमा प्रयोग गरेका थिए । यसरी प्राप्त तथ्याङ्कलाई सही र सत्य रूपमा व्याख्या र विश्लेषण गरिएको छ । यसरी व्याख्या र विश्लेषण गर्दा वालविकास केन्द्र प्रति अभिभावकको दृष्टिकोण साकारात्मक भएको पाइयो । वालविकास के न्द्रले वालवालिकामा राम्रो असर पारेको , कक्षा १ मा भर्ना हुने संख्यामा वृद्धि भएको , कक्षा छाड् ने दर कम भएको , वालवालिकाले नियमित कक्षा आउने गरेको साथै नियमित रूपमा अनुगमन र निरीक्षण नगरिएको , शैक्षिक सामग्रीको अभाव रहेको र भौतिक साधनको व्यवस्थामा कमी भएको पाइयो । वालविकास केन्द्रलाई अझ प्रभावकारी भरपर्दो र दीर्घ कालिन वनाउन नितिगत तथा कार्यन्वयन पक्षमा केही थप सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । वालविकास के न्द्रको भौतिक अवस्था सुधार गर्नुपर्ने , खाजा नास्ताको प्रवन्ध मिलाउनु पर्ने , सहयोगी कार्यकर्ताको थप पुनः ताजगी तालिम दिनु पर्ने , सहयोगी कार्यकर्ताको पारिश्रमिक बढाउनु पर्ने , अनुगमन र निरिक्षण बढाउनु पर्ने साथै व्यवस्थापन पक्षलाई चुस्त , दुरूस्त वनाई वालविकास केन्द्रको संख्यामा वृद्धि गरी विद्यालयमा नै गाभ्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ ।
Description
Keywords
शिक्षण सिकाइ Sikshan sikai, वालविकास Balbikash
Citation