भौतिक स्रोतको व्यवस्थापन र शैक्षिक गुणस्तरमा त्यसको प्रभाव {Bhautik srotko byabasthapan ra shaikshik gunastarma tyasko prabhab}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
भौतिक स्रोतको व्यवस्थापन र शैक्षिक गुणस्तरमा त्यसको प्रभाव शीर्षकमा तयार गरिएको शोधपत्र सामुदायिक प्राथमिक विद्यालयमा शिक्षकको व्यवस्थापन र विद्यालयका भौतिक व्यवस्थापनले सिकाइ उपलब्धिमा प्रभाव पार्ने तथ्यगत विषयलाई समेटेको छ । यो शोधपत्रको प्रमुख उद्देश्य प्राथमिक विद्यालयको भौतिक स्रोत व्यवस्थापनले शैक्षिक गुणस्तरमा पार्ने प्रभावको अध्ययन गर्नु, उक्त भौतिक स्रोत व्यवस्थापनमा सरोकारवालाको धारणा पहिचान गर्नु तथा उक्त कुरा व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाउनु जस्ता उद्देश्य राखेर गरिएको यो शोधकार्य सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका भित्र सञ्चालित ६ वटा सामुदायिक विद्यालयको प्राथमिक स्तर र सम्बन्धित विद्यालयका प्र.अ., २÷२ जना शिक्षक, १÷१ जना वि.व्य.स.का पदाधिकारी समेतलाई अध्ययन भित्र सीमित गरिएको छ । वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र मानवीय संसाधन सिद्धान्तले मार्ग निर्देश गरे अनुसार प्राप्त तथ्याङ्कलाई प्रस्तावनामा उल्लेख गरिएका उद्देश्यहरूको आधारमा तथ्याङ्कलाई विश्लेषण गरिएको छ । यो अध्ययन कार्यलाई अगाडि बढाउन अन्तर्वार्ता, तालिका अवलोकन, समूह छलफल र अभिलेख अध्ययन जस्ता साधनबाट तथ्याङ्क सङ्कलन गरी गुणात्मक तथा परिमाणात्मक दुवै ढा“चाको सहयोगबाट तथ्याङ्कलाई तालिकीकरण गर्दै तथ्याङ्कशास्त्रीय विधिको प्रयोग गरी सैद्धान्तिक खाका र सम्बन्धित साहित्यको अध्ययन गर्दै व्याख्या र विश्लेषण गरिएको छ ।
विद्यालयको प्राथमिक तहमा शिक्षक व्यवस्थापन हेर्दा पुरुष भन्दा महिला शिक्षकको सङ्ख्या बढी रहेको, प्राथमिक स्तरमा नियुक्ति प्रक्रियामा पुरुष भन्दा महिलालाई प्राथमिकता दिएको, शिक्षक नियुक्तिका प्रकार स्थायी, राहत, अस्थायी र निजी गरी ४ किसिमको रहेको, विद्यार्थीको व्यवस्थापन तर्फ हेर्दा १ः४२ शिक्षक विद्यार्थी अनुपात रहेको देखियो । त्यस्तै कक्षाकोठामा झ्याल, ढोका र प्रकाशको व्यवस्थापन सामान्य अवस्थामा देखियो । डेक्स, बेञ्चलाई विश्लेषण गर्दा १ः५ डेक्स बेञ्च र विद्यार्थीको अनुपात देखियो । यसैगरी विद्यालयमा उपलब्ध संसाधन र भौतिक स्रोत व्यवस्थापनका सम्बन्धमा मिश्रित किसिमको धारणा प्रस्तुत गरेका छन् ।
विद्यालयको प्राथमिक तहमा भौतिक स्रोत व्यवस्थापन र शैक्षिक गुणस्तरमा त्यसको प्रभाव सन्दर्भमा नमुना क्षेत्रमा शिक्षक दरबन्दी अभाव, न्यूनतम शैक्षिक योग्यता भएका शिक्षकको सङ्ख्या अत्याधिक हुनु, महिला शिक्षकको सङ्ख्या बढी हुनु, कर्मचारीको उचित व्यवस्थापन हुन नसकेको विद्यालयमा शैक्षिक सामग्रीको उचित व्यवस्थापन हुन नसकेको, विद्यालयको कक्षा सञ्चालन आÏनै निजी भवनमा भएता पनि फर्निचरको समस्या, झ्याल, ढोकाको प्रबन्ध नहुनु, डेस्क, बेन्च विद्यार्थी उमेर सङ्ख्या अनुसारको नहुनु, कक्षाकोठामा हावा, प्रकाश बत्तीको उचित प्रबन्ध मिलाउन नसक्नु, शैक्षिक सामग्रीको अभाव, खानेपानी शौचालयको प्रबन्ध नरहेको देखिन्छ । यसैगरी विद्यालयमा सुरक्षाका लागि कम्पाउण्ड वाल, स्वास्थ्य उपचारको व्यवस्था, फूलबारी बगै“चा समेत नरहेको अध्ययनको निष्कर्ष रहेको छ । विद्यालयमा कार्यरत शिक्षकहरूलाई राज्यले सुरक्षा प्रदान गर्दै समय सापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने, भौतिक स्रोत व्यवस्थापनमा राज्यको तर्फबाट उचित व्यवस्थापन गरिनु पर्ने जस्ता सुझावहरू पेस गरिएको छ ।
