निम्न माध्यमिक तहको सामाजिक अध्ययन विषयको लैङ्गिक दृष्टिकोणले पाठ्यपुस्तक विश्लेषण {Nimna Madhyamik Tahako Samajik Adhyayan Bishayako Laingik Dristikonle Pathyapustak Bisleshan}

dc.contributor.authorजोशी Joshi, नरेन्द्र प्रसाद Narendra Prasad
dc.date.accessioned2022-12-07T08:58:33Z
dc.date.available2022-12-07T08:58:33Z
dc.date.issued2012
dc.description.abstractपाठ्यपुस्तक शिक्षण सिकाइ क्रियाकलापको एक महत्वपूर्ण सामग्री हो । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा निम्न माध्यमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको पहुँचमा पाठ्यपुस्तक बाहेक अध्ययनका अन्य सामग्रीहरु कमै पुगेको छ । अर्को तर्फ शिक्षामा लैङ्गिक समानता हुन सकेको छैन । निम्न माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीहरुमा तह पुरा गर्ने दर छात्रको भन्दा छात्राको कम छ ।यसो हुनाको पछाडि विभिन्न कारणहरु छन । त्यस्ता कारणहरु मध्य पाठ्यक्रम अनुसार तयार पारिएका पाठ्यपुस्तकमा पनि लैङ्गिक विभेदलाई उर्जा दिने विषयवस्तु समावेश गरिएको पाइन्छ । त्यसैले पाठ्यपुस्तकमा समावेश गरिएका लैङ्गिक सवाललाई सम्बोधन गर्न “निम्न माध्यमिक तहको सामाजिक अध्ययन विषयका लैङ्गिक दृष्टिकोणले पाठ्यपुस्तक विश्लेषण” शोध शीर्षकमा अध्ययन गरिएको थियो ।यस अध्ययनका मुख्य उद्देश्य निम्न माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठयपुस्तकमा भएकाले लैङ्गिक समानता र असमानता विश्लेषण गर्नु र पाठ्यपुस्तक भित्र लैङ्गिक आधारमा भएका कमीकमजोरी पहिल्याई आवश्यक सुधारका उपायहरु पहिचान गर्नु रहेको थियो । अध्ययन शीर्षकको प्रकृति अनुसार यस अध्ययनमा गुणात्मक अध्ययन विधिलाई केन्द्रमा राखेर अध्ययन गरिएको थियो । प्रस्तुत अध्ययन बझाङ्ग जिल्ला भित्र संचालनमा रहेका सामुदायिक निम्न माध्यमिक विद्यालयमध्ये संयोगात्मक नमुना छनोट विधिद्वारा नमुना छनोटमा परेका २ वटा सामुदायिक निम्न माध्यमिक विद्यालयमा सामाजिक शिक्षा विषय अध्यापन गराइरहेका २ जना शिक्षकलाई उद्देश्यात्मक नमूना छनोट विधिद्वारा छनोट गरी उनीहरुको धारणा संकलन गरिएको थियो । यसका साथै छनोटमा परेका विद्यालयका स्रोतव्यक्ति र नमुना छनोटमा परेका विद्यालयमा निम्न माध्यमिक तहको कक्षा ६, ७ र ८ मा अध्ययनरत एक जना छात्र र एकजना छात्रा पर्ने गरी १२ जना विद्यार्थीहरुलाई उद्देश्यात्मक नमूना छनोट विधिद्वारा छनोट गरिएको थियो । अध्ययनको उद्देश्य अनुसार लैङगिक दृष्टिकोणमा शिक्षकहरु र स्रोत व्यक्तिको पाठ्यपुस्तकप्रतिको धारणा पत्ता लगाउन खुल्ला प्रश्नावली निर्माण गरी उनीहरुको धारणासंकलन गरिएको थियो भने विद्यार्थीहरुका लागि लक्षित समूह छलफल निर्देशिका निर्माण गरी लक्षितसमूह छलफल गराएर पाठ्यपुस्तकमा समावेश गरिएका लैङ्गिक सन्तुलन सम्बन्धी उनीहरुको धारणासंकलन गरिएको थियो । उपयुक्त कार्यबाट प्राप्त धारणा अनुसार पाठ्यपुस्तकमा उल्लेख गरिएका अधिकांश पाठमा समावेश विषयवस्तुहरु र चित्रहरुमा महिला र पुरुषको व्यवहारलाई समान रुपमा प्रस्तुत गरिएको छै्रन । त्यसै गरी पाठ्यपुस्तकमा उल्लेख गरिएको विषयवस्तुको भाषा र अभ्यासहरुमा समावेश क्रियाकलापहरु पनि लैङ्गिक रुपमा असमान रहेका छन । तसर्थ सन२००२ मा सेनेगलकाडकारमा भएका “सबैका लागि शिक्षा” सम्मेलनबाट सन् २००५ सम्ममा पाठ्यपुस्तकबाट लैङ्गिक विभेद हटाउने लक्ष्य राखेतापनि सन् २०११ सम्ममा पनि पाठ्यपुस्तकमा लैङ्गिक विभेद रहेको कुरा यो अनुसन्धानबाट प्रस्ट देखिएको छ । पाठ्यपुस्तकबाट लैङ्गिक विभेद हटाउन लैङ्गिक समानता भएका सन्देशमूलक चित्र,विषयवस्तुहरु पाठ्यवस्तुमा उल्लेख गरिनुपर्दछ, जसबाट छात्रा जागरण र छात्रा शिक्षामा प्रोत्साहन होस् र यसका लागि शिक्षक, प्रशासक, पाठ्यक्रम निर्माता, विद्यार्थी, अभिभावक एवं सरोकारवालाहरुका भूमिकालाई सुनिश्चित गरिनु आवश्यक छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13520
dc.language.isoneen_US
dc.publisherपाठ्यक्रम तथा मूल्याङ्कन विभागen_US
dc.subjectशिक्षण सिकाइ क्रियाकलाप Sikshyan sikai kriyakalapen_US
dc.subjectलैङ्गिक समानता Laingik samantaen_US
dc.titleनिम्न माध्यमिक तहको सामाजिक अध्ययन विषयको लैङ्गिक दृष्टिकोणले पाठ्यपुस्तक विश्लेषण {Nimna Madhyamik Tahako Samajik Adhyayan Bishayako Laingik Dristikonle Pathyapustak Bisleshan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
65.86 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter page(1).pdf
Size:
373.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: